भीमदत्तनगर, ९ भदौ । कञ्चनपुरको भीमदत्तनगरमा बिहीबार भएको सशस्त्र प्रहरी जवान हत्या प्रकरणमा दुई युवतीसहित ६ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । 

गड्डाच"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... भीमदत्तनगर, ९ भदौ । कञ्चनपुरको भीमदत्तनगरमा बिहीबार भएको सशस्त्र प्रहरी जवान हत्या प्रकरणमा दुई युवतीसहित ६ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । 

गड्डाच"/>

२३ मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कन्चनपुर - KNC

सशस्त्र प्रहरी जवान हत्यामा दुई युवतीसहित ६ जना पक्राउ

९ भाद्र २०७४, शुक्रबार ०८:३८

भदौ ९, भीमदत्तनगर । कञ्चनपुरको भीमदत्तनगरमा बिहीबार भएको सशस्त्र प्रहरी जवान हत्या प्रकरणमा दुई युवतीसहित ६ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । 

गड्डाचौकीमा रहेको सशस्त्र प्रहरी राजश्व तथा भन्सार सुरक्षा गुल्ममा कार्यरत सशस्त्र प्रहरी जवान नरेन्द्र कुँवर बुधबार राति काम सकेर घर फर्किने क्रममा बिहीबार बिहान भीमदत्तनगरपालिका–६ मा हत्या गरिएको अवस्थामा भेटिएका थिए । 

घटनालगत्तै विस्तृत अनुसन्धान थालेको जिल्ला प्रहरी कार्यालयले छ जनालाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ भने अन्य शंकास्पद व्यक्तिलाई पनि सोधपुछका लागि प्रहरी कार्यालयमा बोलाउने काम भइरहेको जनाएको छ । 

‘‘हामीले अहिलेसम्म १२ जनालाई प्रहरी कार्यालयमा बोलाएर अनुसन्धानका क्रममा सोधपुछ गरिसक्यौं ।’’ कार्यालयका प्रहरी नायब उपरीक्षक ज्ञानबहादुर सेटीले भन्नुभयो–“अनुसन्धान सघन रुपमा भइरहेकाले हत्या पत्ता लाग्छन ।” हत्या गरिएका कँुवरले प्रयोग गरेको मोटरसाइकल घटनास्थल छेउमै रहेको नहरको झाडीमा फालिएको थियो भने शव थुपारिएको ढुंगामाथि राखिएको अवस्थामा भेटिएको थियो । प्रारम्भिक अनुसन्धानमा जवान कुँवरसहित केही व्यक्तिले घटनापूर्व यहाँको एउटा होटलमा मादक पदार्थ समेत सेवन गरेका थिए । 

मादक पदार्थ सेवन गर्दा साथमा रहेका व्यक्तिलाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ । त्यसैगरी कुँवरको शव परीक्षणपछि शुक्रबार आफन्तको जिम्मा लगाइने प्रहरी नायब उपरीक्षक सेटीले जानकारी दिनुभयो । कुँवरको हत्यापछि आक्रोसित स्थानीयवासी र उनका आफन्तले शान्ति सुरक्षाको माग गर्दै बिहीबार भीमदत्तनगरमा केहीबेर यातायात, बजार अवरुद्ध पारेर प्रदर्शन गरेका थिए । कञ्चनपुरमा हत्या शृंखला दोहरिन थालेपछि यहाँका स्थानीय बासिन्दा त्रस्त भएका छन् । रासस 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मङ्सिर २६ सम्म मतदाता नामावलीमा दाबी विरोध गर्न सकिने समानुपातिक निर्वाचन प्रणालीका लागि एमालेद्वारा दल दर्ता राष्ट्रिय वाणिज्य बैङ्कको ‘विजनेस मिट’ सम्पन्न नारायणी अस्पतालको भवन निर्माण सङ्घीय सरकारको प्राथमिकतामा छ : स्वास्थ्य मन्त्री गौतम जिल्ला प्रशासनमा जेनजी सुशासन योद्धाको नामावली राख्न गृहको परिपत्र एनपिएलमा यस्तो छ खेलाडीको प्रदर्शन भूमिहीन सुकुम्वासी समस्या समाधानको पहल गरिदिन आग्रह सुडानमा नागरिक बस्तीमा आक्रमण, बालबालिकासहित ११४ को मृत्यु गत हप्तादेखि पुँजीबजार निरन्तर ओरालो एमालेमा नेतृत्व हस्तान्तरण र पुस्तान्तरणमा जोड पोर्चुगल पठाइदिने भन्दै ठगी गर्ने महर पक्राउ मानवअधिकारको रक्षा गर्दै लोकतन्त्रलाई संस्थागत गराउन लागि प्रतिबद्ध छौँ : गृहमन्त्री अर्याल अण्डाको मूल्य हालसम्मकै उच्च मुग्लिन–मलेखु सडकको तीन ठाउँको भित्तो काटिँदै मानव जीवन बचाउन विश्वले ध्यान दिनुपर्ने : संयुक्त राष्ट्र गोवाको क्लबमा भएको आगलागीमा, चार नेपालीसहित २५ जनाको मृत्यु चार महिने छोराको हत्या अभियोगमा नेपाल प्रहरीका असई पक्राउ सञ्चारमन्त्री खरेलद्वारा एनसेल कार्यालय अवलोकन पृथ्वीराजमार्गको नागढुङ्गा–मलेखु खण्ड एक साताको लागि आंशिक बन्द हुने सुनको मूल्य बढ्यो