२०८२, १९ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अछाम - ACM

जिल्लाभर अनुमति विना कक्षा नबढाउन जिशिका अछामको निर्देशन

२०७२, ३ चैत्र बुधबार १६:५४

कमल रावल । चैत ३, अछाम । अनुमति नलिएका कक्षामा बिद्यार्थी भर्ना नगर्न जिल्ला शिक्षा कार्यालय अछामले जिल्लाभरका निजी र सामुदायीक बिद्यालयहरुलाई निर्देशन गरेको छ । धेरै जसो बिद्यालयमा अनुमति नलिएकै कक्षामा पनि बिद्यार्थी भर्ना गर्ने कार्य देखिएकाले यस्तो निर्देशन गरिएको हो ।

जिल्ला शिक्षा कार्यालय अछाममा आज सम्म स्रोत ब्यक्तिहरु सँगको समन्वयात्म बैठक यसबारे ब्यापक रुपमा छलफल गरिएको छ । जति कक्षा सम्मको अनुमति लिइएको छ त्यो भन्दा माथिल्लो कक्षामा भर्ना लिइएको पाइए कडा कारबाही गरिने बारे बैठकले निर्णय पनि गरेको छ । जसका लागि जिल्लाभरका निजि र सामुदायीक बिद्यालयहरुको अनुगमन गरी ब्यवस्थीत रुपमा कक्षा संचालनका लागि निर्देशीका तयार परिने भएको छ । जिल्ला शिक्षा अधिकारी झंकर बहादुर बिष्टको अध्यक्षतामा सम्पन्न बैठकले बिद्यालयहरुले बिद्यार्थीको सिकाई उपलब्धीका बारेमा बिशेष ख्याल गर्नुपर्ने कुरामा पनि ध्यान दिन निर्देशन गर्ने निर्णय गरेको छ । स्रोत ब्यक्तिहरुको मासिक बैठक अन्र्तगत भएको छलफलमा आगामी एसएलसी परीक्षा लगायत अन्य कक्षाका परीक्षालाई समेत मर्यादित बनाउनेबारे निर्णय गरिएको छ ।

बैठकले बिद्यालयहरुलाई कक्षा ३ र कक्षा ५ को सिकाई उपलब्धी अनिबार्य रुपमा तयार पार्न निर्देशन गरेको छ भने अन्य कक्षाहरुको सिकाइ उपलब्धी तयार गरि रजिष्टरमा रेकर्ड राख्न पनि आग्रह गरेको छ । त्यसैको आधारमा बेला बेलामा अभिभावकहरु सँग समन्वय गरी बिद्यार्थीहरुको पढाइका बारेमा थप छलफल चलाइने भएको छ । त्यसगरी बैठकले जिल्लाभर शिक्षा सँग जोडिएका कार्यालय संघ संस्था र ब्यक्तिहरुको नामावली सहित सुचना डायरी प्रकाशन गर्ने निर्णय पनि गरेको छ । बैठकमा बिभीन्न स्रोत केन्द्रका ९ जना स्रोत ब्यक्ति, जिल्ला शिक्षा कार्यालयका शाखा अधिकृत हरिदत्त जोशी लगायतको उपस्थीति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रियसभा उपाध्यक्ष पदको निर्वाचन २३ चैतमा हुने रास्वपाबाट सभामुखको लागि डीपी अर्याललाई प्रस्ताव गर्ने निर्णय सदनमा मेरो भूमिका पक्ष विपक्ष भन्दा पनि निष्पक्ष हुनेछ: महावीर पुन प्रतिनिधि सभामा तीन अध्यादेश पेश संसदकाे दाेस्राे बैठक २२ चैत्रमा बस्ने जनताको मतबाट आएको यो सरकार जनताको हितमा समर्पित होस्: ज्ञानेन्द्र शाही एमसीसी खारेज गर्नुपर्छ: हर्क साम्पाङ देश जलाउने खलपात्रलाई नायक बनाइयो : सांसद थापा सिंहदरबार चलाउन होइन, बदल्न आएका हौं: रवि लामिछाने पूर्वयुवराज पारस शाह अस्पताल भर्ना प्रतिनिधि सभा बैठक सुरु हुने बित्तिकै एमाले माग्यो समय,ओली र लेखकलाई तुरुन्त रिहा गर्न माग सरकारले राजस्व चुहावट नियन्त्रणलाई अभियानको रुपमा सञ्चालन गर्ने २७ दिनपछि इनिसाको शव बुझ्दै आफन्त काठमाडौँ महानगरपालिकाले वैशाख १ गतेदेखि रात्रिकालीन बस सेवा सञ्चालन गर्ने यात्रुलाई तानातान गरेको आरोपमा ४८ जना पक्राउ रवि लामिछानेले प्रतिनिधि सभा बैठकमा सम्बोधन गर्ने सुनचाँदीको मूल्य घट्यो यस वर्ष एसईईमा ५ लाख १२ हजार बढी विद्यार्थी सहभागी हुँदै दीपक खड्का र रेखा शर्मालाई रिहा गर्न अस्वीकार वीर अस्पतालमा कडाइ, ढिलो आउनेको आधा दिनमात्र हाजिरी