१० माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अछाम - ACM

जिल्लाभर अनुमति विना कक्षा नबढाउन जिशिका अछामको निर्देशन

३ चैत्र २०७२, बुधबार १६:५४

कमल रावल । चैत ३, अछाम । अनुमति नलिएका कक्षामा बिद्यार्थी भर्ना नगर्न जिल्ला शिक्षा कार्यालय अछामले जिल्लाभरका निजी र सामुदायीक बिद्यालयहरुलाई निर्देशन गरेको छ । धेरै जसो बिद्यालयमा अनुमति नलिएकै कक्षामा पनि बिद्यार्थी भर्ना गर्ने कार्य देखिएकाले यस्तो निर्देशन गरिएको हो ।

जिल्ला शिक्षा कार्यालय अछाममा आज सम्म स्रोत ब्यक्तिहरु सँगको समन्वयात्म बैठक यसबारे ब्यापक रुपमा छलफल गरिएको छ । जति कक्षा सम्मको अनुमति लिइएको छ त्यो भन्दा माथिल्लो कक्षामा भर्ना लिइएको पाइए कडा कारबाही गरिने बारे बैठकले निर्णय पनि गरेको छ । जसका लागि जिल्लाभरका निजि र सामुदायीक बिद्यालयहरुको अनुगमन गरी ब्यवस्थीत रुपमा कक्षा संचालनका लागि निर्देशीका तयार परिने भएको छ । जिल्ला शिक्षा अधिकारी झंकर बहादुर बिष्टको अध्यक्षतामा सम्पन्न बैठकले बिद्यालयहरुले बिद्यार्थीको सिकाई उपलब्धीका बारेमा बिशेष ख्याल गर्नुपर्ने कुरामा पनि ध्यान दिन निर्देशन गर्ने निर्णय गरेको छ । स्रोत ब्यक्तिहरुको मासिक बैठक अन्र्तगत भएको छलफलमा आगामी एसएलसी परीक्षा लगायत अन्य कक्षाका परीक्षालाई समेत मर्यादित बनाउनेबारे निर्णय गरिएको छ ।

बैठकले बिद्यालयहरुलाई कक्षा ३ र कक्षा ५ को सिकाई उपलब्धी अनिबार्य रुपमा तयार पार्न निर्देशन गरेको छ भने अन्य कक्षाहरुको सिकाइ उपलब्धी तयार गरि रजिष्टरमा रेकर्ड राख्न पनि आग्रह गरेको छ । त्यसैको आधारमा बेला बेलामा अभिभावकहरु सँग समन्वय गरी बिद्यार्थीहरुको पढाइका बारेमा थप छलफल चलाइने भएको छ । त्यसगरी बैठकले जिल्लाभर शिक्षा सँग जोडिएका कार्यालय संघ संस्था र ब्यक्तिहरुको नामावली सहित सुचना डायरी प्रकाशन गर्ने निर्णय पनि गरेको छ । बैठकमा बिभीन्न स्रोत केन्द्रका ९ जना स्रोत ब्यक्ति, जिल्ला शिक्षा कार्यालयका शाखा अधिकृत हरिदत्त जोशी लगायतको उपस्थीति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह आजदेखि देशभर मौसम फेरबदल कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्दै सुन मुल्य तोलाको ३ लाख नाघ्यो आज वसन्तपञ्चमी मनाइँदै करेन्ट लागेर एक जनाको मृत्यु गृहमन्त्री अर्याल बने सरकारको प्रवक्ता उच्चस्तरीय जाँचबुझ आयोगको म्याद २० दिन थप बिहीबार ९ अंकले बढ्यो नेप्से मन्त्रिपरिषद् बैठक सुरु