2026-10-07 03:50 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

कृषकलाई सीपसँगै मौरीघार वितरण

काठमाडौँ । जिल्लाको आँबुखैरेनी गाउँपालिकाका कृषकलाई सीपसँगै मौरीघार वितरण गरिएको छ । आँबुखैरेनी-६ हिलेखर्कका कृषकलाई मौरीपालनसम्बन्धी तालिमसँगै ७५ प्रतिशत अनुदानमा मौरीघार, मौरी छोप्ने झोला, मौरी घुम्टी वितरण गरिएको हो ।

गाउँपालिकालाई मह पालिकाका नामले परिचित गराउने र मह उत्पादनमा आत्मनिर्भर बनाउँदै कृषकलाई व्यावसायिक बनाउन एक सय ९२ थान मौरीघार वितरण गरिएको गाउँपालिकाका कृषि शाखा प्रमुख सन्तोष केसीले जानकारी दिनुभयो ।

हिलेखर्क मौरीपालनका लागि उपयुक्त रहेको भन्दै उहाँले मौरीपालन सजिलो हुनुका साथै आम्दानीको स्रोत सुनिश्चित हुने भएका कृषकलाई यो व्यवसायमा आबद्ध गराउन पहल थालिएको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “पालिकाको चालु आर्थिक वर्षको वार्षिक नीति तथा कार्यक्रमबमोजिम कृषकलाई तालिम दिएर मौरीघार वितरण गरेका छौँ । पालिकालाई मह उत्पादनमा आत्मनिर्भर बनाउने लक्ष्य लिएका छौँ ।”

मौरीपालन कार्यक्रमले कृषकहरू उत्साहित भएका र यस व्यवसायले कृषकको जीवनशैलीमा परिवर्तन ल्याई आर्थिक समृद्धि प्राप्त गर्न सकिने गाउँपालिकाका अध्यक्ष शुक्र चुमानले बताउनुभयो ।

जिल्लास्थित कृषि ज्ञान केन्द्रले आँबुखैरेनी-५ का कृषकलाई ९० प्रतिशत अनुदानमा मौरीसहितको घार वितरण गरेको छ । केन्द्रले ग्रामीण पोषण सुरक्षण कार्यक्रमअन्तर्गत आँबुखैरेनी गाउँपालिकाको समन्वयमा अनुदानमा मौरीघार वितरण गरेको हो ।

आँबुखैरेनी-५ माई छिम्केश्वरी कृषक समूहलाई मौरीसहितका घार, महदानी वितरण गरिएको केन्द्र प्रमुख गोपाल शर्मा लामिछानेले जानकारी दिनुभयो । उहाँका अनुसार कृषकलाई एक सय थान मौरीघार वितरण गरिएको छ ।

उहाँले भन्नुभयो, “कृषकलाई आत्मनिर्भर बनाउने उद्देश्यसहित सीपसँगै मौरीसहितका घार वितरण गरिएको हो । यसले कृषकलाई आयआर्जनमा जोड्न सहयोग गर्नेछ ।” यस ठाउँमा मौरीपालनको उपयुक्त सम्भावना रहेकाले कृषकलाई मौरीपालन व्यवसायमा आबद्ध गराउन खोजिएको उहाँको भनाइ छ ।

आँबुखैरेनी-५ का वडाध्यक्ष सन्तोष गुरुङले यहाँका अधिकांशको आम्दानीको प्रमुख स्रोत कृषि भएकाले मौरीपालन व्यवसाय उपयुक्त रहेको बताउनुभयो । कृषकलाई स्वरोजगार बनाउँदै महमा आत्मनिर्भर बनाउने उहेश्य रहेको भन्दै आगामी दिनमा कृषिसम्बन्धी अन्य कार्यक्रम पनि गाउँपालिकाको समन्वयमा ल्याइने उहाँको भनाइ छ ।
—

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
इजरायल पठाइदिने भन्दै ठगी : सीआईबीद्वारा पीडितलाई जाहेरी दिन आग्रह नयाँ नोट साट्न राष्ट्र बैंक धाउन नपर्ने, एटीएमबाटै १०० रुपैयाँका नोट पाइने दसैँअघि देशभरका अवरुद्ध सडक सञ्चालनमा ल्याउने सरकारको तयारी कांग्रेस महाधिवेशन : वर्षाले रोकियो बन्दसत्र, ४ बजेपछि सुरु हुने रास्वपाको ‘हामी आउँदैछौं’ अभियान धादिङबेसीबाट सुरु पशुपतिनाथ मन्दिरभित्र प्रवेश गरेको आरोपमा दम्पती पक्राउ सुनचाँदीको मूल्य बढ्यो बडादशैँको टीकाको उत्तम साइत कात्तिक ४ गते बिहान १०ः२६ बजे कांग्रेस महाधिवेशनको बन्द सत्रमा आज चारवटै प्रतिवेदन पारित गरिँदै कांग्रेस सभापतिमा श्यामकृष्ण खड्गीको उम्मेदवारी दर्ता रमेश धमलाले दिए कांग्रेस सहमहामन्त्रीमा उम्मेदवारी कांग्रेस महाधिवेशन : गगन थापाले सभापतिमा उम्मेदवारी दर्ता गराए तातोपानी र रसुवागढी नाका खुलाउन चीनसँग संवाद भइरहेको छ : मन्त्री लम्साल जलवायु सङ्कटलाई संसद्को नियमित एजेन्डा बनाउन सभामुख अर्यालको आग्रह दुर्गा प्रसाईंलाई धरौटीमा रिहा गर्न अदालतको आदेश दशैं नजिकिँदै गर्दा मौसममा बदली, आज–भोलि वर्षासँगै चट्याङ र असिनाको सम्भावना कांग्रेस महाधिवेशन : विश्वप्रकाश शर्माले वरिष्ठ उपसभापतिमा उम्मेदवारी दिए विपद्मा बेपत्ता भएकाको मृत्यु घोषणा र दर्तासम्बन्धी कानुन छिट्टै संशोधन गर्छौं : मन्त्री गौतम कांग्रेस महामन्त्रीमा प्रदीप पाैडेलले गरे उम्मेदवारी दर्ता कांग्रेसमा उम्मेदवारी दर्ताको समय थपियो, अब साँझ ६ बजेसम्म