2026-10-22 04:29 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कोशी प्रदेश

‘सोना गुलाबी’ ढकमक्क फुलेपछि …

काठमाडौँ । मेचीनगर नगरपालिकाको वडा नं. ७ सतिघट्टास्थित चिया बगानभित्र फुलेका ‘सोना गुलाबी’ फूलका कारण सो स्थान पर्यटकीय स्थलमा परिणत भएको छ । पूर्वीनाका काँकडभिट्टाबाट तीन किलोमिटर दक्षिण सतिघ्ट्टा चिया बगानको चार विगाहा क्षेत्रमा रहेको एक सय वटा ‘सोना गुलाबी’ रुख फूलेर राताम्य भएको छ ।

हरियाली चिया बगानको माझमा चौरको वरिपरि फुलेका फूलले प्राकृतिक वातावरण रोमाञ्चक बनाएको कारण पर्यटकहरुको आगमन बढेको वडाध्यक्ष प्रह्लादमणि ओली बताउनुहुन्छ । “पहिले पहिले पनि यसरी नै फूल फुल्थ्यो, तर कसैले वास्ता गर्दैनथिए,” उहाँ भन्नुहुन्छ “यसपाली मानिसहरु यति धेरै ओइरिन थाले कि, हामी पनि छक्क परेका छौं । व्यवस्थापन कसरी गर्ने भनेर हम्मे हम्मे परेको छ ।”
झापाको बुद्धशान्ति गाउँपालिका वडा नं. ३ स्थित बर्नेको सडकमा फुलेका ‘गुलमोहर’ले व्यापक चर्चा पाएसँगै केही स्थानीयबासीले आफ्नो ठाउँमा पनि फूल फुलेको भनेर केही तस्वीर सामाजिक सञ्जालमा हालेपछि सतिघट्टाको ‘सोना गुलाबी’ भाइरल भएर टाढा टाढासम्मका पर्यटकलाई लोभ्याउन सफल भएको वडाध्यक्ष ओली बताउनुहुन्छ ।

जेठको पहिलो सातादेखि यस स्थानमा दिनहुँ पाँच हजारको हाराहारीमा आन्तरिक पर्यटक आउने गरेको र उनीहरु फोटो र भिडियो खिचाएर रमाउने गरेका छन् । मानिसहरुको चहलपहल अचानक सोचेभन्दा ज्यादा बढेपछि वडा कार्यालय र स्थानीय युवाले उक्त पर्यटकीय स्थानमा फोहोरमैला राख्ने डस्टबिन र फूलका हाँगा नभाँचिदिन सूचना बोर्डहरु राखिदिएका छन् । सीमावर्ती क्षेत्र भएकाले यहाँ भारतको पानीटंकी, नक्सलबाडी, खोरीबारी, अधिकारी र रामधुनजोतका भारतीय बासिन्दा समेत मेची नदी तरेर दिउँसो घुम्न आउने गरेका छन् । घुम्नका लागि खासगरी युवायुवती धेरै आउने गरे तापनि बालबच्चा लिएर आउने अभिभावकहरुको संख्या पनि उल्लेख्य रहेको बगान नजिक घर भएका शिक्षक जीआर धितालले बताउनुभयो । “यहाँ एकातिर हरियाली चिया बगान छ, अर्कातिर ठूला रुखका हाँगाभरि गुलाबी रंगका फूलहरु ढकमक्क छन्,” आदर्श माध्यमिक विद्यालयका उहाँ भन्नुहुन्छ–“मनमोहक वातावरण भएकाले मानिसहरु घुमफिरका लागि आएका हुन् । यसलाई दीगो पर्यटकीय स्थलमा परिणत गर्न खानेपानी, सुरक्षा, सरसफाई र बस्ने चौतारोहरुको प्रबन्ध स्थानीय सरकारले गरिदिनु पर्छ ।”
‘सोना गुलाबी’ फूलेको यो नयाँ पर्यटकीय गन्तब्यस्थल निजी स्वामित्वमा रहेको सतिघट्टा चिया बगानभित्र रहेको कारण पूर्वाधारको दीगो प्रबन्ध गर्न कठिनाई छ । वडाध्यक्ष ओलीले बगानका सञ्चालकहरुसँग खाली चौर र फूल फुलेको जति लगभग चार पाँच बिगाहा जग्गालाई पर्यटकीय स्थलको रुपमा विकास गर्न सल्लाह भइरहेको बताउनुभयो ।

चरा तथा बन्यजन्तु संरक्षण समाज मेचीनगरका अध्यक्ष देबेन्द्र खरेलले बगानभित्र फुलेका फूलको रुखलाई स्थानीयबासीले ‘सिरिस’ भन्ने गरे तापनि त्यसको खास नेपाली नाम नभएको बताउनुभयो । उहाँले यसको वैज्ञानिक नाम दक्षिण एसियाको रैथाने बनस्पति वर्गमा पर्ने ‘कासिया जाभानिका’ रहेको र पश्चिम बंगालमा यसलाई ‘लाली सोनालु’ भन्ने गरेको बताउनुभयो । खरेलले नै यसको नेपाली नाम ‘सोना गुलाबी’ राख्नु भएको हो ।

गायक विश्वास उप्रेतीले ‘सोना गुलाबी’का फूल फुलेर राताम्य भएको चिया बगानमा पुगेर आफुले आनन्द लिएको र गीतको भिडियो रेकर्ड गराएको बताउनुभयो । चहलपहल बढेसँगै सो स्थान वरपर खाजा पसलहरु खुलेका छन् । बदाम, पोलेको मकै, खरबुजा, काक्रा, चाउचाउ, मोमो, चटपटे लगायतका खानेकुरा विक्री भइरहेका छन् । स्थानीय कमल खनालले हरेक दिन सयौं संख्यामा चारचक्के सवारी साधन र मोटरसाइकल लिएर पर्यटकहरु यहाँ आउने गरेको बताउनुभयो ।
–––

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
युरोपका ६ देशमा प्रदर्शन चर्कियो, फ्रान्समा १८ सय पक्राउ, इटालीमा विद्यालय कब्जा दसैँमा काठमाडौँ उपत्यकाभित्र सशस्त्र प्रहरीको निःशुल्क बस सेवा कांग्रेसका ३५ वर्ष मुनिका ७ युवा केन्द्रीय सदस्यमा निर्वाचित मलेसिया जाने श्रमिकसँग अतिरिक्त शुल्क असुलेको आरोपमा चार जना पक्राउ बाढीले बगाएको आरुघाट पुलको मर्मत सुरु, दसैँअघि सञ्चालन गर्ने लक्ष्य कर्णालीमा नुहाउने क्रममा १२ वर्षीया बालिका बेपत्ता रोजगारीको मूल्य काम गरेको समयले होइन, आम्दानीले निर्धारण गर्छ : ओली खगेन्द्र सुनारको अडिओ प्रकरणमा रास्वपाले गठन गर्‍यो छानबिन समिति संसद् आरोप–प्रत्यारोपमा केन्द्रित हुँदा जनसरोकारका मुद्दा कमजोर बने : खुश्बु ओली भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने नवरात्रको पाँचौँ दिन आज स्कन्दमाताको पूजा आराधना गरिँदै दुई तिहाइ बहुमत हुँदैमा सरकारका सबै निर्णय सही हुँदैनन् : अमरेश सिंह सुनचाँदीको मूल्यमा गिरावट, सुन तोलाको २ लाख ८८ हजार ४०० रुपैयाँ