2026-08-06 01:36 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कोशी प्रदेश

‘सोना गुलाबी’ ढकमक्क फुलेपछि …

काठमाडौँ । मेचीनगर नगरपालिकाको वडा नं. ७ सतिघट्टास्थित चिया बगानभित्र फुलेका ‘सोना गुलाबी’ फूलका कारण सो स्थान पर्यटकीय स्थलमा परिणत भएको छ । पूर्वीनाका काँकडभिट्टाबाट तीन किलोमिटर दक्षिण सतिघ्ट्टा चिया बगानको चार विगाहा क्षेत्रमा रहेको एक सय वटा ‘सोना गुलाबी’ रुख फूलेर राताम्य भएको छ ।

हरियाली चिया बगानको माझमा चौरको वरिपरि फुलेका फूलले प्राकृतिक वातावरण रोमाञ्चक बनाएको कारण पर्यटकहरुको आगमन बढेको वडाध्यक्ष प्रह्लादमणि ओली बताउनुहुन्छ । “पहिले पहिले पनि यसरी नै फूल फुल्थ्यो, तर कसैले वास्ता गर्दैनथिए,” उहाँ भन्नुहुन्छ “यसपाली मानिसहरु यति धेरै ओइरिन थाले कि, हामी पनि छक्क परेका छौं । व्यवस्थापन कसरी गर्ने भनेर हम्मे हम्मे परेको छ ।”
झापाको बुद्धशान्ति गाउँपालिका वडा नं. ३ स्थित बर्नेको सडकमा फुलेका ‘गुलमोहर’ले व्यापक चर्चा पाएसँगै केही स्थानीयबासीले आफ्नो ठाउँमा पनि फूल फुलेको भनेर केही तस्वीर सामाजिक सञ्जालमा हालेपछि सतिघट्टाको ‘सोना गुलाबी’ भाइरल भएर टाढा टाढासम्मका पर्यटकलाई लोभ्याउन सफल भएको वडाध्यक्ष ओली बताउनुहुन्छ ।

जेठको पहिलो सातादेखि यस स्थानमा दिनहुँ पाँच हजारको हाराहारीमा आन्तरिक पर्यटक आउने गरेको र उनीहरु फोटो र भिडियो खिचाएर रमाउने गरेका छन् । मानिसहरुको चहलपहल अचानक सोचेभन्दा ज्यादा बढेपछि वडा कार्यालय र स्थानीय युवाले उक्त पर्यटकीय स्थानमा फोहोरमैला राख्ने डस्टबिन र फूलका हाँगा नभाँचिदिन सूचना बोर्डहरु राखिदिएका छन् । सीमावर्ती क्षेत्र भएकाले यहाँ भारतको पानीटंकी, नक्सलबाडी, खोरीबारी, अधिकारी र रामधुनजोतका भारतीय बासिन्दा समेत मेची नदी तरेर दिउँसो घुम्न आउने गरेका छन् । घुम्नका लागि खासगरी युवायुवती धेरै आउने गरे तापनि बालबच्चा लिएर आउने अभिभावकहरुको संख्या पनि उल्लेख्य रहेको बगान नजिक घर भएका शिक्षक जीआर धितालले बताउनुभयो । “यहाँ एकातिर हरियाली चिया बगान छ, अर्कातिर ठूला रुखका हाँगाभरि गुलाबी रंगका फूलहरु ढकमक्क छन्,” आदर्श माध्यमिक विद्यालयका उहाँ भन्नुहुन्छ–“मनमोहक वातावरण भएकाले मानिसहरु घुमफिरका लागि आएका हुन् । यसलाई दीगो पर्यटकीय स्थलमा परिणत गर्न खानेपानी, सुरक्षा, सरसफाई र बस्ने चौतारोहरुको प्रबन्ध स्थानीय सरकारले गरिदिनु पर्छ ।”
‘सोना गुलाबी’ फूलेको यो नयाँ पर्यटकीय गन्तब्यस्थल निजी स्वामित्वमा रहेको सतिघट्टा चिया बगानभित्र रहेको कारण पूर्वाधारको दीगो प्रबन्ध गर्न कठिनाई छ । वडाध्यक्ष ओलीले बगानका सञ्चालकहरुसँग खाली चौर र फूल फुलेको जति लगभग चार पाँच बिगाहा जग्गालाई पर्यटकीय स्थलको रुपमा विकास गर्न सल्लाह भइरहेको बताउनुभयो ।

चरा तथा बन्यजन्तु संरक्षण समाज मेचीनगरका अध्यक्ष देबेन्द्र खरेलले बगानभित्र फुलेका फूलको रुखलाई स्थानीयबासीले ‘सिरिस’ भन्ने गरे तापनि त्यसको खास नेपाली नाम नभएको बताउनुभयो । उहाँले यसको वैज्ञानिक नाम दक्षिण एसियाको रैथाने बनस्पति वर्गमा पर्ने ‘कासिया जाभानिका’ रहेको र पश्चिम बंगालमा यसलाई ‘लाली सोनालु’ भन्ने गरेको बताउनुभयो । खरेलले नै यसको नेपाली नाम ‘सोना गुलाबी’ राख्नु भएको हो ।

गायक विश्वास उप्रेतीले ‘सोना गुलाबी’का फूल फुलेर राताम्य भएको चिया बगानमा पुगेर आफुले आनन्द लिएको र गीतको भिडियो रेकर्ड गराएको बताउनुभयो । चहलपहल बढेसँगै सो स्थान वरपर खाजा पसलहरु खुलेका छन् । बदाम, पोलेको मकै, खरबुजा, काक्रा, चाउचाउ, मोमो, चटपटे लगायतका खानेकुरा विक्री भइरहेका छन् । स्थानीय कमल खनालले हरेक दिन सयौं संख्यामा चारचक्के सवारी साधन र मोटरसाइकल लिएर पर्यटकहरु यहाँ आउने गरेको बताउनुभयो ।
–––

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आज राष्ट्रियसभाको बैठकमा गृहमन्त्री गुरुङले जवाफ दिने पेट्रोल ट्यांकर दुर्घटनामा परी भएको आगलागी नियन्त्रणमा ग्वार्कोमा बस दुर्घटना हुँदा एक जनाको मृत्यु, १० जना घाइते एकैदिन ८ हजारले बढ्यो सुनको मूल्य, कति पुग्यो ? काठमाडौँसहित ३० जिल्लामा आकस्मिक बाढीको जोखिम साइप्रसमा नेपाली दूतावास स्थापनाका लागि दवाव दिन तीन हजार जनाले गरे प्रत्यक्ष हस्ताक्षर अनावश्यक ग्यास भण्डारण नगर्न निगमको आग्रह, दुई साताभित्र अभाव अन्त्य हुने दाबी आगामी सोमबारदेखि ‘हामी सुन्छौँ’ अभियान सञ्चालन गर्दै रास्वपा फ्री भिसा–फ्री टिकटको नीति १० वर्षदेखि कागजमै सीमित छ: श्रममन्त्री यादव वैदेशिक रोजगारीमा जान श्रमिकले एउटा निश्चित शुल्क तिरेर जानु पर्नेछ : डिकबहादुर खत्री धार्मिक तनाव र विवादको समाधानका लागि हिन्दु राष्ट्र पुन:स्थापना आवश्यक: राजेन्द्र लिङ्देन मुलुकलाई सबैभन्दा बढी आवश्यक परेको कुरा नीतिगत आत्मविश्वास हो: अर्थमन्त्री वाग्ले मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक तरकारी बोकेको ट्रक दुर्घटना हुँदा ट्रकमा सवार एक जनाको मृत्यु सुनचाँदीको मूल्यमा भारी वृद्धि यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर विदेशबाट नेपाल फर्किने नेपालीलाई सुन तस्कर तथा दलालको प्रलोभनमा नपर्न आग्रह नक्कली सुकुम्वासी वास्तवमा असली सुकुम्वासीका दुस्मन हुन्: राजीव खत्री सरकार आर्थिक समृद्धिको लक्ष्यमा छ : परराष्ट्रमन्त्री खनाल सुनसरी घटनाको जिम्मा सरकारले लिनुपर्छ: भीष्मराज आङदेम्बे