२९ पुष २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

गुल्मी - GLM

तीन जिल्ला हेर्ने गरी प्राधिकरणको कार्यालय गुल्मीमा स्थापित

९ भाद्र २०७४, शुक्रबार १२:०९

भदौ ९, गुल्मी । सदरमुकाम तम्घासमा राष्ट्रिय पुनर्निमाण प्राधिकरण जिल्ला समन्वय समितिको कार्यालय स्थापना भएको छ । 

राष्ट्रिय पुनर्निमाण प्राधिकरण निर्देशन समितिको दशौँ बैठकको निर्णयानुसार पाल्पा, अर्घाखाँची र गुल्मी हेर्ने गरी गुल्मीमा कार्यालय स्थापना गरिएको हो । नेपाल सरकार सचिवस्तरको निर्णयानुसार कार्यालयको दैनिक कार्य संचालन गर्न आर्थिक एवं प्रशासनिक अधिकारसहित इ रामआशिष दासलाई निमित्त कार्यालय प्रमुखको जिम्मेवारी प्रदान गरी पठाइएको प्रजिअ कृष्णप्रसाद ढुंगानाले जानकारी दिनुभयो । 

प्राधिकरणको पाँचवर्षे अवधिमध्ये बाँकी तीन वर्षका अवधिमा प्राधिकरणबाट तीन जिल्लामा संचालित केन्द्रीय आयोजना, संस्कृति पर्यटन, संघीय मामिला, शहरी विकास, शिक्षा, स्वास्थ्यलगायत कार्यालयमा संचालित योजनाको अनुगमन, मूल्यांकन र समन्वय गरिने इ दासले बताउनुभयो । उपसचिवस्तरको दरबन्दी रहेको उक्त प्रधिकरणमा हाल इन्जिनियर सहित १६ कर्मचारी रहने व्यवस्था छ । 

भूकम्पका कारण पूर्ण रुपमा क्षति पुगेका घरमध्ये पाल्पामा चार हजार ६५२, अर्घाखाँचीमा एक हजार ३६ र गुल्मीमा चार हजार १४४ रहेको प्राधिकरण जिल्ला समन्वय समितिको कार्यालयले जनाएको छ । रासस 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुनचाँदीको मूल्य आज पनि बढ्यो अत्यधिक चिसो बढेपछि यारी भन्सार कार्यालय तीनमहिनाका लागि बन्द विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’ पाकिस्तान–अफगानिस्तान सीमा बन्द हुँदा अरबौंको घाटा, व्यापार र अर्थतन्त्रमा ठुलो झट्का त्रिवि शिक्षण अस्पतालद्वारा स्वास्थ्य बिमा कार्यक्रम बन्द प्रधानमन्त्री कार्कीसमक्ष इजरायली राजदूतको शिष्टाचार भेटवार्ता ग्रोकमाथि मलेसिया–इन्डोनेसियाको प्रतिबन्ध कांग्रेसलाई युवापुस्ताले विश्वास गर्नसक्ने बनाउने महामन्त्री थापाको प्रस्ताव नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट मुस्ताङमा ४८ घण्टादेखि विद्युत् सेवा अवरुद्ध महामन्त्री थापाद्वारा समसामयिक राजनीतिक प्रस्ताव पेस अमेरिकाले ग्रिनल्यान्डलाई ‘कुनै न कुनै तरिकाले’ लिनेछ : ट्रम्प इरान तनाव चर्किँदै, मृतक सङ्ख्या ५४४ पार्टीलाई विभाजन होइन, एकताबद्ध गरेर लैजान आवश्यक छ : नेता डा कोइराला कांग्रेस विशेष महाधिवेशन कार्यविधि पारित कांग्रेस विशेष महाधिवेशनको बन्दसत्र सुरु जिप दुर्घटना हुँदा तीनको मृत्यु