१३ पुष २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अछाम - ACM

स्वास्थ्य कार्यालय अछामलाई गैससं महाँसंघ अछामद्धारा सम्मान

६ चैत्र २०७२, शनिबार ०९:४८

sammmanitकमल रावल/चैत ६, अछाम । स्वास्थ्य सेवा प्रवाहको क्षेत्रमा नेपालकै दोस्रो स्थान हासिल गरेकोमा जिल्ला स्वास्थ्य कार्यालय अछामलाई गैर सरकारी संस्था महाँसंघ नेपाल जिल्ला शाखा अछाम द्धारा सम्मान तथा प्रशंशा गरिएको छ ।

महाँसंघको आयोजनामा जिल्ला स्वास्थ्य कार्यालयका साथसाथै जिल्ला स्वास्थ्य प्रमुख डा. शरदचन्द्र बराल र जनस्वास्थ्य अधिकृत मुकेश अधिकारीलाई पनि प्रशंशा पत्र सहित सम्मान गरिएको हो । स्वास्थ्यले निर्दिष्ट गरेका बिभिन्न सुचकहरुलाई पार गर्दै देशकै दोस्रो स्थानमा आँउन सफल भएको भन्दै आगामि दिनमा प्रथम स्थान हासिल गर्न प्रेरणा मिलोस भन्ने हेतुले सम्मान कार्यक्रम गरिएको हो ।

गैसस महाँसंघ अछामका अध्यक्ष खड्ग बहादुर खड्काको अध्यक्षतामा भएको कार्यक्रममा अछामका निमित्त प्रमुख जिल्ला अधिकारी आनन्द शर्मा भुषाल प्रमुख अतिथी रहनुभएको थियो । कार्यक्रममा बधाई मन्तब्य राख्दै भुषालले स्वास्थयलाई अर्को वर्ष प्रथम स्थान हासिल गर्ने गरी चुनौतीको सामना गर्दै अगि बढ्न आग्रह गर्नुभयो ।

अस्पतालको मुहार परिवर्तन र गुणस्तरीय स्वास्थ्य सेवा प्रवाहका लागि जिल्ला स्वास्थ्य प्रमुख डा. बराल संसंगै स्वास्थ्यको अन्य टिम सक्रिय रुपमा खटेको आफुले पाएको भन्दै भुषालले जिल्ला स्वास्थ्य कार्यालयले एम्वुलेन्स सेवा सुचारु, भौतिक निर्माणमा सुधार र कर्मचारीको आचरण सुधार गर्दै अगि बढेमा अर्को वर्ष अवस्य पहिलो नम्वरमा आँउन सक्ने बिश्वास ब्याक्त गर्नुभयो । कार्यक्रमका अतिथी एमालेका जिल्ला सदस्य चन्द्र बोहराले बेडमा सुतेका बिरामीको अनुहार हेरेर आगामि योजना बनाई अगि बढ्न स्वास्थ्य कार्यालयलाई अनुरोध गर्नुभयो ।

यस्तै राप्रपाका जिल्ला अध्यक्ष तेज बहादुर बिष्टले स्वास्थ्यको क्षेत्रमा आगामि दिनमा गर्नुपर्ने सहयोगका लागि कहिल्यै पछि नहट्ने प्रतिबद्धता ब्याक्त गर्नुभयो । यस्तै नेकपा क्रान्तिकारी माओवादीका काशिराम जैशीले जिलला स्वास्थ्यलाई बधाई तथा शुभकामना दिदै अन्य निकाय र कर्मचारीलाई पनि आफ्नै जिल्ला सम्झेर काम गरी सम्मानित हुन आग्रह गर्नुभयो ।

कार्यक्रममा जिल्ला स्वास्थ्य प्रमुख डा. बरालले आफ्नो अनुभव सुनाउदै अस्पतालले सफलता हासिल गर्नुमा एक जना ब्याक्तिको मात्रै हात नभएर जिल्ला स्थित सबै सरोकारवाला, राजनीतिज्ञ, समाजसेवी, युवा, पत्रकार, गैसस लगायत निकायको सकारात्मक सोचाई र सहयोगको परिणाम भएको बताँउनुभयो । हरेक अवरोधलाई छिचोल्दै अगाडि बढ्नुको मजा छुट्टै हुने बताँउदै उहाँले अव पहिलो स्थान हात पार्न थप चुनौती बढ्को उल्लेख गर्नुभयो । नतीजालाई पर्खिनुभन्दा बिरामीलाई गुणस्तरीय स्वास्थ्य सेवा दिएर खुसी पार्नुनै आफ्नो प्रमुख प्राथमिकता रहेको डा बरालले बताँउनुभयो ।

आफु र आफ्नो संस्थाले पाएको सम्मानले आगामि दिनमा गर्ने कार्यलाई थप हौसला मिलेको उहाँको भनाई थियो । यस्तै जनस्वास्थ्य अधिकृत मुकेश अधिकारीले जिल्ला अस्पताल अछामलाई यो अवस्थामा पुर्याँउनुका पछाडिको पहिलो श्रेय वडा स्तरमा निस्वार्थ काम गर्ने स्वंसेवीकालाई जाँने बताँउनुभयो ।

कार्यक्रममा पत्रकार महाँसंघका तर्फवाट मन्तब्य राख्दै धु्रव बिसीले जिल्ला स्वास्थ्य कार्यालयलाई अझ नमुना बनाँउन बाह्य ब्यावस्थापन, सडकको स्तरोन्नती लगायतका कुरामा ध्याँन दिनुपर्ने उल्लेख गर्नुभयो । उक्त सम्मान कार्यक्रममा अछामका स्थानिय विकास अधिकारी शिवप्रसाद हुमेगाई लगायत बिभिन्न निकायका प्रमुख प्रतिनिधी, सञ्चारकर्मी सरोकारवालाहरुको सहभागिता रहेको थियो । कोषाध्यक्ष विन्दुर रावलले स्वागत मन्तव्य राख्नु भएको कार्यक्रमको सञ्चालन सचिव रतन रावलले गर्नु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आइतबार एमाले सचिवालय बैठक निर्वाचनमा सहभागी हुने प्रमुख दलका शीर्ष नेताहरूको प्रतिबद्धता निर्वाचनलाई सफल बनाउन दलहरुसँग प्रधानमन्त्रीको आग्रह प्रधानमन्त्री कार्की र तीन शीष नेताबीच छलफल जारी जेनजी आन्दोलनमा फरार कैदीको भारतमा मृत्यु सरकारले नागरिकमा विश्वास र आशा जगाउने प्रयास गरेको छः गृहमन्त्री अर्याल जापानको टोकियो नजिकै सडक दुर्घटना, दर्जनौँ घाइते कानुनी र प्रक्रियागत अवरोध नहटाएसम्म द्रुत विकासको सपना पूरा हुँदैनः मन्त्री घिसिङ शान्ति प्रक्रियामा ६० दिनको युद्धविराम आवश्यकः जेलेन्स्की देश नयाँ शिराबाट अगाडि बढ्छः मन्त्री घिसिङ ‘पहाड भो मलाई’ बोलको गीत सार्वजनिक प्रधानमन्त्री कार्कीसँग प्रमुख दलका शीर्ष नेताबीच छलफल हुँदै शान्ति प्रयासमा कूटनीतिक समन्वय आवश्यकः ट्रम्प ७५० केजी गाँजासहित दुई जना पक्राउ लागुऔषध मुद्दामा कैद भुक्तान गरिरहेका फरार व्यक्ति पक्राउ यी स्थानमा काटिदैछ बिजुली गाडीको ठक्करबाट एक जनाको मृत्यु रोक लगाइएको २१ बर्षपछि इराकमा कार्यरत हजारौं नेपालीहरुले पाउने भए श्रम-स्वीकृति निर्वाचनको विकल्प छैन : संयोजक दाहाल राजनीतिमा धैर्यता र समर्पण आवश्यक : महासचिव पोखरेल