२०८२, २९ फाल्गुन शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अछाम - ACM

स्वास्थ्य कार्यालय अछामलाई गैससं महाँसंघ अछामद्धारा सम्मान

२०७२, ६ चैत्र शनिबार ०९:४८

sammmanitकमल रावल/चैत ६, अछाम । स्वास्थ्य सेवा प्रवाहको क्षेत्रमा नेपालकै दोस्रो स्थान हासिल गरेकोमा जिल्ला स्वास्थ्य कार्यालय अछामलाई गैर सरकारी संस्था महाँसंघ नेपाल जिल्ला शाखा अछाम द्धारा सम्मान तथा प्रशंशा गरिएको छ ।

महाँसंघको आयोजनामा जिल्ला स्वास्थ्य कार्यालयका साथसाथै जिल्ला स्वास्थ्य प्रमुख डा. शरदचन्द्र बराल र जनस्वास्थ्य अधिकृत मुकेश अधिकारीलाई पनि प्रशंशा पत्र सहित सम्मान गरिएको हो । स्वास्थ्यले निर्दिष्ट गरेका बिभिन्न सुचकहरुलाई पार गर्दै देशकै दोस्रो स्थानमा आँउन सफल भएको भन्दै आगामि दिनमा प्रथम स्थान हासिल गर्न प्रेरणा मिलोस भन्ने हेतुले सम्मान कार्यक्रम गरिएको हो ।

गैसस महाँसंघ अछामका अध्यक्ष खड्ग बहादुर खड्काको अध्यक्षतामा भएको कार्यक्रममा अछामका निमित्त प्रमुख जिल्ला अधिकारी आनन्द शर्मा भुषाल प्रमुख अतिथी रहनुभएको थियो । कार्यक्रममा बधाई मन्तब्य राख्दै भुषालले स्वास्थयलाई अर्को वर्ष प्रथम स्थान हासिल गर्ने गरी चुनौतीको सामना गर्दै अगि बढ्न आग्रह गर्नुभयो ।

अस्पतालको मुहार परिवर्तन र गुणस्तरीय स्वास्थ्य सेवा प्रवाहका लागि जिल्ला स्वास्थ्य प्रमुख डा. बराल संसंगै स्वास्थ्यको अन्य टिम सक्रिय रुपमा खटेको आफुले पाएको भन्दै भुषालले जिल्ला स्वास्थ्य कार्यालयले एम्वुलेन्स सेवा सुचारु, भौतिक निर्माणमा सुधार र कर्मचारीको आचरण सुधार गर्दै अगि बढेमा अर्को वर्ष अवस्य पहिलो नम्वरमा आँउन सक्ने बिश्वास ब्याक्त गर्नुभयो । कार्यक्रमका अतिथी एमालेका जिल्ला सदस्य चन्द्र बोहराले बेडमा सुतेका बिरामीको अनुहार हेरेर आगामि योजना बनाई अगि बढ्न स्वास्थ्य कार्यालयलाई अनुरोध गर्नुभयो ।

यस्तै राप्रपाका जिल्ला अध्यक्ष तेज बहादुर बिष्टले स्वास्थ्यको क्षेत्रमा आगामि दिनमा गर्नुपर्ने सहयोगका लागि कहिल्यै पछि नहट्ने प्रतिबद्धता ब्याक्त गर्नुभयो । यस्तै नेकपा क्रान्तिकारी माओवादीका काशिराम जैशीले जिलला स्वास्थ्यलाई बधाई तथा शुभकामना दिदै अन्य निकाय र कर्मचारीलाई पनि आफ्नै जिल्ला सम्झेर काम गरी सम्मानित हुन आग्रह गर्नुभयो ।

कार्यक्रममा जिल्ला स्वास्थ्य प्रमुख डा. बरालले आफ्नो अनुभव सुनाउदै अस्पतालले सफलता हासिल गर्नुमा एक जना ब्याक्तिको मात्रै हात नभएर जिल्ला स्थित सबै सरोकारवाला, राजनीतिज्ञ, समाजसेवी, युवा, पत्रकार, गैसस लगायत निकायको सकारात्मक सोचाई र सहयोगको परिणाम भएको बताँउनुभयो । हरेक अवरोधलाई छिचोल्दै अगाडि बढ्नुको मजा छुट्टै हुने बताँउदै उहाँले अव पहिलो स्थान हात पार्न थप चुनौती बढ्को उल्लेख गर्नुभयो । नतीजालाई पर्खिनुभन्दा बिरामीलाई गुणस्तरीय स्वास्थ्य सेवा दिएर खुसी पार्नुनै आफ्नो प्रमुख प्राथमिकता रहेको डा बरालले बताँउनुभयो ।

आफु र आफ्नो संस्थाले पाएको सम्मानले आगामि दिनमा गर्ने कार्यलाई थप हौसला मिलेको उहाँको भनाई थियो । यस्तै जनस्वास्थ्य अधिकृत मुकेश अधिकारीले जिल्ला अस्पताल अछामलाई यो अवस्थामा पुर्याँउनुका पछाडिको पहिलो श्रेय वडा स्तरमा निस्वार्थ काम गर्ने स्वंसेवीकालाई जाँने बताँउनुभयो ।

कार्यक्रममा पत्रकार महाँसंघका तर्फवाट मन्तब्य राख्दै धु्रव बिसीले जिल्ला स्वास्थ्य कार्यालयलाई अझ नमुना बनाँउन बाह्य ब्यावस्थापन, सडकको स्तरोन्नती लगायतका कुरामा ध्याँन दिनुपर्ने उल्लेख गर्नुभयो । उक्त सम्मान कार्यक्रममा अछामका स्थानिय विकास अधिकारी शिवप्रसाद हुमेगाई लगायत बिभिन्न निकायका प्रमुख प्रतिनिधी, सञ्चारकर्मी सरोकारवालाहरुको सहभागिता रहेको थियो । कोषाध्यक्ष विन्दुर रावलले स्वागत मन्तव्य राख्नु भएको कार्यक्रमको सञ्चालन सचिव रतन रावलले गर्नु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
इरानी नागरिकलाई आगमन भिसा नदिने गृह मन्त्रालयको निर्णय ऋषि धमलाको चुनावी खर्च विवरण सार्वजनिक, १२ लाख ६५ हजार खर्च कम्बोडियाबाट २१ नेपालीको उद्धार राहदानी सेवा करिब ३ हप्तासम्म बन्द हुन सक्ने, असोजभित्र चाहिनेलाई चाँडो लिन विभागको आग्रह भारतबाट ग्यास आइरहेको छ, अनावश्यक ग्यास भण्डारण नगर्नू: आयल निगम त्रिशूली नदीको किनारमा एक महिलाको शव फेला आजदेखि आधा सिलिन्डर ग्यास बिक्री सुरु ओलीका पिता मोहनप्रसादको पशुपति आर्यघाटमा अन्त्येष्टि केपी शर्मा ओलीलाई परेको पितृशोकप्रति सभापति थापाद्वारा दुःख व्यक्त इनिशा विक हत्या प्रकरणको विरोधमा काठमाडौँमा विद्यार्थीले गरे प्रदर्शन बोक्सीको आरोप लगाउँदै दुर्व्यवहार गरेको अभियोगमा दुईजना महिला पक्राउ स्थानीयको अवरोधले काठमाडौँ उपत्यकाको फोहोर विसर्जन रोकियो प्रतिनिधिसभा र राष्ट्रिय सभाका बैठक कक्षहरू तयार हुन अझै २ महिना लाग्ने ट्रक र कन्टेनर ठोक्किँदा कन्टेनर चालकको मृत्यु एमालेका अध्यक्ष केपी ओलीलाई पितृ शोक सुनचाँदीको मूल्य घट्यो खाना पकाउने ग्यास आधा सिलिन्डर मात्रै वितरण गर्ने महिलामाथि हुने अपराधका दोषीलाई कडाभन्दा कडा कारबाही गर्न राज्यले तदारुकता देखाउनुपर्छ: विद्यादेवी भण्डारी वैदेशिक रोजगारीका लागि विभिन्न देश पठाइदिने भन्दै ठगी गर्ने तीन जना पक्राउ नेकपा एमाले कास्की इन्चार्ज कृष्ण थापाको हृदयघातका कारण निधन