१० माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अछाम - ACM

स्वास्थ्यको क्षेत्रमा अछाम देशकै नमुना जिल्लाः सचिव श्रेष्ठ

६ चैत्र २०७२, शनिबार ०९:४९

sahib shresthaकमल रावल/चैत ६, अछाम । स्वास्थ्य मन्त्रालयका सचिव शान्ताबहादुर श्रेष्ठले स्वास्थ्यको क्षेत्रमा अछाम देशकै नमुना जिल्ला बनेको बताउनुभएको छ ।

अछाम जिल्लाको स्वास्थ्य अवस्थाका बारेमा अनुगमन गर्न शुक्रबार अछाम पुग्नु भएका सचिव श्रेष्ठले स्वास्थ्य क्षेत्रको बिकासमा अछाम नमुनाकै रुपमा अगाडी बढिरहेको बताउनुभएको हो ।

बिषेशत बयलपाटा अस्पतालको निरीक्षणमा आउनु भएका सचिव श्रेष्ठले पत्रकार शिवराज खत्रीसँग बिषेश कुरा गर्दै अछाम दुर्गम जिल्ला भएर पनि स्वास्थ्य क्षेत्रमा देशभरमै उदाहरणीय बनेको बताउनुभयो । अछाम जस्तो जिल्ला देशभरमै दोस्रो जिल्ला हुनु भनेको निकै ठूलो उपलब्धि भएको बताउँदै सचिव श्रेष्ठले यसका लािग सबै अछामीलाई बधाईसमेत दिनुभयो ।

अछामको बयलपाटा अस्पताललाई सरकार र गैरसरकारी सस्थाको साझोदारीमा तथा गैरसरकारी सस्थाको मात्र व्यवस्थापनमा संचालन भएको देशकै नमुना अस्पताल रहेको बताउनुभयो ।

अस्पतालबाट उच्चस्तरको स्वास्थ्य सुविधा निशुल्क रुपमा पाउनु भनेको यस जिल्लाका नागरिकका लागि निकै सौभाग्यको कुरा भएको बताउँदै सचिव श्रेष्ठले निशुल्क स्वास्थ्य सेवा लामोसमय सम्म प्रदान गर्नका लागि मन्त्रालयले स्वास्थ्य बिमा कार्यक्रम संचालन गर्न लागेको जानकारी समेत दिनुभयो ।

गरिव नागरिकले निशुल्क रुपमा उपचार पाउने र त्यसका लागि गरिब नागरिकको बिमाको प्रिमियम सरकारले तिर्ने व्यवस्था गर्न लागिएको बताउँदै सचिव श्रेष्ठले त्यसका लागि ऐन बताउने कार्य अन्तिम चरणमा पुगेको जानकारी दिनुभयो ।

मन्त्रालयले स्वास्थ्य बिमा कार्यक्रम यसैबर्ष बाग्लुङ, धनगढी र इलामबाट सुरु गर्ने तयारी गरेको जानकारी दिँदै सचिव श्रेष्ठले यो बर्ष पूर्वाधारको काम सुरु हुने बताउनुभयो ।

अर्कोबाट स्वास्थ्य बिमा कार्याक्रमका लागि अछामलाई पनि प्राथमिकतामा राखिने उहाँले बताउनुभयो । सचवि श्रेष्ठले शुक्रबार अछामको जयगढ स्थित स्वास्थ्य चौकीको समेत निरीक्षण गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह आजदेखि देशभर मौसम फेरबदल कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्दै सुन मुल्य तोलाको ३ लाख नाघ्यो आज वसन्तपञ्चमी मनाइँदै करेन्ट लागेर एक जनाको मृत्यु गृहमन्त्री अर्याल बने सरकारको प्रवक्ता उच्चस्तरीय जाँचबुझ आयोगको म्याद २० दिन थप बिहीबार ९ अंकले बढ्यो नेप्से मन्त्रिपरिषद् बैठक सुरु अस्ट्रेलियामा गोली चल्दा तीन जनाको मृत्यु