१३ पुष २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अछाम - ACM

जिल्ला युवा संञ्जाल अछामको बैठक सम्पन्न

६ चैत्र २०७२, शनिबार ०९:५२

youth bstarकमल रावल/चैत ६, अछाम । जिल्ला युवा संञ्जाल अछामको बैठक विभिन्न निर्णय गर्दै मंगलसेनमा सम्पन्न भएको छ ।

संजालका जिल्ला अध्यक्ष होम साँउदको अध्यक्षतामा बसेको बैठकले नयाँ बर्ष २०७३ को अवसरमा युवा तथा बाल आवाज नामक पुस्तक प्रकाशन गर्ने निर्णय गरेको छ । जिल्लामा युवा तथा बालवालिकाका क्षेत्रमा भएका गतिविधी, लेख, रचना तथा विचार सबै माझ जानकारी गराउनका लागि र युवा तथा बालवालिकाको प्रतिभा प्रष्फुटनका लागि पुस्तक प्रकाशन गर्ने निर्णय गरिएको हो ।

बैशाख पहिलो सातामा विमोचन गर्ने गरी जिल्लाका १३ वटै ईलाका प्रमुख तथा सदस्यलाई आ आफ्नो तर्फबाट तयारी गर्नका लागि जिम्मेवारि समेत दिईएको संजालका सचिव कमल रावलले बताउनु भयो ।

साथै बैठकले सञ्जाललाई अझै विस्तार गर्दै लैजानका लागि सदस्यता वितरण गर्ने समेत निर्णय गरेको छ । बैठकले जिल्ला स्थित युवा, बालवालिका, लगायत अन्य सम्वद्ध पक्षले पनि आफ्ना लेख, रचना उपलब्ध गराई सहयोग गरिदिन र अन्य निकायलाई पनि सक्दो सहयोगका लागि अनुरोध गरेको छ ।

सोही अवसरमा सञ्जालले जिल्ला विकास समिती अछाममा स्थानिय विकास अधिकारी शिव प्रसाद हुमेगाई र सामाजिक बिकास अधिकृत खडक बिष्ट सँग परिचयात्मक तथा भेटघाट कार्यक्रम समेत गरेको छ । भेटघाटको क्रममा स्थानिय बिकास अधिकारी हुमेगाईले देशका परिवर्तनका सम्वाहक युवा भएकाले आगामि दिनमा युवाहरु सहि बाटो तिर अघि बढनु पर्ने बताउनुभयो ।

आफनो कार्यालयको तर्फबाट हुने सहयोग जहिले पनि निरन्तर भईरहने उहाँले बताउनु भयो । भेटघाटकै क्रममा सामाजिक बिकास अधिकृत खडक बहादुर बिष्टले जिल्लामा हुने हरेक क्रियाकलापमा युवाको सहभागिता बढाउनको लागि आफ्नो निरन्तर पहल कदम जारी रहेका बताउनु भयो ।

आगामि दिनमा जिल्लाका सरकारी तथा गैरसरकारी निकायले गर्ने युवा मुखी कार्यक्रममा युवा सहभागितालाई बढाउदै लैजानुपर्ने र आफ्नो तर्फवाट हुने सम्पूर्ण सहयोग युवाका लागि जारी रहने प्रतिबद्धता जनाउनुभयो ।

भेटघाट कार्यक्रममा जिल्ला युवा सञ्जाल अछामका अध्यक्ष होम साउद सहति सल्लाहकार सँयोजक मदन कुमार भुल, उपाध्यक्ष मेनुका ढुगाना, सचिव कमल कुमार रावल, कोषाध्यक्ष मिन बाब्ली, सह सचिव गोविन्द देवकोटा, दिपिका कुवर, सबै ईलाकावाट प्रतिनिधित्व गर्ने सदस्यहरु र सल्लाहकार सदस्य लगायतको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आइतबार एमाले सचिवालय बैठक निर्वाचनमा सहभागी हुने प्रमुख दलका शीर्ष नेताहरूको प्रतिबद्धता निर्वाचनलाई सफल बनाउन दलहरुसँग प्रधानमन्त्रीको आग्रह प्रधानमन्त्री कार्की र तीन शीष नेताबीच छलफल जारी जेनजी आन्दोलनमा फरार कैदीको भारतमा मृत्यु सरकारले नागरिकमा विश्वास र आशा जगाउने प्रयास गरेको छः गृहमन्त्री अर्याल जापानको टोकियो नजिकै सडक दुर्घटना, दर्जनौँ घाइते कानुनी र प्रक्रियागत अवरोध नहटाएसम्म द्रुत विकासको सपना पूरा हुँदैनः मन्त्री घिसिङ शान्ति प्रक्रियामा ६० दिनको युद्धविराम आवश्यकः जेलेन्स्की देश नयाँ शिराबाट अगाडि बढ्छः मन्त्री घिसिङ ‘पहाड भो मलाई’ बोलको गीत सार्वजनिक प्रधानमन्त्री कार्कीसँग प्रमुख दलका शीर्ष नेताबीच छलफल हुँदै शान्ति प्रयासमा कूटनीतिक समन्वय आवश्यकः ट्रम्प ७५० केजी गाँजासहित दुई जना पक्राउ लागुऔषध मुद्दामा कैद भुक्तान गरिरहेका फरार व्यक्ति पक्राउ यी स्थानमा काटिदैछ बिजुली गाडीको ठक्करबाट एक जनाको मृत्यु रोक लगाइएको २१ बर्षपछि इराकमा कार्यरत हजारौं नेपालीहरुले पाउने भए श्रम-स्वीकृति निर्वाचनको विकल्प छैन : संयोजक दाहाल राजनीतिमा धैर्यता र समर्पण आवश्यक : महासचिव पोखरेल