२०८२, १९ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अछाम - ACM

जिल्ला युवा संञ्जाल अछामको बैठक सम्पन्न

२०७२, ६ चैत्र शनिबार ०९:५२

youth bstarकमल रावल/चैत ६, अछाम । जिल्ला युवा संञ्जाल अछामको बैठक विभिन्न निर्णय गर्दै मंगलसेनमा सम्पन्न भएको छ ।

संजालका जिल्ला अध्यक्ष होम साँउदको अध्यक्षतामा बसेको बैठकले नयाँ बर्ष २०७३ को अवसरमा युवा तथा बाल आवाज नामक पुस्तक प्रकाशन गर्ने निर्णय गरेको छ । जिल्लामा युवा तथा बालवालिकाका क्षेत्रमा भएका गतिविधी, लेख, रचना तथा विचार सबै माझ जानकारी गराउनका लागि र युवा तथा बालवालिकाको प्रतिभा प्रष्फुटनका लागि पुस्तक प्रकाशन गर्ने निर्णय गरिएको हो ।

बैशाख पहिलो सातामा विमोचन गर्ने गरी जिल्लाका १३ वटै ईलाका प्रमुख तथा सदस्यलाई आ आफ्नो तर्फबाट तयारी गर्नका लागि जिम्मेवारि समेत दिईएको संजालका सचिव कमल रावलले बताउनु भयो ।

साथै बैठकले सञ्जाललाई अझै विस्तार गर्दै लैजानका लागि सदस्यता वितरण गर्ने समेत निर्णय गरेको छ । बैठकले जिल्ला स्थित युवा, बालवालिका, लगायत अन्य सम्वद्ध पक्षले पनि आफ्ना लेख, रचना उपलब्ध गराई सहयोग गरिदिन र अन्य निकायलाई पनि सक्दो सहयोगका लागि अनुरोध गरेको छ ।

सोही अवसरमा सञ्जालले जिल्ला विकास समिती अछाममा स्थानिय विकास अधिकारी शिव प्रसाद हुमेगाई र सामाजिक बिकास अधिकृत खडक बिष्ट सँग परिचयात्मक तथा भेटघाट कार्यक्रम समेत गरेको छ । भेटघाटको क्रममा स्थानिय बिकास अधिकारी हुमेगाईले देशका परिवर्तनका सम्वाहक युवा भएकाले आगामि दिनमा युवाहरु सहि बाटो तिर अघि बढनु पर्ने बताउनुभयो ।

आफनो कार्यालयको तर्फबाट हुने सहयोग जहिले पनि निरन्तर भईरहने उहाँले बताउनु भयो । भेटघाटकै क्रममा सामाजिक बिकास अधिकृत खडक बहादुर बिष्टले जिल्लामा हुने हरेक क्रियाकलापमा युवाको सहभागिता बढाउनको लागि आफ्नो निरन्तर पहल कदम जारी रहेका बताउनु भयो ।

आगामि दिनमा जिल्लाका सरकारी तथा गैरसरकारी निकायले गर्ने युवा मुखी कार्यक्रममा युवा सहभागितालाई बढाउदै लैजानुपर्ने र आफ्नो तर्फवाट हुने सम्पूर्ण सहयोग युवाका लागि जारी रहने प्रतिबद्धता जनाउनुभयो ।

भेटघाट कार्यक्रममा जिल्ला युवा सञ्जाल अछामका अध्यक्ष होम साउद सहति सल्लाहकार सँयोजक मदन कुमार भुल, उपाध्यक्ष मेनुका ढुगाना, सचिव कमल कुमार रावल, कोषाध्यक्ष मिन बाब्ली, सह सचिव गोविन्द देवकोटा, दिपिका कुवर, सबै ईलाकावाट प्रतिनिधित्व गर्ने सदस्यहरु र सल्लाहकार सदस्य लगायतको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रियसभा उपाध्यक्ष पदको निर्वाचन २३ चैतमा हुने रास्वपाबाट सभामुखको लागि डीपी अर्याललाई प्रस्ताव गर्ने निर्णय सदनमा मेरो भूमिका पक्ष विपक्ष भन्दा पनि निष्पक्ष हुनेछ: महावीर पुन प्रतिनिधि सभामा तीन अध्यादेश पेश संसदकाे दाेस्राे बैठक २२ चैत्रमा बस्ने जनताको मतबाट आएको यो सरकार जनताको हितमा समर्पित होस्: ज्ञानेन्द्र शाही एमसीसी खारेज गर्नुपर्छ: हर्क साम्पाङ देश जलाउने खलपात्रलाई नायक बनाइयो : सांसद थापा सिंहदरबार चलाउन होइन, बदल्न आएका हौं: रवि लामिछाने पूर्वयुवराज पारस शाह अस्पताल भर्ना प्रतिनिधि सभा बैठक सुरु हुने बित्तिकै एमाले माग्यो समय,ओली र लेखकलाई तुरुन्त रिहा गर्न माग सरकारले राजस्व चुहावट नियन्त्रणलाई अभियानको रुपमा सञ्चालन गर्ने २७ दिनपछि इनिसाको शव बुझ्दै आफन्त काठमाडौँ महानगरपालिकाले वैशाख १ गतेदेखि रात्रिकालीन बस सेवा सञ्चालन गर्ने यात्रुलाई तानातान गरेको आरोपमा ४८ जना पक्राउ रवि लामिछानेले प्रतिनिधि सभा बैठकमा सम्बोधन गर्ने सुनचाँदीको मूल्य घट्यो यस वर्ष एसईईमा ५ लाख १२ हजार बढी विद्यार्थी सहभागी हुँदै दीपक खड्का र रेखा शर्मालाई रिहा गर्न अस्वीकार वीर अस्पतालमा कडाइ, ढिलो आउनेको आधा दिनमात्र हाजिरी