पूर्णप्रसाद न्यौपाने/भदौ १०, ओखलढुंगा । सफा ओखलढुंगा अभियान सुरु भएको छ । सफा र स्वच्छ समाज निर्माणका लागि ओखलढुंगामा सरसफाई विशेष अभियान सुरु गरिएको हो ।&n"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

पूर्णप्रसाद न्यौपाने/भदौ १०, ओखलढुंगा । सफा ओखलढुंगा अभियान सुरु भएको छ । सफा र स्वच्छ समाज निर्माणका लागि ओखलढुंगामा सरसफाई विशेष अभियान सुरु गरिएको हो ।&n"/>

2026-09-19 03:38 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

ओखलढुङ्गा - OKL

प्रजिअको पहलमा ‘सफा ओखलढुंगा’ अभियान सुरु


पूर्णप्रसाद न्यौपाने/भदौ १०, ओखलढुंगा । सफा ओखलढुंगा अभियान सुरु भएको छ । सफा र स्वच्छ समाज निर्माणका लागि ओखलढुंगामा सरसफाई विशेष अभियान सुरु गरिएको हो । 

प्रमुख जिल्ला अधिकारी जनकराज पन्तले शुक्रबार जिल्ला प्रशासन कार्यालय वरपर सरसफाई गरेर अभियान सुरु गर्दै सबै जिल्लाबासीलाई सरसफाईमा जुट्न आग्रह गर्नुभयो । सरकारी कार्यालयहरुलाई हरेक शुक्रबार अभियानात्मक रुपमा कम्तीमा १५ मिनेट समय दिएर आफु वरपरको वातावरण सरसफाई गर्न प्रजिअ पन्तले निर्देशन दिनुभएको छ । 

‘सबैले आफु बस्ने ठाँउ आफैं सफा गरे सफा र स्वच्छ समाज आफैं बन्छ’प्रजिअ पन्तले भन्नुभयो ‘नियमीत सरसफाई त हुन्छ नै त्यसको अलवा अभियानका रुपमा गरिने सरसफाईले सकारात्मक सन्देश प्रवाह हुन्छ र सभ्य समाज निर्माणमा टेवा पुग्छ ।’

स्थानीयबासी र भाडामा बस्नेहरुले पनि आफ्नो घरबाट निस्किएको फोहोर व्यवस्थापन गर्न ध्यान दिनुपर्ने भन्दै प्रजिअ पन्तले जथाभावि फोहोर नगर्न आग्रह गर्नुभएको छ ।  फोहोरको उचित व्यवस्थापन गर्न र सफा नगर बनाउने कार्यमा जुट्न प्रजिअ पन्तले सिद्धिचरण नगरपालिका र स्थानीय तथा व्यवसायीहरुलाई निर्देशन दिईसक्नु भएको छ ।

यस अघिपनि सफा र स्वच्छ सिद्धिचरण नगर बनाउन सरसफाई विशेष अभियान सञ्चालन गरिएको भएपनि त्यसले निरञ्तरता नपाउँदा बजारक्षेत्र अहिले पनि दुर्गन्धीत छ ।  व्यवसायी र स्थानीयबासीको सरसफाई सम्बन्धि आनिबानीमा सुधार नभएकाले प्रशासनले यस अघि सुरु गरेको अभियानले पूर्णता पाउन नसकेको बताईएको थियो । 

सिद्धिचरण नगरपालिकाले जथाभावि निर्माण सामाग्री राख्ने,पार्कीङ गर्ने र फोहोर थुपार्र्नेलाई कारबाही गर्ने चेतावनी दिएको भएपनि त्यो कार्यन्वयनमा आउन सकेको छैन । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई