९ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अछाम - ACM

एक दिने कार्यशाला गोष्ठी सम्पन्न

१२ चैत्र २०७२, शुक्रबार ०५:३४

कमल रावल/चैत १२, अछाम । बजारसँग सम्बन्धीत सरोकरावाला, मुल्य श्रृखला कार्यक्रता र सहयोगकर्ता बीचको एक दिने कार्यशाला गोष्ठी बिहिबार मंगलसेनमा सम्पन्न भएको छ ।

जिल्ला कृषि बिकास कार्यालय र मालिका बिकास संघको संयुक्त आयोजनामा गोष्ठी सम्पन्न भएको हो । गोष्ठीमा सहभागि किसानहरुले उत्पादनलाई ब्यवस्थीत गर्न नसक्दा समस्या भैरहेको बताएका छन ।

किसानहरुले प्राय एउटै जातका तरकारी उत्पादन गर्ने भएकाले त्यसको मात्रा बढ्दा बजार मुल्य घट्ने गरेको र अन्य जातका तरकारीको हाहाकार हुने गरेको उनीहरुको भनाई छ । जसका कारण किसान, थोक बिक्रेता र उपभोक्ता लगायत सबैले घाटा व्यवहोर्नु परेको सरोकारलावाहरुले बताएका छन । उचित परामर्श दिन सके बाह्ै महिना स्थानिय उत्पादन नै प्रयाप्त हुने र किसानले पनि मनग्ये फाइदा लिनसक्ने उनीहरुको धारणा छ । त्यसका लागि सरोकारवालहरुले आबश्य परामर्श दिनुपर्ने सुझाब समेत दिइएको छ ।

त्यसका साथै सिचाईको अभाव, समयमै मल ÷बिउ नपाउनु, राज्यको सहुलियत प्रयाप्त नहुनु र बजार भाउ समेत सन्तुलित नहुनुले निकै समस्या भैरहेको सहभागि किसानहरुले दुखेसो पोखेका छन । गोष्ठीमा सहजीकरण गर्दै लिङ्क हेल्बेटासका कृतिराज पन्तले किसान, थोक बिक्रेता, एग्रोभेट संचालक, सरकारी र गैर सरकारी निकाय बीच मजबुद समन्वय भए मात्र यसको व्यवस्थापन गर्न सकिने बताउनुभयो ।

बजारको माग अनुसार उत्पादन गर्न नसक्दा समस्या भैरहेको उहाँको भनाई छ । जिल्ला पशु सेवा कार्यालयका बरिष्ठ पशु चिकित्सक डाक्टर बेदप्रकाश भट्ट, स्थानिय बिकास कोषा कार्यकारी सचिब रतन रावल, सेवाक नेपालका उपाध्यक्ष बिन्दु रावल, महिला बिकास निरीक्षक आशा शाही, किसान परियोजनाका जिल्ला संयोजक बद्री प्रसाद यादब लगायत जिल्ला स्थीत अन्य सरोकारवाला, किसन, एग्रोभेट संचालक र पत्रकारहरुको उपस्थीति रहेको उक्त गोष्ठीको संचालन मालिका बिकास संघका बरिष्ठ उपाध्यक्ष केशव रावलले गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
करेन्ट लागेर एक जनाको मृत्यु गृहमन्त्री अर्याल बने सरकारको प्रवक्ता उच्चस्तरीय जाँचबुझ आयोगको म्याद २० दिन थप बिहीबार ९ अंकले बढ्यो नेप्से मन्त्रिपरिषद् बैठक सुरु अस्ट्रेलियामा गोली चल्दा तीन जनाको मृत्यु फागुनको पहिलो हप्ताभित्र सबै स्थानमा मतपत्र पुगिसक्छ बालेनले बोलेको ‘मधेसी छौरा’का सन्दर्भमा महेश बस्नेतले मागे माफी पार्टी नफुटोस् भनेर मैले बीचको बाटो लिएँ: शेखर कोइराला पानी जमेको खाल्डोमा डुबेर एक जनाको मृत्यु बैतडीमा ट्याक्टर दुर्घटना : एक जनाको मृत्यु, तीन घाइते भोट हाल्दा धितो न जमानीको मान्छेलाई भोट हाल्ने कुरा हुँदैन: केपी ओली नेपाललाई नेदरल्यान्ड्सले दियो १४१ रनको लक्ष्य सुनचाँदीको मुल्य घट्यो पाँच उम्मेदवारविरुद्ध उजुरी दर्ता अमेरिकाले फेरि ८० जना नेपाली नागरिकलाई डिपोर्ट गर्‍यो बसको ठक्करबाट एकजना वृद्धा महिलाको मृत्यु निर्वाचनलाई देखाएर विकास निर्माणका काममा ढिला सुस्ती नगर्न निर्देशन: मुख्यमन्त्री कँडेल केन्द्रीय सुरक्षा समितिको बैठक : सुरक्षा व्यवस्था थप सुदृढ बनाउन निर्देशन नेप्से परिसूचक ९.४३ अंकले घट्यो