२०८२, १९ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अछाम - ACM

एक दिने कार्यशाला गोष्ठी सम्पन्न

२०७२, १२ चैत्र शुक्रबार ०५:३४

कमल रावल/चैत १२, अछाम । बजारसँग सम्बन्धीत सरोकरावाला, मुल्य श्रृखला कार्यक्रता र सहयोगकर्ता बीचको एक दिने कार्यशाला गोष्ठी बिहिबार मंगलसेनमा सम्पन्न भएको छ ।

जिल्ला कृषि बिकास कार्यालय र मालिका बिकास संघको संयुक्त आयोजनामा गोष्ठी सम्पन्न भएको हो । गोष्ठीमा सहभागि किसानहरुले उत्पादनलाई ब्यवस्थीत गर्न नसक्दा समस्या भैरहेको बताएका छन ।

किसानहरुले प्राय एउटै जातका तरकारी उत्पादन गर्ने भएकाले त्यसको मात्रा बढ्दा बजार मुल्य घट्ने गरेको र अन्य जातका तरकारीको हाहाकार हुने गरेको उनीहरुको भनाई छ । जसका कारण किसान, थोक बिक्रेता र उपभोक्ता लगायत सबैले घाटा व्यवहोर्नु परेको सरोकारलावाहरुले बताएका छन । उचित परामर्श दिन सके बाह्ै महिना स्थानिय उत्पादन नै प्रयाप्त हुने र किसानले पनि मनग्ये फाइदा लिनसक्ने उनीहरुको धारणा छ । त्यसका लागि सरोकारवालहरुले आबश्य परामर्श दिनुपर्ने सुझाब समेत दिइएको छ ।

त्यसका साथै सिचाईको अभाव, समयमै मल ÷बिउ नपाउनु, राज्यको सहुलियत प्रयाप्त नहुनु र बजार भाउ समेत सन्तुलित नहुनुले निकै समस्या भैरहेको सहभागि किसानहरुले दुखेसो पोखेका छन । गोष्ठीमा सहजीकरण गर्दै लिङ्क हेल्बेटासका कृतिराज पन्तले किसान, थोक बिक्रेता, एग्रोभेट संचालक, सरकारी र गैर सरकारी निकाय बीच मजबुद समन्वय भए मात्र यसको व्यवस्थापन गर्न सकिने बताउनुभयो ।

बजारको माग अनुसार उत्पादन गर्न नसक्दा समस्या भैरहेको उहाँको भनाई छ । जिल्ला पशु सेवा कार्यालयका बरिष्ठ पशु चिकित्सक डाक्टर बेदप्रकाश भट्ट, स्थानिय बिकास कोषा कार्यकारी सचिब रतन रावल, सेवाक नेपालका उपाध्यक्ष बिन्दु रावल, महिला बिकास निरीक्षक आशा शाही, किसान परियोजनाका जिल्ला संयोजक बद्री प्रसाद यादब लगायत जिल्ला स्थीत अन्य सरोकारवाला, किसन, एग्रोभेट संचालक र पत्रकारहरुको उपस्थीति रहेको उक्त गोष्ठीको संचालन मालिका बिकास संघका बरिष्ठ उपाध्यक्ष केशव रावलले गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रियसभा उपाध्यक्ष पदको निर्वाचन २३ चैतमा हुने रास्वपाबाट सभामुखको लागि डीपी अर्याललाई प्रस्ताव गर्ने निर्णय सदनमा मेरो भूमिका पक्ष विपक्ष भन्दा पनि निष्पक्ष हुनेछ: महावीर पुन प्रतिनिधि सभामा तीन अध्यादेश पेश संसदकाे दाेस्राे बैठक २२ चैत्रमा बस्ने जनताको मतबाट आएको यो सरकार जनताको हितमा समर्पित होस्: ज्ञानेन्द्र शाही एमसीसी खारेज गर्नुपर्छ: हर्क साम्पाङ देश जलाउने खलपात्रलाई नायक बनाइयो : सांसद थापा सिंहदरबार चलाउन होइन, बदल्न आएका हौं: रवि लामिछाने पूर्वयुवराज पारस शाह अस्पताल भर्ना प्रतिनिधि सभा बैठक सुरु हुने बित्तिकै एमाले माग्यो समय,ओली र लेखकलाई तुरुन्त रिहा गर्न माग सरकारले राजस्व चुहावट नियन्त्रणलाई अभियानको रुपमा सञ्चालन गर्ने २७ दिनपछि इनिसाको शव बुझ्दै आफन्त काठमाडौँ महानगरपालिकाले वैशाख १ गतेदेखि रात्रिकालीन बस सेवा सञ्चालन गर्ने यात्रुलाई तानातान गरेको आरोपमा ४८ जना पक्राउ रवि लामिछानेले प्रतिनिधि सभा बैठकमा सम्बोधन गर्ने सुनचाँदीको मूल्य घट्यो यस वर्ष एसईईमा ५ लाख १२ हजार बढी विद्यार्थी सहभागी हुँदै दीपक खड्का र रेखा शर्मालाई रिहा गर्न अस्वीकार वीर अस्पतालमा कडाइ, ढिलो आउनेको आधा दिनमात्र हाजिरी