2026-08-27 02:57 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

झापा - JP

जंगली हात्ती नियन्त्रणका लागि मात्रै दुई करोड बजेट

भदौ १०, झापा । जंगली हात्ती नियन्त्रणका लागि रु पहिलो चौमासिकका लागि दुई करोड बजेट निकासा भएको छ । 

राष्ट्रिय योजना आयोगबाट हात्ती नियन्त्रणका लागि पहिलो चौमासिकका लागि उक्त रकम निकासा भएको जिल्ला वन कार्यालय झापाका वन अधिकृत बोधराज सुवेदीले जानकारी दिए । हात्ती नियन्त्रणका लागि व्यवस्थित योजनासहित रु १३ करोड माग गरिए पनि रु आठ करोड आठ लाख ९० हजार स्वीकृत भएको वन अधिकृत सुवेदीले बताए । 

जलथल, भद्रपुर, केचना, हल्दिबारी, मेचीनगरलगायत स्थानमा जंगली हात्तीले दुःख दिन थालेपछि नेपाली काँग्रेस ३ नं क्षेत्रीय समितिले सांसद कृष्णप्रसाद सिटौलामार्फत वन तथा भूसंरक्षण मन्त्रालयमा ज्ञापनपत्र पठाएको थियो । ज्ञापनपछि जिल्ला वन कार्यालयले योजनासहित बजेट माग गरेको र योजना स्वीकृत भएर पहिलो चौमासिकको रकम निकासा भएको हो । 

हात्ती नियन्त्रणका लागि जलथलदेखि बाहुनडाँगीसम्म जैविक मार्ग निर्माण तथा जलथल, चारआली र घेराबारीको जंगलमा करिब ८० किमी लामो विद्युतीय तारबार निर्माण गरिने भएको वन अधिकृत सुवेदीले जानकारी दिनुभयो । जलथल जंगल वरिपरि ५० किमी, चारआली जंगलको २० किमी र घेराबारीको १० किमी जंगल क्षेत्रमा विद्युतीय तारबार निर्माण गरिने भएको छ । 

यहाँ शुक्रबार आयोजित पत्रकार भेटघाटमा काँग्रेसका नेता सांसद सिटौलाले झापाको हात्ती समस्या समाधानका लागि आएको बजेटको सदुपयोग गर्न आग्रह गरे । उनले बजेटबाट जैविक मार्ग निर्माण तथा पर्यापर्यटन र कृषि पर्यटनको अभिवृद्धि गर्न मद्दत पुग्ने बताए । 

नेता सिटौलाले हात्तीपीडितले पाउने क्षतिपूर्ति झन्झटिलो भएकाले छिटो र छोटो प्रक्रियाबाट व्यवस्था गर्न आग्रह गरे । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सर्वदलीय बैठकले गर्‍यो १० बुँदे साझा संकल्प प्रधानमन्त्री शाह नुवाकोट पुगे नारायणी नदीबाट बाढीमा बगेका ६७ शव संकलन, खोजी तथा पहिचान कार्य जारी विपत्तिमा सबै शक्ति परिचालन गर्नुपर्छ : गगन थापा उद्धार र राहतपछि पुनरुत्थान हुँदै पुनर्निर्माणमा अघि बढ्नुपर्छ : अर्थमन्त्री वाग्ले राष्ट्रिय संकटमा एकजुट हुन प्रचण्डको आग्रह, खोजी–उद्धार र राहतमा साझा कार्ययोजना बनाउन जोड  सुनचाँदीको मुल्य घट्यो रसुवा बाढी : मृत्यु संख्या १७५ पुग्यो, २८ देशका ४७६ जना अझै बेपत्ता रास्वपा संसदीय दलको आकस्मिक बैठक बस्दै नेप्से परिसूचक ३५.९२ अंकले घट्यो जुनसुकै चुनौती सामाना गर्न सक्ने राष्ट्रिय सामर्थ्य हामीसँग छ: रवि लामिछाने भोटेकोशी–त्रिशूली बाढीको ठूलो क्षतिः १९ पुलमा क्षति, ४० किलोमिटर सडक भत्कियो भोटेकोशी बाढीबाट ३८४ पर्यटक सम्पर्कविहीन कोशी नदी खतरा तहमा, सुनसरी–सप्तरीमा सतर्कता अपनाउन आग्रह मन्त्रिपरिषद् बैठकका १० निर्णय सार्वजनिक रसुवा, नुवाकोट र धादिङ तीन महिना संकटग्रस्त क्षेत्र घोषणा प्रतिनिधि सभाको बैठक शुरू भोटेकोशी बाढीको त्रासः नुवाकोट र धादिङमा ७ शव फेला, खोजी तथा उद्धार जारी रसुवा हुँदै आएको बाढीले धादिङको सदरमुकाम जाने फुर्केखोलाको पुल बगायो प्रधानमन्त्री शाहले बोलाए मन्त्रिपरिषद्को बैठक