2026-09-08 05:11 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुगु - MG

नगरपालिकाका २ वडामा मात्र सचिव, १२ वडा सचिव विहिन

नन्द बहादुर रोकाया/भदौ १०, मुगु । छायाँनाथ रारा नगरपालिका भित्र रहेका २ वडाहरुमा सचिव भएका र १२ वडामा सचिव  नहुदाँ दैनिक कार्य सम्पादनमा समस्या भएको छ । 

मुगु जिल्लाका चारवटा स्थानीय निकाय मध्ये सदरमुकाम रहेको छायानाथ रारा नगरपालिकाका वडा कार्यालयहरुमा कर्मचारी नहुँदा दैनिक कार्य सम्पादन तथा सेवा प्रवाहमा समस्या भएको हो । 

नगरपालिकाका १४ वटा वडा मध्ये दुई वटा वडामा मात्र सचिव रहेका र बाँकि वडाहरुमा वडा  सचिव सहित अन्य कर्मचारीको अभाव रहेको छायानाथ रारा नगरपालिकाले जनाएको छ । 

स्थानीय निकायको निर्वाचन पछि स्थानीयवासीलाई सेवा प्रवाह गर्न साविकका श्रीनगर, कार्कीवाडा, पिना, रोवा र रुगा गाविसमा रहेका गाविस भवनहरुमा संयुक्त रुपमा कार्यालयहरु स्थापना गरि काम पनि थालि सकिएको छायानाथ रारा नगरपालिकाका मेयर हरिजंग शाहीले जानकारी दिए । 

सरकारले स्थानीय निकायलाई धेरै अधिकार दिए पनि कर्मचारी भर्ना कार्य रोकेकाले करार कर्मचारीहरुबाट सेवा दिनु परेको नगरपालिकाको भनाई छ । सरकारले कर्मचारी समायोजन गर्ने कार्य भई नसकेको, कर्मचारी समायोजन विधेयक पनि पारित नभएकाले वडा कार्यालय र नगरपालिकामा जति कर्मचारी हुनु पर्ने भए पनि कर्मचारी अभावका कारण केहि समस्या परेको नगर पालिकाको मेयर शाहीको भनाई छ । 

१४ वटा वडाका लागि १४ जना सचिव, १४ जना लेखापाल र १४ जना कार्यालय सहयोगी  मध्य दुई वडामा मात्र दुई जना सचिव कार्यरत छन भने  नगरपालिका कार्यालयमा कार्यकारी अधिकृत बाहेक सवै पद रिक्त रहेको नगरपालीकाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
शंकास्पद गतिविधिमा संलग्न रहेको आरोपमा ठमेलबाट १० बङ्गलादेशी पक्राउ हामी राजनीति सिकाउन आएको, सिक्न आएको होइन : गृहमन्त्री गुरुङ जेनजी आन्दोलनलाई अपमान गर्नु ३ करोड नेपालीको अपमान हो : गृहमन्त्री गुरुङ भोटेकोशी बाढीमा १ हजार ३५७ शव फेला, ५ हजार ३२६ अझै सम्पर्कविहीन भदौ २३ र २४ गते जे भयो, त्यो अब कहिल्यै नदोहोरियोस् : रवि लामिछाने बाढी प्रभावित क्षेत्र नुवाकोटमा हैजाविरुद्धको खोप आज ‘जेनजी’ सहिद दिवस, देशभर सार्वजनिक बिदा जेन–जी आन्दोलनका दोषीलाई उन्मुक्ति नदिन सरकारसँग आङदेम्बेको आग्रह हङङकले नेपाललाई दियो २६२ रनको चुनौतीपूर्ण लक्ष्य सुनचाँदीको मूल्य बढ्यो, सुन प्रतितोला ३ लाख ५ हजार ४ सय रुपैयाँ भोटेकोशी बाढीपीडितका लागि राष्ट्र बैंकले दियो १ करोड ३८ लाख रकम कांग्रेसले बोलायो केन्द्रीय निर्वाचन समितिको बैठक बाढीपीडितको मानव अधिकार संरक्षण गर्न सरकारलाई राष्ट्रिय मानव अधिकार आयोगको आग्रह मृतकको पहिचान सावधानी र संवेदनशीलताका साथ गरिनुपर्छ : राष्ट्रपति पौडेल भोटेकोशी बाढीपीडितका लागि कांग्रेसले प्रधानमन्त्री राहत कोषमा १ करोड दियो म्याग्दीमा ७२ वर्षीया वृद्धाको हत्या, नाति पक्राउ ‘ग्रीन आर्मी’खारेज गर्न सरकारसँग नेकपाको माग एक जना पनि पीडितले सरकार पाइनँ भन्ने अवस्था आउनुहुँदैन : सभामुख अर्याल राष्ट्रपति पौडेलले आज दिउँसो ३ः३० बजे राष्ट्रका नाममा सम्बोधन गर्ने विपत्तिका बेला विद्युत् संरचनाका तार चोरी हुनु दुःखद र गम्भीर विषय हो : ऊर्जामन्त्री श्रेष्ठ