जनज्योति क्यापसका विद्यार्थीद्वारा वृद्ध आश्रममा फलफुल वितरण

Posted on: 26 Aug, 2017


भास्कर केसी/भदौ १०, कञ्चनपुर । सुदुरपश्चिमीहरुको महान चार्ड गौरा पर्वको पहिलो दिन विरुडा पंचमिको उपलक्ष्यमा जनज्योति बहुमुखि क्याम्सका शिक्षक र विद्यार्थीहरुले वैजनाथ धाममा रहेको वृद्ध आश्रममा शनिबार फलफुल वितरण गरेको छ ।

जनज्योति बहुमुखि क्याम्पस अन्तर्गत रहेको आइ.ए. प्रथम र द्वितिय वर्षका विद्यार्थीहरुको पहलमा क्याम्पसका सहायक क्याम्पस प्रमुख विरेन्द्र सिहं सउद र पुर्व क्याम्पस प्रमुख मिनप्रसाद दवाडीले विद्यार्थीहरुको उपस्थितीमा वैजनाथ धाम वृद्धाआश्रममा चावल १ किवन्टल र फलफुल वृद्ध आश्रमका संयोजक रम्भा देवी विष्टलाई हस्तान्तरण गरेका थिए । 


सो हस्तान्तरण कार्यक्रममा क्याम्पसका सहायक क्याम्पस प्रमुख साउदले समाजका अग्रज अनुभवका खानी आमा बुवालाई यसरी वृद्धआश्रममा देख्दा धेरै दुखी तुल्याएको जुन उमेरमा मायाको खाँचो छ ।  

त्यही बेला यसरी घरबाट टाढा बस्नु पर्ने र संसारमा विश्वकै धनी मानिस पनि सुखि छैनन्, सन्तान भएका पनि सबै खुशी छैनन् र आफुहरुलाई पनि छोरा छोरी सरहनै मान्नु पर्ने समय समयमा वृद्ध आमा बुवालाई सहयोग गर्ने साथै सानो सहयोग गर्न पाएकोमा आफुलाई खुशिलागेको बताउनु भयो । 



तिज र आज बाट शुरुभएको सुदूरपश्चिमको महान पर्व गौराको उपलक्ष्यमा उक्त क्याम्पसका विद्यार्थीहरुले नाच गान गरी केही बेर वृद्ध आश्रमका आमा बुवालाई खुशी बनाएका थिए ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!