९ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अछाम - ACM

सप्ताह ब्यापी स्वच्छ तथा स्वस्थ मासु अभियान कार्यक्रम सञ्चालन

१६ चैत्र २०७२, मंगलवार १६:३५

चैत १६, अछाम । पशुपंक्षी विकास मन्त्रालयले बधशाला देखी भान्सा सम्म स्वस्थ र स्वच्छ मासु भन्ने मुल नाराका साथ सप्ताह ब्यापी स्वच्छ तथा स्वस्थ मासु अभियान कार्यक्रम सञ्चालन गरेको छ । मन्त्रालयको निर्देशनमा देशब्यापी रुपमा अभियान सञ्चालन गरिएको हो ।

अभियानको अवसरमा जिल्ला पशुसेवा कार्यालय अछामले पनि बिभिन्न गतिविधिहरुलाई अगाडि बढाएको छ । स्वस्थ र स्वच्छ मासु खाँन पाँउनुपर्ने नागरीकको अधिकारलाई मध्यनजर गर्दै जिल्ला पशुसेवा कार्यालय अछामको अगुवाईमा पनि बधशाला र फ्रेस हाउसहरुको अनुगमन निरिक्षण कार्य गरिने भएको छ । सप्ताह अन्र्तगत १४ गतेवाट सुरु भई १५, १६ र १७ गते बधशाला, बधस्थल तथा मासु पसल अनुगमन, सचेतना कार्यक्रम, स्वस्थ र स्वच्छ मासुबारे सचेतनामुलक प्रचारप्रसार लगायतका कार्यक्रम गरिने कार्यतालिका रहेको छ ।

यस्तै अभियानका क्रममा १८ र १९ गते अन्र्तक्रिया कार्यक्रम गर्ने र २० गते अन्र्तक्रिया सहित कार्यक्रमको समापन गरिने जिल्ला पशुसेवा कार्यालयका निमित्त प्रमुख डा बिपी खनालले बताँउनुभयो । यो अभियानको बिचमा सदरमुकाम मंगलसेन, ब्यापारीक केन्द्र साँफेबगर र जयगढ लगायतका क्षेत्रमा अनुगमन गरिने खनालको भनाई छ । अनुगमनका क्रममा मापदण्डअनुसार मासु पसल एवम बधशाला सञ्चालन नभएको पाईएमा कारबाहि समेत हुने जनाईएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पाँच उम्मेदवारविरुद्ध उजुरी दर्ता अमेरिकाले फेरि ८० जना नेपाली नागरिकलाई डिपोर्ट गर्‍यो बसको ठक्करबाट एकजना वृद्धा महिलाको मृत्यु निर्वाचनलाई देखाएर विकास निर्माणका काममा ढिला सुस्ती नगर्न निर्देशन: मुख्यमन्त्री कँडेल केन्द्रीय सुरक्षा समितिको बैठक : सुरक्षा व्यवस्था थप सुदृढ बनाउन निर्देशन नेप्से परिसूचक ९.४३ अंकले घट्यो सार्वजनिक क्षेत्रभित्र धूम्रपान गर्नेलाई कारबाही गर्न महानगर प्रहरीलाई निर्देशन स्याङ्जामा २ पदका लागि २८ जना चुनावी मैदानमा निर्वाचन आयोगमा ‘कल सेन्टर’ सञ्चालन चितवनमा स्वतन्त्र १६ सहित ६५ जनाको उम्मेदवारी सार्वजनिक सम्पत्ति आगजनी तथा तोडफोड गर्नेहरूलाई कडा कारबाही गर्नुपर्छ : केपी शर्मा ओली जनताले देश बनाउनेलाई मत दिन्छन् : महासचिव पोखरेल सुनको मूल्य आज १० हजार ४०० रुपैयाँले बढ्यो सर्वोच्चले गगन थापाविरुद्ध अन्तरिम आदेश जारी गर्न अस्वीकार गरे रवि लामिछानेले वारेसमार्फत गराए उम्मेदवारी दर्ता ऋषि धमलाले रौतहट–४ बाट उम्मेदवारी दर्ता गराए नेप्से परिसूचक ४२.२६ अंकले बढ्यो हाजिरी जमानीमा छुटे दुर्गा प्रसाईं केपी ओलीले गराए उमेदवारी दर्ता बालेन शाहले गराए उम्मेदवारी दर्ता