2026-10-07 12:53 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

साढे तीन करोडका माछाका भुरा बिक्री

काठमाडौँ । मत्स्य विकास केन्द्र भण्डाराले यस आर्थिक वर्षमा रु तीन करोड ६३ लाख १८ हजार माछाका भुरा बिक्री गरेको छ । चालु आर्थिक वर्षमा रु छ करोड ५३ लाख माछाका भुरा बिक्री गर्ने लक्ष्य राखिएको भए पनि हालसम्म लक्ष्यअनुसार माछाका भुरा बिक्री हुन नसकेको हो ।

केन्द्रका प्रमुख माधवप्रसाद दाहालका अनुसार अहिलेसम्म ह्याचलिङ गरिएका (सातदिने) भुरा रु तीन करोड ११ लाख, एक महिनासम्मका (फ्राई साइज) का ४७ लाख ५० हजार, पाँचदेखि आठ ग्रामका (फिङ्गलिङ्क) दुई लाख १५ हजार र पाङ्गास दुई लाख ५३ हजार ४०७ गोटा बिक्री गरिएको छ । खाने माछा १७ क्विन्टल ९८ किलो बिक्री गरिएको छ । अहिलेसम्म रु २८ लाख ५० हजारको माछाका भुरा बिक्री गरिएको उहाँले बताउनुभयो ।

केन्द्रले यस आर्थिक वर्षमा ह्याचलिङ गरिएका (सात दिने) भुरा छ करोड, एक महिनासम्मका (फ्राई साइज) का ५० लाख, पाँचदेखि आठ ग्रामका (फिङ्गलिङ्क) पाँच लाख र पाङ्गास एक लाख गोटा बिक्री गर्ने लक्ष्य राखिएको छ । खाने माछा एक टन बिक्री गर्ने लक्ष्य राखिएको दाहालले बताउनुभयो ।

केन्द्रले चितवनसहित २५ जिल्लामा माछाका भुरा पु¥याउँदै आएको छ । उहाँले भन्नुभयो, “जिल्लामा निजी क्षेत्रबाट माछाका भुरा बिक्री वितरण हुँदै आएको छ, त्यस कारण भुरा लैजान आउनेको सङ्ख्यामा कमी आएको छ ।” बारा र पर्साबाट आउनुपर्ने माछापालक किसान अहिले सोचेअनुसार नआएको उहाँले बताउनुभयो । चितवनमा मात्रै १० देखि १२ वटा निजी क्षेत्रले माछाका भुरा उत्पादन गरेर बिक्री वितरण गर्ने गरेको उहाँले जानकारी दिनुभयो ।

निजी क्षेत्रभन्दा सस्तोमा भुरा पाउने भएकाले चितवनसहित नवलपरासी (बर्दघाट–सुस्ता पूर्व), नवलपरासी (बर्दघाट–सुस्ता पश्चिम), बारा, पर्सा, रौतहट, गोरखा, लमजुङ्, तनहुँ, कास्की, कपिलवस्तुदेखि माछाका भुरा लिन यहाँ आउने गरेको उहाँले बताउनुभयो । अझै एक महिनाभन्दा बढी समय रहेकाले भुरा माछा लक्ष्यअनुसारको बिक्री हुने उहाँले अनुमान गर्नुभयो ।

केन्द्रले १५ हेक्टर जलाशयमा माछाका भुरा र खान योग्य माछा उत्पादन गरेर बिक्री गर्दै आएको छ । यहाँ विगहेडकार्प, कमनकार्प, भाकुर (कत्ले), रघु, नैनि, सिल्भर कार्प, ग्रासकार्पका भूरा उत्पादन गरिन्छ । माछाका भुरा वर्षभरि नै बिक्री वितरण गरिने गरेको दाहालले बताउनुभयो । उहाँले भन्नुभयो, “हामीले माछाका भुरा लिन आउनेलाई वर्षभरि नै बिक्री वितरण गर्ने गरेका छौँ ।” विसं २०२६ मा खाने माछा बिक्री वितरण गर्ने योजनाका साथ स्थापना गरिएको केन्द्रले विसं २०६४ बाट भुरा माछा पनि मागअनुसार बिक्री वितरण गर्न थालेको हो ।
–––

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रास्वपाको ‘हामी आउँदैछौं’ अभियान धादिङबेसीबाट सुरु पशुपतिनाथ मन्दिरभित्र प्रवेश गरेको आरोपमा दम्पती पक्राउ सुनचाँदीको मूल्य बढ्यो बडादशैँको टीकाको उत्तम साइत कात्तिक ४ गते बिहान १०ः२६ बजे कांग्रेस महाधिवेशनको बन्द सत्रमा आज चारवटै प्रतिवेदन पारित गरिँदै कांग्रेस सभापतिमा श्यामकृष्ण खड्गीको उम्मेदवारी दर्ता रमेश धमलाले दिए कांग्रेस सहमहामन्त्रीमा उम्मेदवारी कांग्रेस महाधिवेशन : गगन थापाले सभापतिमा उम्मेदवारी दर्ता गराए तातोपानी र रसुवागढी नाका खुलाउन चीनसँग संवाद भइरहेको छ : मन्त्री लम्साल जलवायु सङ्कटलाई संसद्को नियमित एजेन्डा बनाउन सभामुख अर्यालको आग्रह दुर्गा प्रसाईंलाई धरौटीमा रिहा गर्न अदालतको आदेश दशैं नजिकिँदै गर्दा मौसममा बदली, आज–भोलि वर्षासँगै चट्याङ र असिनाको सम्भावना कांग्रेस महाधिवेशन : विश्वप्रकाश शर्माले वरिष्ठ उपसभापतिमा उम्मेदवारी दिए विपद्मा बेपत्ता भएकाको मृत्यु घोषणा र दर्तासम्बन्धी कानुन छिट्टै संशोधन गर्छौं : मन्त्री गौतम कांग्रेस महामन्त्रीमा प्रदीप पाैडेलले गरे उम्मेदवारी दर्ता कांग्रेसमा उम्मेदवारी दर्ताको समय थपियो, अब साँझ ६ बजेसम्म गृहमन्त्री गुरुङ असोज २६ गते भारत जाँदै ग्यासको खुद्रा बिक्री रोक्न आयल निगमलाई बिक्रेता महासंघको आग्रह कुलमान घिसिङको दाबी : आगामी प्रदेशसभा निर्वाचनपछि बागमतीमा उज्यालो नेपालको सरकार बन्छ विश्वप्रकाश शर्माले भने– ‘ढुक्क हुनुहोस्, यसपालि प्यानल बन्दैन’