११ माघ २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

रोल्पा - RLP

निःशुल्क कानूनी सेवा लिन आएनन् महिला

११ भाद्र २०७४, आईतवार ०७:२३

भदौ ११, रोल्पा। सरकारले निमुखा, गरिब महिलाको लागि निःशुल्क कानूनी सेवा लिन सकिने व्यवस्था गरेको भए पनि यहाँ भने सो सेवा लिने महिलाको संख्या निकै कम देखिएको छ । 

गत आवमा दर्ता भएका २२७ सम्बन्धविच्छेदका मुद्दामध्ये कानूनी सेवा लिएर दर्ता भएका मुद्दा सात मात्र रहेको बताइएको छ । अघिल्लो आवमा १० जनाले सो सेवा लिएकामा गत आवमा भने घटेको देखिएको छ । सेवाग्राहीमा निःशुल्क कानूनी सेवाबारे जानकारीको अभाव भएका कारण संख्या न्यून भएको हुन सक्ने जिल्ला न्यायधिवक्ता सीताराम अर्यालले जानकारी दिनुभयो । 

झन्झटिलो प्रक्रियाका कारण फैसला हुन लामो समय लाग्ने भएका कारण पनि महिलाहरु थाहा भएर पनि सेवा लिन इच्छुक नभएको हुन सक्ने महिला तथा बालबालिका कार्यालयका महिला विकास निरीक्षक सुशीला पन्तले बताउनुभयो । 

पारालिगल कमिटी, गाविस, महिला तथा बालबालिका कार्याल सरकारी वकिल हुँदै लेखापढीका लागि कानून व्यवसायीसम्म आउनुपर्ने लामो र झण्झटिलो प्रक्रिया रहेका कारण पनि सेवाप्रति आकर्षण नभएको हुन सक्ने अधिवक्ता जीतविक्रम मल्लले बताउनुभयो । 

प्रक्रिया झण्झटिलो हुनाका साथै बजेटसमेत सीमित भएका कारण चाहेर पनि सबै पीडितले सेवा लिन नसकिरहेको महिला मानवअधिकार रक्षक सञ्जाल रोल्पाका अध्यक्ष तीर्था आचार्यले बताउनुभयो । सेवाको प्रभावकारिता र आकर्षणका लागि सचेतीकरण तथा प्रचारप्रसारको जरुरी रहेको आचार्यको भनाइ छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह आजदेखि देशभर मौसम फेरबदल कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्दै सुन मुल्य तोलाको ३ लाख नाघ्यो