2026-10-02 09:26 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कोशी प्रदेश

पुख्र्यौली पेसा जोगाउँदै युवा पुस्ता

काठमाडौँ । सहरीकरण, वैदेशिक रोजगारी र अध्ययनको सिलसिलामा गाउँ छोड्ने प्रवृत्ति तीव्र बनेका कारण गाउँका पुख्र्यौली पेसा सङ्कटमा पर्न थालेका छन् । युवा गाउँ छाडेपछि परम्परागत पेसा क्रमशः ओझेलमा पर्दै गएको छन्  । तर, ताप्लेजुङको सिदिङवा गाउँपालिकाका केही युवा भने आफ्नो पुख्र्यौली पेसा जोगाउने प्रयासमा लागिरहेका छन् ।
सिदिङवा गाउँपालिका–१ कालिखोलाका ३४ वर्षीय भीम भण्डारी यस्तै उदाहरण हुनुहुन्छ । उहाँका बाजे–बुबाले लामो समयदेखि गाई, भैँसी र चौँरी याक पालन गर्दै आउनुभएको थियो । भण्डारीले अहिले त्यसैलाई आधुनिक रूपमा विस्तार गर्दै आफ्नो पुख्र्यौली पेसालाई पुनर्जीवन दिनुभएको छ । हाल उहाँ तिम्बुङ पोखरी आसपासका हिमाली क्षेत्रका फेदीमा चौँरी गोठसँगै जीवन बिताइरहनुभएको छ । कहिले हिमाल चढ्दै त कहिले बादलसँग लुकामारी खेल्दै उहाँ १०० भन्दा बढी चौँरीसहित परम्परागत गोठाली जीवन जिउँदै आउनुभएको छ ।
सोही गाउँका २७ वर्षीय भरत बानियाँ पनि यस्तै उदाहरण हुनुहुन्छ । उहाँका साथीहरू प्रायः वैदेशिक रोजगारी वा अध्ययनको सिलसिलामा गाउँबाट बाहिरिएका छन् । तर, उहाँले भने गाउँमै बसेर पुख्र्यौली चौँरी गोठालो पेसा सम्हाल्ने निर्णय गर्नुभएको छ । कहिले तिम्बुङ पोखरी त कहिले फालेलुङ डाँडातिर चौँरी लिएर हिँड्ने बानियाँ अब आफ्नै जीवनशैलीमा रमाउन थाल्नुभएको छ ।
हालै गाउँपालिकाले आयोजना गरेको प्रथम सिदिङवा धाम पर्यटन महोत्सवमा भण्डारी र बानियाँले आफ्ना चौँरी थाम डाँडामा प्रदर्शनमा राखेको थियो । चौँरी गोठप्रति युवाहरूको चासो घट्दै गएकाले यसको महत्त्व बुझाउने उद्देश्यले उहाँहरूले महोत्सवमा सहभागिता जनाउनुभएको थियो ।
पछिल्लो समयमा चौँरी गोठ क्रमिक घट्दै गएसँगै चौँरी गोठसँग पर्यटन क्षेत्र जोड्नुपर्ने पर्यटन व्यवसायी अमिर राईको भनाइ छ । पर्यटकहरु गोठस्टेमा बस्न रुचाउने, चौँरी याकहरुसँग भिडियो बनाउने, तस्बिर लिन मन पराउने भएकाले पर्यटनसँग गोठ जोडनुपर्ने राईको भनाइ रहेको छ ।
आर्थिक पक्षमा भने चौँरीपालन सहज छैन । विगतमा चीनतर्फ निर्यात हुने याक तथा चौँरीको बजार अहिले खुम्चिएको छ । लामो समयदेखि सीमावर्ती नाका नखुलेपछि किसानहरूले पालिएका याक बिक्री गर्न नसकेको र आर्थिक रूपमा सङ्कट बेहोर्नुपरेको उहाँहरूको गुनासो छ ।
पहाडी तथा हिमाली भेगमा चौँरी गोठालो संस्कृति मात्र नभएर जीवन निर्वाहको माध्यमसमेत हो । भण्डारी र बानियाँजस्ता युवाको प्रयासले यो परम्परा जोगिनसक्ने आशा देखिएको छ । यस्ता पहललाई राज्य र स्थानीय तहले प्रोत्साहन गर्न सके पुख्र्यौली पेसा संरक्षणको अभियान थप सशक्त बन्न सक्नेछ ।
–––

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
गगन थापा सर्वसम्मत सभापति बन्न सक्छन् : देवराज चालिसे दुर्गा प्रसाईंलाई थप एक दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले अनुमति राष्ट्रियसभाका दुई रिक्त पद छिटै पूर्ति गरिने काठमाडौँमा १० दिन विद्युत् कटौती, यी क्षेत्रमा प्रभावित हुनेछ सेवा आर्थिक क्षेत्रका तीन विधेयक दफावार छलफलका लागि समितिमा पठाइयो हिम्लुङ हिमपहिरोमा थप चार शव फेला, मृत्यु हुनेको संख्या ११ पुग्यो थापाथलीमा मोटरसाइकल र स्कुटर ठोक्किँदा एक जनाको मृत्यु, तीन घाइते बहुविवाह र विदेशी पीआर लिने व्यक्ति निजामती सेवामा प्रवेश गर्न नपाउने रोनाल्डोले पोर्चुगलको राष्ट्रिय टोलीको क्याम्प छाडे जबराको गिरफ्तारीबारे सरकारलाई सदनमा जवाफदेही बनाउन झाँक्रीको माग सरकारको ६ महिने कार्यकाल उत्साहजनक भएन : आङ्देम्बे प्रधानमन्त्री शाहसँग अष्ट्रेलियाका राजदूत अर्न्स्टको शिष्टाचार भेटवार्ता शिक्षा नेपालमा, रोजगारी विदेशमा हुने अवस्था अन्त्य गर्नुपर्छ : सांसद न्यौपाने फ्लाईदुबई घटनामा क्याप्टेन मच्छरको साहसको ट्रम्पद्वारा प्रशंसा फ्लाईदुबई विमानमा ककपिटमै हमला, १०० भन्दा बढी यात्रुको ज्यान जोगियो शुक्रबारदेखि संघीय संसद्को अधिवेशन अन्त्य हुने केएलसिसि टावरमा सुरक्षा दिने श्रमिकहरुको गुनाशो- ‘दुतावास आए तर मालिकका मान्छेसंगै आए’ प्रधानमन्त्री शाहको कार्यशैलीप्रति एमाले सांसद पोखरेलको प्रश्न कांग्रेस वडा अधिवेशनमा सक्रिय सहभागी हुन देउवाको अपिल भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या १,४५५ पुग्यो, ४,७१८ बेपत्ता