भदौ ११,पोखरा। जिल्ला प्रहरी कार्यालय कास्कीले दुई हप्ताको अवधिमा अवैध जुवा खेलिरहेको अवस्थामा विभिन्न एघार स्थानबाट १३ जना महिलासहित ८२ जनालाई पक्राउ गरेको छ ।&n"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... भदौ ११,पोखरा। जिल्ला प्रहरी कार्यालय कास्कीले दुई हप्ताको अवधिमा अवैध जुवा खेलिरहेको अवस्थामा विभिन्न एघार स्थानबाट १३ जना महिलासहित ८२ जनालाई पक्राउ गरेको छ ।&n"/>
२०८२, २६ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कास्की - KSK

जुवा खेल्ने ८२ जनाबाट २० लाख बरामद

२०७४, ११ भाद्र आईतवार १२:०३

भदौ ११,पोखरा। जिल्ला प्रहरी कार्यालय कास्कीले दुई हप्ताको अवधिमा अवैध जुवा खेलिरहेको अवस्थामा विभिन्न एघार स्थानबाट १३ जना महिलासहित ८२ जनालाई पक्राउ गरेको छ । 

जिप्रकामा आज आयोजित पत्रकार सम्मेलनमा दिइएको जानकारीअनुसार पोखराको रत्नचोक, महेन्द्रपुल, फूलबारी, शिवचोक, चाउथेचोक, विरौटा, शीतलादेवी, घलेचोक, कालीगण्डकीचोक, भद्रकाली र बेगनासबाट जुवाडे पक्राउ गरिएको हो । 

जिप्रका कास्कीका प्रमुख प्रहरी उपरीक्षक अशोक सिंहले पक्राउ परेकाको साथबाट रु २० लाख ४२ हजार ८१० बरामद गर्नुको साथै उनीहरुविरुद्ध जुवा ऐन अन्तर्गत मुद्दा दायर गरिएको जानकारी दिनुभयो । 

पोखरा लेखनाथ महानगरपालिका–१४ चाउथेबाट शनिबार फेनरागन ७० थान, डाइजापाम ७० थान र बुफ्रिनर्पिmन ७० थान लागुऔषधसहित सोही स्थानका कृष्णबहादुर विक, दिलीप तामाङ र सुनिल विकलाई पक्राउ गरी आवश्यक कारबाही शुरु गरिएको पनि उहाँले जानकारी दिनुभयो । 

उहाँले जिप्रकाबाट अघि सारिएका अपराध नियन्त्रण तथा रोकथाम, अवैध लागुऔषध कारोबार रोकथाम तथा नियन्त्रण, चोरी, तस्करी, कालोबजारी तथा अवैध मदिरा नियन्त्रण, प्रविधिमैत्री प्रहरी सेवा, सुरक्षित एवं अपराधमुक्त जिल्लाको निर्माण जस्ता विभिन्न १५ वटा कार्ययोजनाको पनि सार्वजनिक गर्नुभयो । रासस (फाइल फोटो)


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सरकारले बढाएको गाडी भाडा विद्युतीय सवारीसाधनको हकमा लागू नहुने विद्यार्थीबाट गैरकानूनी रुपमा संकलन गरिएको शुल्क फिर्ता गर्न निर्देशन नयाँ सरकार हुनु भनेको निरन्तरताबाट विच्छेद हुनु होइन: प्रधानमन्त्री वालेन्द्र शाह प्रधानमन्त्री शाहसँग नेपालस्थित विभिन्न देशका राजदूत तथा कूटनीतिक नियोग प्रमुखहरूबीच सामूहिक भेट कारागारमा झडप हुँदा पाँच कैदीबन्दी घाइते शुक्रबारसम्मका लागि प्रतिनिधिसभा बैठक स्थगित राजनीतिको परिभाषा परिवर्तन भएको छ: सांसद जगदीश खरेल सार्वजनिक यातायातको भाडा बढ्यो प्रतिनिधिसभाको बैठकमा सवारी दुर्घटनामा तीन विद्यार्थीको निधनप्रति ध्यानाकर्षण आज र भोलि देशका विभिन्न ठाउँमा हावाहुरी, असिनासहित पानी पर्ने, सावधानी अपनाउन अनुरोध प्रतिनिधिसभाको बैठक सुरु शेरबहादुर देउवा र आरजु राणा देउवा विरुद्ध पक्राउ पुर्जी जारी सेयर कारोबार अब सोमबारदेखि शुक्रबारसम्म नदीमा नुहाउने क्रममा डुबेर एक युवकको मृत्यु राष्ट्रिय सभाका समितिका सभापतिहरूले लिए शपथ प्रतिनिधिसभा सञ्चालन नियमावली मस्यौदा समितिको बैठक जारी सुनचाँदी मूल्य बढ्यो, तोलाको कति ? ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु पाँच वर्षभित्र हरेक क्षेत्रमा सुधार हुन्छ : मन्त्री पोखरेल राष्ट्रिय सभाका नवनियुक्त उपाध्यक्ष भण्डारीद्वारा पदभार ग्रहण