2026-09-11 08:14 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

‘जैविक विविधताको संरक्षण र पर्यावरण सन्तुलनमा सहयोग र सहकार्य आवश्यक’

काठमाडौँ । सुदूरपश्चिम प्रदेशस्थित पहाडी जिल्ला र सीमावर्ती भारतीय क्षेत्रको जैविक विविधता संरक्षणसहित वनस्पति तथा वन्यजन्तुको अवैध चोरी निकासी नियन्त्रणका लागि सम्बद्ध क्षेत्रका अधिकारीहरूले प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।
अपि नाम्पा संरक्षण क्षेत्र कार्यालय, दार्चुलाको आयोजना तथा राष्ट्रिय प्रकृति संरक्षण कोष र शुक्लाफाँटा संरक्षण कार्यक्रमको सहयोगमा सम्पन्न दुई पक्षीय बैठकमा वन तथा वन्यजन्तु संरक्षण र सम्बद्र्धनका लागि सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गरिएको हो ।
बैठकमा पशुपक्षी तथा वन्यजन्तुको संरक्षण, सीमा क्षेत्रमा हुने काठ तथा जडिबुटी तस्करी न्यूनीकरण एवम् नियन्त्रणका लागि नवीन सूचना प्रणालीको सदुपयोग गर्दै दुई देशबीच समन्वयात्मक ढङ्गबाट सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गरिएको हो ।
यसैगरी जैविक विविधता संरक्षणका क्षेत्रमा दुई देशबीच सूचना आदानप्रदान गर्ने, चारी निकासी तथा बनस्पति तथा बन्यजन्तुको अवैध ओसारपसारमा संलग्न पक्षको पहिचान र नियन्त्रणका लागि स्थानीयस्तरमै संयन्त्र निर्माण गर्ने, अग्रपङ्तिमा खटिने वनसम्बद्ध जनशक्तिलाका लागि आवश्यक तालिमको व्यवस्था गर्ने विषयमा बैठकमा छलफल भएको थियो ।
सो अवसरमा भारतको उत्तराखण्ड प्रदेशअन्तर्गत पिथौरागढ डिभिजन वन कार्यालयका प्रमुख आशुतोष सिहंले वन्यजन्तु संरक्षण, व्यवस्थापन तथा सीमावर्ती समस्यामा आधारित कार्यपत्र प्रस्तुत गर्दै दुई देशबीचको सहकार्यले मात्र जैविकविविधताको संरक्षण र पर्यावरण सन्तुलन हुने यथार्थलाई दृष्टिगत गरी आवश्यक संयन्त्रसहित सहयोग र सहकार्यमा जोड दिनुभयो ।
अपि नम्पा संरक्षण क्षेत्र कार्यालयका वार्डेन विनयकुमार झाले अवैध चोरीनिकासी, बनस्पति तथा बन्यजन्तुको अत्यधिक दोहन, चरिचरनको अवस्था, दाउराघाँस उपयोग र जलवायु परिवर्तनका कारण जैविक विविधतामा प्रत्यक्ष असर पर्नसक्ने भएकाले सहयोग र सहकार्यलाई प्राथमिकता दिनुपर्ने धारणा व्यक्त गर्नुभयो ।
बैठकमा डिभिजन वन कार्यालय डडेल्धुरा, बैतडी, दार्चुला तथा अपि नम्पा संरक्षण क्षेत्रअन्तर्गत टिङ्कर, ब्यास, छाङ्गरुङ, गुञ्जी खोला, दुम्लिङलगायत क्षेत्रको जैविक विविधताको अवस्था, वन तथा वनस्पतिको संरक्षणका क्षेत्रमा भइरहेका गतिविधिका बारेमा छलफल भएको थियो ।
–––

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
प्रधानमन्त्री शाहले राष्ट्रसङ्घीय महासभालाई असोज ८ गते सम्बोधन गर्ने अब विदेश भ्रमणको विवरण नागरिक एपबाटै प्राप्त गर्न सकिने चिलिमे टनेलमा उद्धार टोली प्रवेशको तयारी अर्थसचिवले राष्ट्र बैंकमा अनावश्यक हस्तक्षेप गर्ने भन्ने हुँदैन : अर्थमन्त्री वाग्ले निजी क्षेत्रलाई तर्साउने काम बन्द गर्नुहोस् : वर्षमान पुन साताको अन्तिम कारोबार दिन नेप्सेमा उछाल, २७.९४ अंकले बढ्यो बाढीपीडितलाई तत्काल सुरक्षित र अस्थायी पुनर्स्थापना गर्न सांसद केसीको माग आईजीपी कार्कीलाई बर्खास्त गर्न सांसद सुनारको माग बाढी प्रभावित बालबालिका अन्यत्र लैजाँदा अनिवार्य सिफारिस लिन मन्त्री बादीको आग्रह के यो देशमा सरकारभन्दा ठुलो माफिया नै हो त ? : आशिका तामाङ असोज १५ सम्म संसदको कार्यतालिका परिमार्जनसहित स्वीकृत भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या १,३८५ पुग्यो, ५,१३० अझै सम्पर्कविहीन प्रधानमन्त्री शाहसँग शीर्ष उद्योगीको छलफल सरकारले उद्योग चलाउने होइन, निजी क्षेत्रलाई जिम्मा दिने हो : अर्थमन्त्री वाग्ले अहिलेको प्रधानमन्त्रीलाई निजी क्षेत्र हेर्नै मन पर्दैन : गगनकुमार थापा एमाले पुनर्गठन कार्यदल बैठक बस्दै कांग्रेस महाधिवेशन तोकिएकै मितिमा हुन्छ, एक घण्टा पनि सर्दैन : गगन थापा प्रधानमन्त्री शाह र न्युजील्याण्डका प्रधानमन्त्रीबीच टेलिफोन वार्ता सुनचाँदीको मुल्य घट्यो राष्ट्रपतिसमक्ष लोक सेवा आयोगको वार्षिक प्रतिवेदन पेस