पढ्न करिब 1 मिनेट लाग्छ

इन्द्र बुढाथोकी/भदौ ११, सल्यान । सल्यान पश्चिम क्षेत्रको बन्गाड कुपिण्डे नगरपालीका वडा ४ च्युरा नीवासि झक्कु विष्टको १३ वर्षिया छोरी दुर्पती विष्टको सर्पको टोकाईबाट आज ज्यान गएको छ ।

श्री त्रिभुवन जनता माद्यामिक विद्यालय शंखपिपल च्युरा सल्यानमा कक्षा ८ मा अध्यायनरत बालीकाको उपचारका क्रममा सुर्खेत मेहलकुना अस्पतालमा मृत्यु भएको छ ।

मृर्तकका बाबु झक्कु विष्टका अनुसार नजिकै अस्पताल नहुदाँ र सुर्खेत मेहलकुना अस्पतालमा भर्ना हुदाँ हुदै छोरीको ज्यान गएको वताएको छ । आज दिउसो १ वजेको समयमा बारीमा घाँस काट्ने गएको वखत उनलाई सर्पले टोकेको थियो ।

नजिकै अस्पातलहरुमा सर्प दम्सको औषधी नपाईदा सुर्खेत,नेपालगञ्ज लिनु पर्ने बाध्यता रहेको छ । नजिक अस्पताल भए पनि सर्प दम्सको औषधी अभावमा यहाँका नागरिक अकालमा ज्यान गुमाउनु परेको छ ।

बन्गाड कुपिण्डे क्षेत्रकानागरिकले वर्षेनी सर्प दम्सको टोकाईबाट उपचार अभावमा ज्यान गुमाउनु परेको छ । गत वर्ष मात्रै यस क्षेत्रमा सर्प दम्सकाकारण ४ जनाले ज्यान गुमाएका थिए । सर्प दम्सका दर्जन वढि विरामी उपचार पछि निको भएका थिए ।