२०८२, १९ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अछाम - ACM

बैशाख १० गते हुने तेस्रो जिल्ला प्रतिनीधी परिषद बैठकको तयारी तीब्र

२०७३, ६ बैशाख सोमबार ०२:१४

कमल रावल/बैशाख ६, अछाम । नेकपा एमाले अछामले यही बैशाख १० गते हुने तेस्रो जिल्ला प्रतिनीधी परिषद बैठकको तयारी तीब्र पारेको छ ।

पूर्ब प्रधानमन्त्री माधव कुमार नेपाल र पार्टीका उपाध्यक्ष भिम रावलको बिशेष उपस्थीतिमा हुने परिषद बैठकको तयारी तिब्र पारिएको हो । परिषद बैठक बारे जानकारी दिन एमालेले आज मंगलसेनमा गरेको पत्रकार भेटघाट कार्यक्रममा त्यसबारे जानकारी गराएको छ ।

परीषद बैठकमा जनबर्गीय संगठनका प्रमुख, नगर कमिटीका पदाधीकारी, नगरका वडा अध्यक्षहरु, गाँउ कमिटीका अध्यक्षहरु, इलाका कमिटीका पदाधीकारी, क्षेत्रिय कमिटीका सबै पदाधीकारी, जिल्ला सल्लाहकार समिति र जिल्ला कमिटीका पनि सबै पदाधीकारीहरुको उपस्थीति रहने भएको छ ।

परिषदमा पार्टीको सांगठनीक अवस्था बारे छलफल गर्नुका साथै आगामी आर्थीक बर्षमा गर्ने कार्ययोजना तयार पारेर कार्यक्रता तहको सुझाब पनि संकलन गरिने छ । जसबाट पार्टी लाई अझ शसक्त बनाउन मद्दत पुग्ने बिश्वास गरिएको छ ।

परिषदको तयारी स्वरुप एमालेले वडा, नगर हुदै गाँउ तथा इलाका र क्षेत्रिय कमिटीहरुलाई पनि भब्य रुपमा तयारी थाल्न निर्देशन दिइसकेको छ । जस अनुसार मंगलसेन नगर कमिटीले बैठकको अयोजना गरी बिभीन्न जिम्मेवारी बाडफाड गर्दै तयारी सुरु गरेको छ । नगर कमिटीले बिभीन्न उप समिति नै गठन गरी जिम्मेवारी बाडफाड गरेको हो ।

सो दिन नगरका वडा नम्बर १, २,६, ७, ५, ८, ९ , १०, ११ बाट नाराजुलुस सहित र्याली निकालीदैछ भने वडा नम्बर ३ र ४ ले भब्य रुपमा बाजागाजा सहित जुलुस निकाल्ने तयारी गरेका छन । पत्रकार सम्मलेनमा परीषद बारे प्रचार प्रसारका लागि पनि तीब्र रुपमा समन्वय भैरहेको जानकारी गराइएको थियो ।

नेकपा एमालेका जिल्ला अध्यक्ष शेर बहादुर कुँवरको बिशेष उपस्थीतिमा भएको पत्रकार भेटघाटमा सचिब यज्ञ बोगटी र नेता कृष्णप्रसाद जैसीको उपस्थीति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रियसभा उपाध्यक्ष पदको निर्वाचन २३ चैतमा हुने रास्वपाबाट सभामुखको लागि डीपी अर्याललाई प्रस्ताव गर्ने निर्णय सदनमा मेरो भूमिका पक्ष विपक्ष भन्दा पनि निष्पक्ष हुनेछ: महावीर पुन प्रतिनिधि सभामा तीन अध्यादेश पेश संसदकाे दाेस्राे बैठक २२ चैत्रमा बस्ने जनताको मतबाट आएको यो सरकार जनताको हितमा समर्पित होस्: ज्ञानेन्द्र शाही एमसीसी खारेज गर्नुपर्छ: हर्क साम्पाङ देश जलाउने खलपात्रलाई नायक बनाइयो : सांसद थापा सिंहदरबार चलाउन होइन, बदल्न आएका हौं: रवि लामिछाने पूर्वयुवराज पारस शाह अस्पताल भर्ना प्रतिनिधि सभा बैठक सुरु हुने बित्तिकै एमाले माग्यो समय,ओली र लेखकलाई तुरुन्त रिहा गर्न माग सरकारले राजस्व चुहावट नियन्त्रणलाई अभियानको रुपमा सञ्चालन गर्ने २७ दिनपछि इनिसाको शव बुझ्दै आफन्त काठमाडौँ महानगरपालिकाले वैशाख १ गतेदेखि रात्रिकालीन बस सेवा सञ्चालन गर्ने यात्रुलाई तानातान गरेको आरोपमा ४८ जना पक्राउ रवि लामिछानेले प्रतिनिधि सभा बैठकमा सम्बोधन गर्ने सुनचाँदीको मूल्य घट्यो यस वर्ष एसईईमा ५ लाख १२ हजार बढी विद्यार्थी सहभागी हुँदै दीपक खड्का र रेखा शर्मालाई रिहा गर्न अस्वीकार वीर अस्पतालमा कडाइ, ढिलो आउनेको आधा दिनमात्र हाजिरी