2026-10-07 11:35 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

अमेरिकामा रहेका मधेसी समुदायले ‘मधेस पार्क’ बनाउने

काठमाडौँ । अमेरिकामा रहेका मधेसी समुदायले मधेस पार्क बनाउन पहल सुरु गरेका छन् । मधेसी एशोसियन इन अमेरिकाको पहलमा मधेस पार्क निर्माण गर्न अभियान सुरु गरिएको हो ।
मधेसी एशोसियन इन अमेरिकाको भर्जिनियामा सम्पन्न चौथो महाधिवेशनमा पूर्वउपप्रधानमन्त्री तथा राष्ट्रिय मुक्ति पार्टीका अध्यक्ष राजेन्द्र महतोले मधेस पार्कको योजनाको उद्घाटन गर्नुभएको छ ।
अमेरिकामा मधेसी समुदायको बसोबास बाक्लिँदै गएकाले मधेसी समुदायको पहिचान जोगाउन मधेस पार्क निर्माण गर्ने योजना बनाएको संस्थाका अध्यक्ष डा सङ्गीत रौनियारले बताउनुभयो ।
मधेस पार्क मधेसी समुदायको बसोबास, स्थानको सम्भावना र उपलब्धता, आर्थिक स्रोतका आधारमा कुन राज्यमा निर्माण गर्ने भनेर निर्णय गरिनेछ । अध्यक्ष रौनियारमा अनुसार मधेस पार्क मधेसी समुदायको सहभागिता र सहयोगमा निर्माण गरिनेछ ।
पार्कमा प्रवेश गर्ने जोकोहीले आफूलाई मधेस प्रदेशमा भएको अनुभूति गर्नेछन् । मधेस पार्क परिसरमा निर्माण गरिने भवनमा मधेसी कला संस्कृति, वेषभूषा, इतिहास झल्किने सामग्री तथा चित्र राखिने कार्य योजनामा उल्लेख गरिएको छ ।
—

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बडादशैँको टीकाको उत्तम साइत कात्तिक ४ गते बिहान १०ः२६ बजे कांग्रेस महाधिवेशनको बन्द सत्रमा आज चारवटै प्रतिवेदन पारित गरिँदै कांग्रेस सभापतिमा श्यामकृष्ण खड्गीको उम्मेदवारी दर्ता रमेश धमलाले दिए कांग्रेस सहमहामन्त्रीमा उम्मेदवारी कांग्रेस महाधिवेशन : गगन थापाले सभापतिमा उम्मेदवारी दर्ता गराए तातोपानी र रसुवागढी नाका खुलाउन चीनसँग संवाद भइरहेको छ : मन्त्री लम्साल जलवायु सङ्कटलाई संसद्को नियमित एजेन्डा बनाउन सभामुख अर्यालको आग्रह दुर्गा प्रसाईंलाई धरौटीमा रिहा गर्न अदालतको आदेश दशैं नजिकिँदै गर्दा मौसममा बदली, आज–भोलि वर्षासँगै चट्याङ र असिनाको सम्भावना कांग्रेस महाधिवेशन : विश्वप्रकाश शर्माले वरिष्ठ उपसभापतिमा उम्मेदवारी दिए विपद्मा बेपत्ता भएकाको मृत्यु घोषणा र दर्तासम्बन्धी कानुन छिट्टै संशोधन गर्छौं : मन्त्री गौतम कांग्रेस महामन्त्रीमा प्रदीप पाैडेलले गरे उम्मेदवारी दर्ता कांग्रेसमा उम्मेदवारी दर्ताको समय थपियो, अब साँझ ६ बजेसम्म गृहमन्त्री गुरुङ असोज २६ गते भारत जाँदै ग्यासको खुद्रा बिक्री रोक्न आयल निगमलाई बिक्रेता महासंघको आग्रह कुलमान घिसिङको दाबी : आगामी प्रदेशसभा निर्वाचनपछि बागमतीमा उज्यालो नेपालको सरकार बन्छ विश्वप्रकाश शर्माले भने– ‘ढुक्क हुनुहोस्, यसपालि प्यानल बन्दैन’ दशैं–तिहारका लागि असोज २३ गतेदेखि अग्रिम टिकट बुकिङ खुल्ने कांग्रेस महाधिवेशनको तेस्रो दिन बन्द सत्र जारी, चार प्रतिवेदन पारित हुन बाँकी राज्यको संवेदनशील सूचना कसैको निजी सम्पत्ति होइन, सार्वजनिक जिम्मेवारी हो : गृहमन्त्री गुरुङ