२०८२, १९ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अछाम - ACM

मेल्लेखमा कांग्रेसको शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न

२०७३, ६ बैशाख सोमबार ०२:१५

कमल रावल/बैशाख ६, अछाम । नेपाली काँग्रेस क्षेत्रीय कार्यसमिति क्षेत्र नंम्बर १ को आयोजनामा नयाँ बर्ष २०७३ को ईलाका स्तरीय शुभकामना आदानप्रदान कार्यक्रम ईलाका नम्बर ४ को मेल्लेखमा सम्पन्न भएको छ ।

क्षेत्रीय सभापति लक्ष्मण खड्काको सभापतित्वमा भएको कार्यक्रममा जिल्ला पार्टी सभापति भरतकुमार स्वार प्रमुख अथिती रहनु भएको थियो । प्रमुख अथिती स्वारले आफनो पार्टीले जिल्लामा हुने भ्रष्टाचार, अनियमितताका बिरुद्ध जहिले आवाज उठाई रहने बताउनु भएको थियो । यस्ता कार्यमा आफना मातहातका कार्यकर्तालाई नलाग्न समेत निर्देशन दिनु भएको थियो ।

पुर्ब सांसद एँव राजदूत बलबहादुर कुँवर विशिष्ट अथिती रहनु भएको कार्यक्रममा महासमिति सदस्य राजन कुवर, अनुराधा स्वार, नेता टीकाराम खनाल, महाधिवेशन प्रतिनिधि टक्कर ताम्राकार, नेपाली काँग्रेस जिल्ला कोषाध्यक्ष झंकर साउद, जिल्ला सदस्य धनबहादुर शाह, केशबहादुर बटाला, सुरत कुवर, मोति भुल, ललित कुवर, नेपाल तरुण दलका केन्द्रीय पार्षद राजेन्द्र कुवर, ईलाका नं. ४ अन्तरगतका गाउँ सभापति रेबन्त अधिकारी, गम्भीर बोहरा, महेश ठकुल्ला, दान बहादुर वुढा, तिलक धामी, पदम खड्का, कासिराम रोकाया, शिक्षक रुद्र अधिकारि, राधिका अधिकारी, जमुना खड्का, दलित संघका सचिब देबेन्द्र बि.क., गोपि अधिकारि लगायतले शुभकामना मन्तव्य राख्नु भएको थियो ।

क्षेत्रीय सदस्य नरबहादुर साँउदको स्वागत मन्तव्य बाट सुरु भएको कार्यक्रमको सञ्चालन सचिब रेबन्त ठकुल्लाले गर्नु भएको थियो । यस्तै नेपाली कांग्रेस घोडासैन गाउँ कार्य समितीको पहिलो बैठक सम्पन्न भएको छ । गाउँ कार्य समितीका सभापती गोविन्द बहादुर विष्टको अध्यक्षतामा भएको बैठकले गाविसका सबै वडामा वडा कार्य समिती गठन गर्ने लगाएतका निर्णय गरेको छ ।

भने नयाँ वर्ष २०७३ सालको अवसरमा सम्पूर्ण देश बासीमा सुख शान्ती समृद्धीका लागी हार्दिक मंगलमय शुभकामना व्यक्त गरिएको छ । बैठकमा पूर्व क्षेत्रिय सदस्य लाल बहादुर भण्डारी, मोहन सिंह देउवा, पूर्व गाउँ कार्य समिती सभापती बम बहादुर भण्डारी, तरुण दलका क्षेत्रिय अध्यक्ष कमल भण्डारी, वसन्ती विष्ट लगाएतको सहभागीता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रियसभा उपाध्यक्ष पदको निर्वाचन २३ चैतमा हुने रास्वपाबाट सभामुखको लागि डीपी अर्याललाई प्रस्ताव गर्ने निर्णय सदनमा मेरो भूमिका पक्ष विपक्ष भन्दा पनि निष्पक्ष हुनेछ: महावीर पुन प्रतिनिधि सभामा तीन अध्यादेश पेश संसदकाे दाेस्राे बैठक २२ चैत्रमा बस्ने जनताको मतबाट आएको यो सरकार जनताको हितमा समर्पित होस्: ज्ञानेन्द्र शाही एमसीसी खारेज गर्नुपर्छ: हर्क साम्पाङ देश जलाउने खलपात्रलाई नायक बनाइयो : सांसद थापा सिंहदरबार चलाउन होइन, बदल्न आएका हौं: रवि लामिछाने पूर्वयुवराज पारस शाह अस्पताल भर्ना प्रतिनिधि सभा बैठक सुरु हुने बित्तिकै एमाले माग्यो समय,ओली र लेखकलाई तुरुन्त रिहा गर्न माग सरकारले राजस्व चुहावट नियन्त्रणलाई अभियानको रुपमा सञ्चालन गर्ने २७ दिनपछि इनिसाको शव बुझ्दै आफन्त काठमाडौँ महानगरपालिकाले वैशाख १ गतेदेखि रात्रिकालीन बस सेवा सञ्चालन गर्ने यात्रुलाई तानातान गरेको आरोपमा ४८ जना पक्राउ रवि लामिछानेले प्रतिनिधि सभा बैठकमा सम्बोधन गर्ने सुनचाँदीको मूल्य घट्यो यस वर्ष एसईईमा ५ लाख १२ हजार बढी विद्यार्थी सहभागी हुँदै दीपक खड्का र रेखा शर्मालाई रिहा गर्न अस्वीकार वीर अस्पतालमा कडाइ, ढिलो आउनेको आधा दिनमात्र हाजिरी