२७ पुष २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अछाम - ACM

मेल्लेखमा कांग्रेसको शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न

६ बैशाख २०७३, सोमबार ०२:१५

कमल रावल/बैशाख ६, अछाम । नेपाली काँग्रेस क्षेत्रीय कार्यसमिति क्षेत्र नंम्बर १ को आयोजनामा नयाँ बर्ष २०७३ को ईलाका स्तरीय शुभकामना आदानप्रदान कार्यक्रम ईलाका नम्बर ४ को मेल्लेखमा सम्पन्न भएको छ ।

क्षेत्रीय सभापति लक्ष्मण खड्काको सभापतित्वमा भएको कार्यक्रममा जिल्ला पार्टी सभापति भरतकुमार स्वार प्रमुख अथिती रहनु भएको थियो । प्रमुख अथिती स्वारले आफनो पार्टीले जिल्लामा हुने भ्रष्टाचार, अनियमितताका बिरुद्ध जहिले आवाज उठाई रहने बताउनु भएको थियो । यस्ता कार्यमा आफना मातहातका कार्यकर्तालाई नलाग्न समेत निर्देशन दिनु भएको थियो ।

पुर्ब सांसद एँव राजदूत बलबहादुर कुँवर विशिष्ट अथिती रहनु भएको कार्यक्रममा महासमिति सदस्य राजन कुवर, अनुराधा स्वार, नेता टीकाराम खनाल, महाधिवेशन प्रतिनिधि टक्कर ताम्राकार, नेपाली काँग्रेस जिल्ला कोषाध्यक्ष झंकर साउद, जिल्ला सदस्य धनबहादुर शाह, केशबहादुर बटाला, सुरत कुवर, मोति भुल, ललित कुवर, नेपाल तरुण दलका केन्द्रीय पार्षद राजेन्द्र कुवर, ईलाका नं. ४ अन्तरगतका गाउँ सभापति रेबन्त अधिकारी, गम्भीर बोहरा, महेश ठकुल्ला, दान बहादुर वुढा, तिलक धामी, पदम खड्का, कासिराम रोकाया, शिक्षक रुद्र अधिकारि, राधिका अधिकारी, जमुना खड्का, दलित संघका सचिब देबेन्द्र बि.क., गोपि अधिकारि लगायतले शुभकामना मन्तव्य राख्नु भएको थियो ।

क्षेत्रीय सदस्य नरबहादुर साँउदको स्वागत मन्तव्य बाट सुरु भएको कार्यक्रमको सञ्चालन सचिब रेबन्त ठकुल्लाले गर्नु भएको थियो । यस्तै नेपाली कांग्रेस घोडासैन गाउँ कार्य समितीको पहिलो बैठक सम्पन्न भएको छ । गाउँ कार्य समितीका सभापती गोविन्द बहादुर विष्टको अध्यक्षतामा भएको बैठकले गाविसका सबै वडामा वडा कार्य समिती गठन गर्ने लगाएतका निर्णय गरेको छ ।

भने नयाँ वर्ष २०७३ सालको अवसरमा सम्पूर्ण देश बासीमा सुख शान्ती समृद्धीका लागी हार्दिक मंगलमय शुभकामना व्यक्त गरिएको छ । बैठकमा पूर्व क्षेत्रिय सदस्य लाल बहादुर भण्डारी, मोहन सिंह देउवा, पूर्व गाउँ कार्य समिती सभापती बम बहादुर भण्डारी, तरुण दलका क्षेत्रिय अध्यक्ष कमल भण्डारी, वसन्ती विष्ट लगाएतको सहभागीता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
निर्वाचनका लागि कर्णालीमा नौ हजार सात सयभन्दा बढी ‘म्यादी’ प्रहरीको माग आयल निगम प्रतिस्पर्धी बन्नुपर्नेमा मन्त्री सिन्हाको जोड निर्वाचनमैत्री वातावरण बनाउनमा अध्यक्ष ओलीको जोड ‘बालेन-रवि सहयात्राले निर्वाचन सुनिश्चित भएको छ’ ग्रिनल्याण्डसँग अमेरिकाले ‘सजिलो’ वा ‘कडा’ तरिका प्रयोग गर्नेछ : राष्ट्रपति ट्रम्प कठिन परिस्थितिमा पनि प्रहरी सुरक्षामा प्रतिबद्ध छः प्रहरी महानिरीक्षक कार्की चार खानी मजदुरको निस्सासिएर मृत्यु एमालेको दोस्रो केन्द्रीय कमिटी बैठक सुरु निर्वाचन सुरक्षामा कुनै ‘कम्प्रोमाइज’ हुँदैन, ढुक्क भएर निर्वाचनमा भाग लिनुहोस्ः सशस्त्र प्रहरी प्रवक्ता थापा इयू र भारत व्यापार सम्झौताको नजिक विशेष महाधिवेशन पक्षधरको आजको कार्यक्रम स्थगन नेपाल पत्रकार महासङ्घका पूर्वसभापति दाहालको निधन कम्पनीको कागजात दुरूपयोग गर्ने उप्रेती पक्राउ यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर निर्वाचनमा सामाजिक सञ्जालबाट प्रवाह हुनसक्ने नकारात्मक सन्देशलाई रोकिने बारुदी सुरुङ तथा विस्फोटक पदार्थका विषयमा सरोकारवालासँग छलफल प्रधानमन्त्रीसँग निर्वाचन आयुक्तहरूको भेट : निर्वाचन आचारसंहिता माघ ३ गतेदेखि लागू हुने भेनेजुएलाका विपक्षी नेता मचाडोसँग आगामी हप्ता भेट्ने ट्रम्पको घोषणा कांग्रेसका झण्डाले सिँगारिए उपत्यकाका सडक दुबई उडेका युवक चार महिनापछि दिल्लीमा फेला