२०८२, २९ फाल्गुन शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अछाम - ACM

पाठ्यपुस्तक वितरण कार्य अछाम जिल्लामा पनि सुरु

२०७३, ६ बैशाख सोमबार ०२:१६

कमल रावल/बैशाख ६, अछाम । सरकारले आइतबारदेखि सुरु गरेको पाठ्यपुस्तक वितरण कार्य अछाम जिल्लामा पनि सुरु भएको छ ।

जिल्लामा जिल्ला शिक्षा कार्यालयको शिक्षा समितीको निर्णय अनुसार जिल्लाका सबै विद्यालयमा विदार्थिको हात हातमा पुस्तक पुरयाउने उद्देश्यले अभियान सुरु गरिएको जिल्ला शिक्षा कार्यालय अछामले जनाएको छ ।

यो अभियानलाई सफल पार्नका लागि जिल्लाका पेशागत संगठनका प्रमुख, जिल्ला शिक्षा कार्यालयका सबै कर्मचारी, स्रोतब्यक्ति, प्रधानाध्यापकले आफनो आफनो कार्य क्षेत्रका विद्यालयमा पुगि विद्यँर्थिको हातमा पुस्तक वितरण गरेका छ ।

यता ठुलासैनमा रहेको मालिका प्राविमा हामि सबैको ईच्छा, सर्व सुलभ विद्यालय शिक्षा नाराका साथ नेपाल शिक्षक संघ अछामका अध्यक्ष पदमराज अधिकारीले विद्यार्थिलाई पुस्तक वितरण गर्दै अभिायनको थालनि गरेका छन ।

विद्यालय ब्यावस्थापन समिती अध्यक्ष तोरण प्रसाद भण्डारीको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अथिती अधिकारीले सबैले उमेर पुगेका वालवालिकालाई विद्यालय पठाउनु पर्ने बताएका थिए । अभिभावकले वेला वेलामा विद्यालयका् अबस्था र शिक्षण अवस्था बारे चासो दिनु पर्ने बताउनु भयो । आगामि दिनमा राम्रो शिक्षाका लागि आफुले सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाएका थिए ।

कार्यक्रममा कक्षा १ मा नयाँ भर्ना भएका विद्यार्थिलाई किताब, कापि र पेन्सिल वितरण गरिएको विद्यालयका निमित्त प्रधानाध्यापक टेकराज भण्डारीले बताउनु भयो । उता शिवनिवास प्रावि तिखाडाका नेपाल राष्टिय शिक्षक संगठन जिल्ला समिती अछामका अध्यक्ष नर बहादुर रावलले विद्यँलर्थिलाई पाठयपुस्तक वितरण गर्नु भएको छ ।

वितरण कार्यक्रममा बोल्दै प्रमुख अथिती रावलले बैशाख ५ गते देखि १५ गते सम्म सुरु भएको पुस्तक वितरण र भर्ना अभियान सफल पार्न सबैले सहयोग गर्नु पर्ने बताउनु भयो । उमेर पुगेका सबै वालवालिकालाई विद्यालय भर्ना गराउन समेत उहाँले आग्रह गर्नु भएको थियो ।

पाठयपुस्तक वितरण कार्यक्रममा जिल्ला शिक्षा कार्यालयका प्रास तुलसि शाह, विद्यालयका प्रधानाध्यापक झकर बहादुर बिष्टले पनि विद्यार्थिलाई पाठयपुस्तक वितरण गरेका थिए । उता यसोदा उच्च मावि नेटाकोटामा पनि पाठयपुस्तक वितरण कार्य र भर्ना अभियान सुरु भएको विद्यालय व्यावस्थापन समिती अध्यक्ष खड्क सिह रोकायाले बताएका छन ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
प्रतिनिधिसभा र राष्ट्रिय सभाका बैठक कक्षहरू तयार हुन अझै २ महिना लाग्ने ट्रक र कन्टेनर ठोक्किँदा कन्टेनर चालकको मृत्यु एमालेका अध्यक्ष केपी ओलीलाई पितृ शोक सुनचाँदीको मूल्य घट्यो खाना पकाउने ग्यास आधा सिलिन्डर मात्रै वितरण गर्ने महिलामाथि हुने अपराधका दोषीलाई कडाभन्दा कडा कारबाही गर्न राज्यले तदारुकता देखाउनुपर्छ: विद्यादेवी भण्डारी वैदेशिक रोजगारीका लागि विभिन्न देश पठाइदिने भन्दै ठगी गर्ने तीन जना पक्राउ नेकपा एमाले कास्की इन्चार्ज कृष्ण थापाको हृदयघातका कारण निधन रातो मछिन्द्रनाथको रथको पाङ्ग्रा बनाउने काम अन्तिम चरणमा नेपाललाई हिन्दूराष्ट्र बनाउने हो भने रास्वपालाई दुईतिहाइ पुर्‍याउन सहयोग गर्छौं: कमल थापा इनिसा विकको न्याय माग गर्दै माइतीघरमा प्रदर्शन मध्यपूर्व तनावका बीच कच्चा तेलको मूल्य प्रतिब्यारेल १०० डलर नाघ्यो इनिसा विक हत्या प्रकरणको थप अनुसन्धान अब सीआईबीले गर्ने खैरो हेरोइनसहित दुई युवक पक्राउ नाबालिकालाई बलात्कार गरेको आरोपमा दुई जना पक्राउ सोविता गौतमको चुनाव खर्च विवरण सार्वजनिक काठमाडौँमा खाना पकाउने ग्यास अभाव निर्वाचनमा हारपछि परिणाम स्वीकार्दै जनताको सेवामा निरन्तर रहने ओलीको प्रतिबद्धता सुन चाँदीको मूल्य घट्यो यूएईमा इरानको आक्रमणमा परेर हालसम्म १५ नेपाली घाइते