२७ पुष २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अछाम - ACM

पाठ्यपुस्तक वितरण कार्य अछाम जिल्लामा पनि सुरु

६ बैशाख २०७३, सोमबार ०२:१६

कमल रावल/बैशाख ६, अछाम । सरकारले आइतबारदेखि सुरु गरेको पाठ्यपुस्तक वितरण कार्य अछाम जिल्लामा पनि सुरु भएको छ ।

जिल्लामा जिल्ला शिक्षा कार्यालयको शिक्षा समितीको निर्णय अनुसार जिल्लाका सबै विद्यालयमा विदार्थिको हात हातमा पुस्तक पुरयाउने उद्देश्यले अभियान सुरु गरिएको जिल्ला शिक्षा कार्यालय अछामले जनाएको छ ।

यो अभियानलाई सफल पार्नका लागि जिल्लाका पेशागत संगठनका प्रमुख, जिल्ला शिक्षा कार्यालयका सबै कर्मचारी, स्रोतब्यक्ति, प्रधानाध्यापकले आफनो आफनो कार्य क्षेत्रका विद्यालयमा पुगि विद्यँर्थिको हातमा पुस्तक वितरण गरेका छ ।

यता ठुलासैनमा रहेको मालिका प्राविमा हामि सबैको ईच्छा, सर्व सुलभ विद्यालय शिक्षा नाराका साथ नेपाल शिक्षक संघ अछामका अध्यक्ष पदमराज अधिकारीले विद्यार्थिलाई पुस्तक वितरण गर्दै अभिायनको थालनि गरेका छन ।

विद्यालय ब्यावस्थापन समिती अध्यक्ष तोरण प्रसाद भण्डारीको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अथिती अधिकारीले सबैले उमेर पुगेका वालवालिकालाई विद्यालय पठाउनु पर्ने बताएका थिए । अभिभावकले वेला वेलामा विद्यालयका् अबस्था र शिक्षण अवस्था बारे चासो दिनु पर्ने बताउनु भयो । आगामि दिनमा राम्रो शिक्षाका लागि आफुले सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाएका थिए ।

कार्यक्रममा कक्षा १ मा नयाँ भर्ना भएका विद्यार्थिलाई किताब, कापि र पेन्सिल वितरण गरिएको विद्यालयका निमित्त प्रधानाध्यापक टेकराज भण्डारीले बताउनु भयो । उता शिवनिवास प्रावि तिखाडाका नेपाल राष्टिय शिक्षक संगठन जिल्ला समिती अछामका अध्यक्ष नर बहादुर रावलले विद्यँलर्थिलाई पाठयपुस्तक वितरण गर्नु भएको छ ।

वितरण कार्यक्रममा बोल्दै प्रमुख अथिती रावलले बैशाख ५ गते देखि १५ गते सम्म सुरु भएको पुस्तक वितरण र भर्ना अभियान सफल पार्न सबैले सहयोग गर्नु पर्ने बताउनु भयो । उमेर पुगेका सबै वालवालिकालाई विद्यालय भर्ना गराउन समेत उहाँले आग्रह गर्नु भएको थियो ।

पाठयपुस्तक वितरण कार्यक्रममा जिल्ला शिक्षा कार्यालयका प्रास तुलसि शाह, विद्यालयका प्रधानाध्यापक झकर बहादुर बिष्टले पनि विद्यार्थिलाई पाठयपुस्तक वितरण गरेका थिए । उता यसोदा उच्च मावि नेटाकोटामा पनि पाठयपुस्तक वितरण कार्य र भर्ना अभियान सुरु भएको विद्यालय व्यावस्थापन समिती अध्यक्ष खड्क सिह रोकायाले बताएका छन ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
निर्वाचनका लागि कर्णालीमा नौ हजार सात सयभन्दा बढी ‘म्यादी’ प्रहरीको माग आयल निगम प्रतिस्पर्धी बन्नुपर्नेमा मन्त्री सिन्हाको जोड निर्वाचनमैत्री वातावरण बनाउनमा अध्यक्ष ओलीको जोड ‘बालेन-रवि सहयात्राले निर्वाचन सुनिश्चित भएको छ’ ग्रिनल्याण्डसँग अमेरिकाले ‘सजिलो’ वा ‘कडा’ तरिका प्रयोग गर्नेछ : राष्ट्रपति ट्रम्प कठिन परिस्थितिमा पनि प्रहरी सुरक्षामा प्रतिबद्ध छः प्रहरी महानिरीक्षक कार्की चार खानी मजदुरको निस्सासिएर मृत्यु एमालेको दोस्रो केन्द्रीय कमिटी बैठक सुरु निर्वाचन सुरक्षामा कुनै ‘कम्प्रोमाइज’ हुँदैन, ढुक्क भएर निर्वाचनमा भाग लिनुहोस्ः सशस्त्र प्रहरी प्रवक्ता थापा इयू र भारत व्यापार सम्झौताको नजिक विशेष महाधिवेशन पक्षधरको आजको कार्यक्रम स्थगन नेपाल पत्रकार महासङ्घका पूर्वसभापति दाहालको निधन कम्पनीको कागजात दुरूपयोग गर्ने उप्रेती पक्राउ यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर निर्वाचनमा सामाजिक सञ्जालबाट प्रवाह हुनसक्ने नकारात्मक सन्देशलाई रोकिने बारुदी सुरुङ तथा विस्फोटक पदार्थका विषयमा सरोकारवालासँग छलफल प्रधानमन्त्रीसँग निर्वाचन आयुक्तहरूको भेट : निर्वाचन आचारसंहिता माघ ३ गतेदेखि लागू हुने भेनेजुएलाका विपक्षी नेता मचाडोसँग आगामी हप्ता भेट्ने ट्रम्पको घोषणा कांग्रेसका झण्डाले सिँगारिए उपत्यकाका सडक दुबई उडेका युवक चार महिनापछि दिल्लीमा फेला