2026-10-07 10:50 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मधेश प्रदेश

सचेतना प्रभावः घट्दै दुर्घटना र मानवीय क्षति

काठमाडौँ |महोत्तरीमा  निरन्तरको ट्राफिक सचेतना कार्यक्रमको महोत्तरीमा सकारात्मक प्रभाव देखिएको छ । सडक दुर्घटना न्यूनीकरण गर्न योजनाबद्ध सञ्चालन गरिएका सचेतना कार्यक्रमको सकारात्मक प्रभाव बढेको हो ।

पछिल्ला तीन वर्षको तुलना गर्दा क्रमशः सडक दुर्घटना र मानवीय क्षति कम हुँदै गएको जिल्ला ट्राफिक प्रहरी कार्यालयको घटना अभिलेखले देखाएको छ ।

“सडक सचेतनाका कार्यक्रमको सकारात्मक प्रभाव देखिएको छ, आर्थिक वर्ष २०७८/७९ यताका चालु आवसहित पछिल्ला दुई वर्षमा दुर्घटना र मानवीय क्षति घटेका छन्”, कार्यालय प्रमुख तथा प्रहरी निरीक्षक लक्ष्मीराज जोशी भन्नुहुन्छ, “आव २०७९/८० मा भएका ७४१ सडक दुर्घटनाको सङ्ख्या आव २०८०/८१ मा ५०४ मा झरेको छ ।”

यसैगरी आव २०७९/८० मा दुर्घटनामा घाइते हुनेको सङ्ख्या एक हजार १०७ रहेको र पछिल्लो आव २०८०/८१ मा यो सङ्ख्या घटेर ७७२ मा झरेको अभिलेखले देखाएको छ । मृतकको सङ्ख्या भने यी दुवै वर्षमा बराबरी ६८ देखिएको छ ।

यसैगरी जारी आर्थिक वर्ष २०८१/८२ का बितेका १० महिनामा सडक दुर्घटनाका सङ्ख्या केही बढेको देखिए पनि १०० को हाराहारीका सामान्य प्रकृतिका छन् । जारी आवको वैशाखसम्म सानाठूला गरी ५३४ घटना दर्ता रहेमध्ये १०० घटना कुनै क्षति नभएका सामान्य प्रकृतिका रहेका प्रनि जोशीले स्पष्ट पार्नुभयो । यस अवधिमा सडक दुर्घटनामा परी ३१ जनाको मृत्यु भएको छ भने ५६५ जना सामान्य घाइते भएका छन् ।

दिनदिनै सवारी साधन बढ्दै गएका बेला यसअघि बितेका वर्षहरुको तुलनामा यसअवधिको यो कम क्षति हो । ट्राफिक प्रहरीले पछिल्ला दुई वर्षयता सडक सुरक्षा सचेतनाका कार्यक्रमलाई बढाउँदै लगेको छ । यातायात व्यवसायी, चालक, यातायात मजदुर, सडकमा हिँड्ने सर्वसाधारण र विद्यालयका विद्यार्थीबीच चरणचरणमा सचेतना कार्यक्रम गरिएका कार्यालयले जनाएको छ । ट्राफिक प्रहरीले पछिल्लो पटक अहिले सचेतनाअन्र्तगत ‘सडक सुरक्षा सप्ताह’ कार्यक्रम मनाइरहेको छ ।

गत बिहीबार सुरु भएको यो कार्यक्रम विभिन्न रचनात्मक क्रियाकलाप गर्दै आउने बुधबार समापन गर्ने तालिका छ । पछिल्लो ‘सडक सुरक्षा सप्ताह’ का कार्यक्रम जिल्लाका बर्दिवास, जलेश्वर, गौशाला, रामगोपालपुर र सम्सीसहितका ठाउँमा एकपछि अर्को गरेर सम्पन्न गरिँदै छन् । कार्यक्रममा सबै तर्फबाट प्राप्त चासो र सहयोगले सचेतना कार्यक्रम बढाउन हौसला मिलेको प्रनि जोशीको भनाइ छ ।
–––

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेस सभापतिमा श्यामकृष्ण खड्गीको उम्मेदवारी दर्ता रमेश धमलाले दिए कांग्रेस सहमहामन्त्रीमा उम्मेदवारी कांग्रेस महाधिवेशन : गगन थापाले सभापतिमा उम्मेदवारी दर्ता गराए तातोपानी र रसुवागढी नाका खुलाउन चीनसँग संवाद भइरहेको छ : मन्त्री लम्साल जलवायु सङ्कटलाई संसद्को नियमित एजेन्डा बनाउन सभामुख अर्यालको आग्रह दुर्गा प्रसाईंलाई धरौटीमा रिहा गर्न अदालतको आदेश दशैं नजिकिँदै गर्दा मौसममा बदली, आज–भोलि वर्षासँगै चट्याङ र असिनाको सम्भावना कांग्रेस महाधिवेशन : विश्वप्रकाश शर्माले वरिष्ठ उपसभापतिमा उम्मेदवारी दिए विपद्मा बेपत्ता भएकाको मृत्यु घोषणा र दर्तासम्बन्धी कानुन छिट्टै संशोधन गर्छौं : मन्त्री गौतम कांग्रेस महामन्त्रीमा प्रदीप पाैडेलले गरे उम्मेदवारी दर्ता कांग्रेसमा उम्मेदवारी दर्ताको समय थपियो, अब साँझ ६ बजेसम्म गृहमन्त्री गुरुङ असोज २६ गते भारत जाँदै ग्यासको खुद्रा बिक्री रोक्न आयल निगमलाई बिक्रेता महासंघको आग्रह कुलमान घिसिङको दाबी : आगामी प्रदेशसभा निर्वाचनपछि बागमतीमा उज्यालो नेपालको सरकार बन्छ विश्वप्रकाश शर्माले भने– ‘ढुक्क हुनुहोस्, यसपालि प्यानल बन्दैन’ दशैं–तिहारका लागि असोज २३ गतेदेखि अग्रिम टिकट बुकिङ खुल्ने कांग्रेस महाधिवेशनको तेस्रो दिन बन्द सत्र जारी, चार प्रतिवेदन पारित हुन बाँकी राज्यको संवेदनशील सूचना कसैको निजी सम्पत्ति होइन, सार्वजनिक जिम्मेवारी हो : गृहमन्त्री गुरुङ कांग्रेसमा नयाँ नेतृत्व चयन प्रक्रिया सुरु, आजदेखि उम्मेदवारी दर्ता सुनको मूल्य स्थिर, चाँदीको मूल्य १५ रुपैयाँले घट्यो