पोखरा, १२ भदौ । एक कार्यक्रमका वक्ताहरूले मगर भाषा लोप हुन थालेकोमा चिन्ता व्यक्त गरेका छन् । मगर भाषा प्रतिष्ठान, कास्की शाखाको सातौं वार्षिकोत्सव तथा स्थापना दिवसका अवसरमा सोम"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... पोखरा, १२ भदौ । एक कार्यक्रमका वक्ताहरूले मगर भाषा लोप हुन थालेकोमा चिन्ता व्यक्त गरेका छन् । मगर भाषा प्रतिष्ठान, कास्की शाखाको सातौं वार्षिकोत्सव तथा स्थापना दिवसका अवसरमा सोम"/>
११ माघ २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कास्की - KSK

मगर भाषा लोप हुन थालेकोमा चिन्ता

१२ भाद्र २०७४, सोमबार १६:२७

पोखरा, १२ भदौ । एक कार्यक्रमका वक्ताहरूले मगर भाषा लोप हुन थालेकोमा चिन्ता व्यक्त गरेका छन् । मगर भाषा प्रतिष्ठान, कास्की शाखाको सातौं वार्षिकोत्सव तथा स्थापना दिवसका अवसरमा सोमबार पोखरामा आयोजित कार्यक्रममा बोल्ने वक्ताहरूले जनसंख्याको अनुपातमा मगर भाषाका वक्ता कम हुँदै जान थालेकोमा चिन्ता व्यक्त गरे ।

कार्यक्रममा बोल्दै नेपाल मगर संघ कास्कीका अध्यक्ष पूर्णबहादुर रानामगरले नेपालमा मगर जातिको जनसंख्या धेरै भएपनि मगर भाषाका वक्ताको संख्या क्रमशः घट्दै जान थालेकोप्रति चिन्ता व्यक्त गर्नुभयो । नेपालको संविधानले मातृभाषालाई संवैधानिक मान्यता दिएपनि कार्यान्वयनमा राज्यपक्ष उदासीन देखिएको भन्दै भाषिक अधिकारका लागि रगत समेत बगाउनु परेको स्मरण गर्नुभयो । मातृभाषाको संरक्षणका लागि गम्भीर भएर सोंच्ने बेला आएको उहाँको भनाइ थियो ।

कार्यक्रममा लोकोत्तर लोकवादी विचार अभियानका संयोजक धनप्रसाद तामाङ, नेपाल मगर महिला संघ कास्कीकी अध्यक्ष फूलकुमारी थापामगर, राष्ट्रिय मौलिक कौरा संरक्षण समिति, नेपालका अध्यक्ष हर्क आलेमगर, नेपाल मगर पत्रकार संघका कार्यवाहक अध्यक्ष एमबी आस्था मगरलगायतले मातृभाषाको संरक्षण र विकासका लागि राज्य पक्ष एवं सरोकारवाला जागरुक हुनुपर्ने आवश्यकता औंल्याउनुभएको थियो ।

मगर भाषा प्रतिष्ठान, कास्की शाखाका अध्यक्ष रूद्रबहादुर हितानमगरको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन सचिव रूद्रबहादुर श्रीसमगर र उपाध्यक्ष यामबहादुर थापामगरले स्वागत गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह आजदेखि देशभर मौसम फेरबदल कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्दै