2026-10-06 06:44 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

सोलुखुम्बुमा पनि स्वास्थ्य बीमा कार्यक्रम शुरु

भदौ १३,सोलुखुम्बु । सोलुखुम्बुमा पनि स्वास्थ्य बीमा कार्यक्रम शुरु भएको छ । 

गत आर्थिक वर्षदेखि नै सोलुखुम्बुमा स्वास्थ्य बीमा कार्यक्रम शुरु गर्ने सरकारको घोषणा रहेको भएपनि विविध कारणले ढिलाइ भएको र यस आवमा स्वास्थ्य बीमा शुरु गरिएको जिल्ला स्वास्थ्य कार्यालय सोलुखुम्बुका प्रमुख डा मिङमार ग्याल्जेन शेर्पाले जानकारी दिनुभयो । 

प्रमुख डा शेर्पाका अनुसार स्वास्थ्य बीमा कार्यक्रम शुरु गर्न सोमबार जिल्लाका ५२ वटै वडाका लागि सहयोगी कार्यकर्ता भर्ना गर्न दरखास्त आह्वान गरिएको छ । कर्मचारी छनोटपछि उनीहरुलाई तालिम दिएर कार्यक्षेत्रमा खटाइने जनाइएको छ । 

सरकारी स्वास्थ्य बीमाको सदस्यता लिएका परिवारका सदस्यले प्राथमिक स्वास्थ्य केन्द्रदेखि केन्द्रीय अस्पतालसम्म आवश्यक स्वास्थ्य सेवा लिन सक्ने डाक्टर शेर्पाले बताउनुभयो । 

बहिरंग विभागको सेवादेखि ६६ प्रकारका रोगको निःशुल्क उपचार वा शल्यक्रिया गरिने र अन्य आवश्यक स्वास्थ्य समस्याको पनि निःशुल्क उपचार हुने भएकाले कुनै पनि दुविधामा नपरी बीमा सदस्यता लिन कार्यालयले आग्रह गरेको छ । बीमा सदस्यता लिएको एक महिनापछि निःशुल्क उपचार सेवा लिन पाइनेछ । 

बीमा कार्यक्रममा दर्ता भइसकेका प्रतिपरिवार (पाँचजना) ले वार्षिक रु दुई हजार ५०० ‘प्रिमियम’ बुझाएपछि रु ५० हजारसम्मको उपचार पाउनेछन् । एउटा परिवारमा पाँचभन्दा बढी सदस्य रहे थप सदस्यले रु ४५० वार्षिक प्रिमियम बुझाएमा रु १० हजारको उपचार सेवा थप हुनेछ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेस सभापतिमा श्यामकृष्ण खड्गीको उम्मेदवारी दर्ता रमेश धमलाले दिए कांग्रेस सहमहामन्त्रीमा उम्मेदवारी कांग्रेस महाधिवेशन : गगन थापाले सभापतिमा उम्मेदवारी दर्ता गराए तातोपानी र रसुवागढी नाका खुलाउन चीनसँग संवाद भइरहेको छ : मन्त्री लम्साल जलवायु सङ्कटलाई संसद्को नियमित एजेन्डा बनाउन सभामुख अर्यालको आग्रह दुर्गा प्रसाईंलाई धरौटीमा रिहा गर्न अदालतको आदेश दशैं नजिकिँदै गर्दा मौसममा बदली, आज–भोलि वर्षासँगै चट्याङ र असिनाको सम्भावना कांग्रेस महाधिवेशन : विश्वप्रकाश शर्माले वरिष्ठ उपसभापतिमा उम्मेदवारी दिए विपद्मा बेपत्ता भएकाको मृत्यु घोषणा र दर्तासम्बन्धी कानुन छिट्टै संशोधन गर्छौं : मन्त्री गौतम कांग्रेस महामन्त्रीमा प्रदीप पाैडेलले गरे उम्मेदवारी दर्ता कांग्रेसमा उम्मेदवारी दर्ताको समय थपियो, अब साँझ ६ बजेसम्म गृहमन्त्री गुरुङ असोज २६ गते भारत जाँदै ग्यासको खुद्रा बिक्री रोक्न आयल निगमलाई बिक्रेता महासंघको आग्रह कुलमान घिसिङको दाबी : आगामी प्रदेशसभा निर्वाचनपछि बागमतीमा उज्यालो नेपालको सरकार बन्छ विश्वप्रकाश शर्माले भने– ‘ढुक्क हुनुहोस्, यसपालि प्यानल बन्दैन’ दशैं–तिहारका लागि असोज २३ गतेदेखि अग्रिम टिकट बुकिङ खुल्ने कांग्रेस महाधिवेशनको तेस्रो दिन बन्द सत्र जारी, चार प्रतिवेदन पारित हुन बाँकी राज्यको संवेदनशील सूचना कसैको निजी सम्पत्ति होइन, सार्वजनिक जिम्मेवारी हो : गृहमन्त्री गुरुङ कांग्रेसमा नयाँ नेतृत्व चयन प्रक्रिया सुरु, आजदेखि उम्मेदवारी दर्ता सुनको मूल्य स्थिर, चाँदीको मूल्य १५ रुपैयाँले घट्यो