८ असार २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

भीमदत्तद्वारा नदीजन्य पदार्थ उत्खनन प्रतिवन्ध

२७ जेष्ठ २०८२, सोमबार १२:१५

काठमाडौँ । भीमदत्त नगरपालिका क्षेत्रभित्रका खोला तथा नदी नालाबाट नदीजन्य पदार्थ सङ्कलन, उत्खनन बन्द गरिने भएको छ । जेठ मसान्तपछि नदीजन्य पदार्थ, सङ्कलन र उत्खननको कार्य बन्द गरिने भएको हो ।

नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत महेशबहादुर बमका अनुसार ढुङगा, बालुवा, गिटी, उत्खनन बिक्री तथा व्यवस्थापनसम्बन्धी मापदण्ड २०७७ (पहिलो संशोधन २०७९)दफा ४ उपदफा १६ बमोजिम प्रत्येक वर्षको असार १ गतेदेखि भदौ मसान्तसम्म नदीजन्य पदार्थको उत्खनन गर्न नपाइने व्यवस्था रहेको छ ।

“सोही कानुनी व्यवस्था अनुसार नदीजन्य पदार्थ सङ्कलन र उत्खननको कार्य बन्द गरिने भएको हो ” उहाँले भन्नुभयो, “उत्खनन कार्य बन्द रहेको अवस्थामा उत्खनन, सङ्कलनको कार्य गरेको पाइए प्रचलित कानुन अनुसार हदैसम्मको कारबाही हुने छ ।”
नगरपालिका क्षेत्रमा महाकाली नदी, चुरे क्षेत्रका खोलाबाट नदीजन्य पदार्थ सङकलन र उत्खननको कार्य हुने गर्दछ ।

लालझाडीमा ‘नागरिकसँग गाउँपालिका अध्यक्ष स्वास्थ्य विशेष कार्यक्रम’

लालझाडी गाउँपालिकामा ‘नागरिकसँग गाउँपालिका अध्यक्ष स्वास्थ्य विशेष कार्यक्रम’ सञ्चालन गरिएको छ । लक्षित वर्गलाई प्राथमिकतामा राखेर स्वास्थ्य उपचार सेवा सञ्चालन गरिएको हो ।

महिला, अपाङ्गता भएका व्यक्ति, स्वास्थ्यको पहुँचबाट बाहिर रहेका समुदाय, ज्येष्ठ नागरिकको स्वास्थ्य परीक्षण, उपचार र परामर्श सेवा उपलव्ध गराउने कार्यका लागि स्वास्थ्यकर्मीलाई खटाइएको छ ।

स्वास्थ्यकर्मीको टोलीले वडा वडामा घर दैलोमै पुगेर सेवा प्रदान गर्ने कार्य गरिरहेको गाउँपालिका अध्यक्ष निर्मल रानाले बताउनुभयो ।“नसर्ने रोग चुनौतीका रुपमा रहेका छन्” उहाँले भन्नुभयो, “समयमै पहिचान नहुँदा जटिलता पैदा गर्ने हुन्छन्, त्यसैले स्वास्थ्यकर्मीले ती रोगको पहिचान गरी उपचारका लागि परामर्श दिने छन् ।”

उच्च रक्तचाप, मधुमेह, क्यान्सर लगायतका रोगका रोगीको खोजपडताल गरी उपचार योजना बनाइ उपचारका लागि पहल गरिने गाउँपालिकाको स्वास्थ्य शाखा प्रमुख खगेन्द्र चौधरीले बताउनुभयो ।

कार्यक्रमबाट आर्थिक रुपमा विपन्न परिवार, ज्येष्ठ नागरिक, एकल महिला अपाङ्ता भएका व्यक्ति बढी लाभान्वित हुँदै आएकोे उहाँले बताउनुभयो । गाउँपालिकाले ‘नागरिकसँग गाउँपालिका अध्यक्ष स्वास्थ्य विशेष कार्यक्रम’ तीन वर्षदेखि निरन्तर रुपमा सञ्चालन गर्दै आएको छ ।
–––

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बजेट विनियोजनमा सांसदको असन्तुष्टि सामाजिक सञ्जालमार्फत महिलाको चरित्र हत्या गर्ने भारतीय नागरिक पक्राउ नेसपाको पार्टी पुनर्गठन : सचिवालय र केन्द्रीय समिति पुनर्संरचना प्रदेश प्रमुख समक्ष मुस्लिम आयोगको प्रतिवेदन पेस प्रधानमन्त्रीसँग अभियानकर्मी बोहराको भेट टोखाबाट चोरी गरिएको मोटरसाइकलसहित एक युवक पक्राउ प्रधानमन्त्रीसँग अभियानकर्मी बोहराको भेट इरानमाथि अमेरिकी आक्रमण ‘गलत’ : आइक्यान फ्रान्समा बन्दुकधारीको आक्रमणमा बेहुलीसहित दुईजनाको मृत्यु जनमत पार्टीकी सांसद रायमाझीविरुद्ध पर्सा जिल्ला अदालतद्वारा पक्राउ पुर्जी जारी ‘कांग्रेसको महाधिवेशन २०८३ मङ्सिरभित्र हुनुपर्छ’ खैरो हिरोइनसहित दुई जना पक्राउ नेप्से परिसूचक ३२ दशमलव ९३ अङ्कले घट्यो टोकियोमा आज मतदान, सत्तारुढ दलको प्रमुख परीक्षा इरानमा अमेरिकी आक्रमण : आइएइएले बोर्ड अफ गभर्नरले बोलायो आपत्कालीन बैठक संसद् भवन क्यान्टिनको छतबाट खसे कामदार मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यु ‘निर्वाचन प्रणाली बदल्नुपर्छ’ इरानमा प्रयोग गरिएको बङ्कर–बस्टर बम के हो ? भिजिट भिसा प्रकरणमा छानबिन समिति गठनको माग : माओवादी केन्द्र