2026-08-31 10:23 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

चितवन - CTW

बाढीको बीमा नगर्दा सौराहाका होटल व्यवसायी मारमा

नारायण अधिकारी । भदौ १३,चितवन। बाढीबाट हुने क्षतिको बीमा नहुँदा पर्यटकीय नगरी सौराहाका होटल व्यवसायी मारमा परेका छन् । 

बैंकबाट ऋण लिने क्रममा भूकम्प र आगलागीको बैंकले नै अनिवार्य बीमा गर्न लगाउने भए पनि बाढीबाट हुने क्षतिको बीमा नगर्दा व्यवसायी मारमा परेका हुन् । 

साउन अन्तिम साता राप्ती र बूढी राप्तीमा बाढी आएपछि सौराहाका सबै होटल डुबानमा परेका थिए । राप्ती किनारका पाँचवटा रेस्टुरेन्ट बगाएर पूरै क्षति भएको छ भने अन्य होटलमा आंशिक क्षति पुगेको छ । 

क्षेत्रीय होटल सङ्घ सौराहाका अध्यक्ष सुमन घिमिरेका अनुसार बाढीका कारण रु १५ करोडभन्दा बढीको क्षति भएको प्रारम्भिक अनुमान गरिएको छ । तर ९० प्रतिशत होटलले बाढीबाट हुने क्षतिको बीमा नगरेको उहाँले बताउनुभयो । क्षति भएका अधिकांश होटलको बैंकमा ऋण रहेको छ । घिमिरेकाअनुसार सौराहाका होटलको मात्रै रु १२ अर्बभन्दा बढी ऋण रहेको छ । 

यसअघि पनि पटकपटक बाढीले करोडौँको क्षति पु¥याएको सौराहामा बैंकले ऋण दिँदा बाढीको समेट्ने गरी बीमा गर्न नलगाएको पाइएको छ । अनिवार्य भन्दै भूकम्प र आगजनीको बीमा गराए पनि बाढीको बीमा गर्न बैंकले पनि नभन्ने र व्यवसायीले पनि ध्यान नदिँदा पूरै जोखिम व्यवसायीले व्यहोर्न बाध्य भएका छन् । 

राप्ती किनारमा पब रेस्टुरेन्ट चलाउँदै आउनुभएका सौराहाबीच रेस्टुरेन्टका सञ्चालक बलराम दाहालको पूरै रेस्टुरेन्ट बगाएको छ । उहाँका अनुसार बाढीले करिब रु ७० लाख बराबरको क्षति पु¥याएको छ । बैंकबाट ऋण लिँदा खाद्य र पेय पदार्थको मात्रै रु १७ लाख ५० हजारको बीमा गराएको बताउँदै उहाँले भन्नुभयो, “बैंकले पनि बाढीको बीमा गर भनेनन्, आफूले पनि गरिएन, अहिले सबै क्षति आफैँले व्यहोर्नु पर्ने भयो ।” 

सँगैको अर्काे पव रेस्टुरेन्ट सनसेट भ्यू रेस्टुरेन्टका सञ्चालक दीपक खतिवडाको रेस्टुरेन्ट पनि पूरै बगाएको छ । खतिवडाले भन्नुभयो, “बैंकमा ऋण छ, उनीहरु आफैँले भूकम्प र आगजनीको मात्रै बीमा गरिदिएछन् ।” झण्डै रु ८० लाख बराबरको क्षति भए पनि पूरै आफँैले व्यहोर्नु परेको गुनासो उहाँले गर्नुभयो । 

राप्ती बीच रेस्टुरेन्टका सञ्चालक कृष्ण खतिवडाको पनि गुनासो उस्तै छ । उहाँले भन्नुभयो, “बैंकको भर पर्दा बीमा हुन सकेन, अहिले पछुताउनुमात्रै भएको छ ।” यसले गतिलो पाठ सिकाएको भन्दै उहाँले आउँदा दिनमा बाढीबाट हुने क्षतिको पनि बीमा गराउने बताउनुभयो । नदी किनारका होटल रेस्टुरेन्टले ऋण पाउनै गाह्रो पर्ने गरेको भन्दै उहाँले ऋण पाइसकेपछि पनि बीमामा ध्यान नदिँदा ठूलो क्षति व्यहोर्नु परेको बताउनुभयो । 

बाढीले होटल राइनो रेसिडेन्सीको पनि निकै क्षति पु¥याएको छ । सञ्चालक टीका बरालका अनुसार झण्डै रु ४० लाख बराबरको क्षति भएको छ । १२ वर्षअघिदेखि बाढी नआएको र नदीमा तटबन्धन बनेकाले बीमा नगर्दा सबै जोखिम व्यहोर्नु परेको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “आफ्नै कमजोरीका कारण क्षति पूरै व्यहोर्नु परेको छ ।” 

चितवन रिभरसाइड होटलका सञ्चालक गंगा गिरीको अवस्था पनि उस्तै छ । सौराहा क्षेत्रमा सबैभन्दा बढी क्षति सो होटलमा देखिएको छ । गिरीका अनुसार रु दुई करोड ५० लाख बराबरको क्षति भएको छ । 

क्षेत्रीय होटल सङ्घ सौराहाका सचिव दामोदर रेग्मी सौराहा जस्तो क्षेत्रमा बाढीको बीमा नगरी भूकम्प र आगलागीको मात्रै बीमा गरेकाले व्यवसायी मर्कामा परेको बताउनुहुन्छ । अधिकांशको बीमा ऋण प्रवाह गर्ने बैंक आफैँले गर्ने गर्छन् । उनीहरुले अनिवार्य भएकाले भूकम्प र आगलागीको बीमा गर्ने भए पनि बाढीको बीमा गर्न व्यवसायीलाई उत्प्रेरित नगरेको रेग्मीले बताउनुभयो । 

सौराहाका होटलमा कुमारी, प्रभु, कृषि विकास, हिमालयन, सिद्धार्थ, राष्ट्रिय वाणिज्य, सिटिजन्सलगायतका बैंकले लगानी गरेका छन् । 

कुमारी बैंक सौराहा शाखाका प्रबन्धक राजकुमार न्यौपाने भूकम्प र आगजनी अनिवार्य भएकाले तिनीहरुको बीमा गरिने भए पनि अन्य बीमा गर्न व्यवसायी राजी नहुने बताउनुहुन्छ । सौराहामा १५ वर्षअघि ठूलो बाढी पसे पनि त्यसयता सुरक्षित रहेको भन्दै उहाँले लगानी गर्ने बैंकहरुले पनि बाढीको बीमामा दबाब नदिएको बताउनुभयो । 

नेपाल राष्ट्र बैंकका प्रवक्ता नारायणप्रसाद पौडेलले जोखिम भएको क्षेत्रमा जोखिमको बीमा गर्न सकेमा व्यवसायी र बैंक सुरक्षित हुने बताउनुभयो । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
शिक्षकलाई कुटपिट गरी हत्या गरेको आरोपमा ११ जना पक्राउ भोटेकोशी बाढीपछि उद्धारमा खटिएका हेलिकप्टरका लागि निगमले पठायो ४० हजार ८४० लिटर हवाई इन्धन रसुवा बाढी–पहिरोमा मृत्यु हुनेको संख्या ६६९ पुग्यो, चितवनमा मात्रै २४८ शव फेला त्रिशूली जलविद्युत् आयोजनाको सुरुङबाट २०८ जनाको उद्धार टनेलमा फसेकाको उद्धार गर्न नेपालले भारत र चीनसँग माग्यो सहयोग बाढी–पहिरोले मुख्य सडक अवरुद्ध भएपछि धादिङबेसी जोड्ने वैकल्पिक मार्ग सञ्चालनमा भोटेकोशी बाढी प्रभावितको उद्धार–राहत तीव्र बनाउन प्रधानमन्त्रीलाई आङ्देम्बेको ९ बुँदे माग त्रिशूली बाढीले नुवाकोटमा ठूलो क्षति, ५१ शव फेला, ४०५ अझै बेपत्ता दुर्गन्ध र संक्रमणको जोखिमपछि चितवनमा २२९ शव जमिनमा व्यवस्थापन गरिँदै रसुवाको बाढीले नारायणीमा बढ्यो बहाव, पश्चिम चितवनका बस्ती उच्च जोखिममा भोटेकोशी बाढीले अवरुद्ध काठमाडौँ–मुग्लिन सडक खुल्यो भोटेकोशीमा फेरि बाढीको जोखिम, नदी थुनिएर बनेको ताल फुट्ने सम्भावना धादिङमा बाढीले बगाएर ल्याएको सेफ फोडेर रकम निकाल्ने २९ जना पक्राउ रसुवाको भोटेकोसी बाढीमा मृत्यु हुनेको संख्या ६२६ पुग्यो, २ हजार ४२६ अझै बेपत्ता बाढीपहिरोमा मृत्यु हुनेको संख्या ५५३ पुग्यो न्युजिल्याण्डका खेलाडीलाई हराउँदै रवीन्द्र ढाँट ‘रोड टू यूएफसी’को फाइनलमा त्रिशूली–नारायणीमा भेटिएका शवमध्ये दुईको पहिचान भोटेकोशी बाढीको कहर : २८ प्रहरी सम्पर्कविहीन, ४८९ शव बरामद विपद्को सामना गर्न सबै पक्ष एकजुट हुनुपर्छ : कुलमान घिसिङ बाढीपहिरो प्रभावितका लागि प्रधानमन्त्रीसहित मन्त्रीहरूले एक महिनाको तलब दिने