२०८२, १६ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

ट्राफिकलाई ५० थान ह्विल लक प्रदान

२०७४, १३ भाद्र मंगलवार ०८:३७

भदौ १३,काठमाडौँ। काठमाडौँ महानगरपालिकाले महानगरीय ट्राफिक प्रहरी महाशाखालाई ५० थान ह्विल लक प्रदान गरेको छ । 

महानगरपालिकाले नगर प्रहरीको २५औँ वार्षिकोत्सवका अवसरमा आज सो ह्विल लक प्रदान गरेको हो । जथाभावीरुपमा पार्किङ गरेका सवारी साधनलाई लक गर्नका लागि महानगरपालिकाले महाशाखालाई उक्त सामग्री प्रदान गरेको हो । 

सो अवसरमा महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले महानगरपालिकालाई सफल बनाउन नगर प्रहरीको ठूलो सहयोग रहेको बताउँदै जथाभावीरुपमा गरिने सवारी पार्किङ, फुटपाथ हटाउने र महानगरलाई व्यवस्थित गर्न नगर प्रहरीको महत्वपूर्ण भूमिका रहेको धारणा व्यक्त गर्नुभयो । 

महाशाखाका प्रमुख सर्वेन्द्र खनालले महानगरपालिकाभित्र गुड्ने सवारी साधनलाई मान्छे टिप्ने र हिँडिहाल्ने वातावरण बनाउन महाशाखाले महानगरपालिकासँग सहकार्य गरेर अगाडि बढ्ने विश्वास व्यक्त गर्दै फुटपाथका कारण पैदलयात्रुलाई हिँड्न समस्या परेको हुँदा यसलाई सहज बनाउन महानगरपालिका लाग्नुपर्ने बताउनुभयो । 

महानगरपालिकाका उपप्रमुख हरिप्रभा खड्गी श्रेष्ठले काठमाडौँ महानगरपालिकालाई सुन्दर र व्यवस्थित बनाउन नगर प्रहरीले महत्वपूर्ण काम गरेको बताउनुभयो । 

२५ वर्ष अगाडि स्थापना भएको नगर प्रहरीमा हाल २०० को हाराहारीमा प्रहरी कार्यरत छन् । रासस 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु हर्क साम्पाङले दिए साइबर ब्यूरोमा उजुरी ओलीलाई भेट्न शिक्षण अस्पताल पुगिन् पूर्वराष्ट्रपति भण्डारी सेयर बजारमा आज पनि उच्च अंकको गिरावट म आफु घुस खान आएको होइन र कसैलाई खान पनि दिन्नँ: अर्थमन्त्री वाग्ले ओलीको रिहाइ माग गर्दै आज पनि सरकारविरुद्ध एमालेको प्रदर्शन सांसदहरूसँग छलफलमा जुटे प्रधानमन्त्री शाह मङ्गलबार चट्याङ र हावाहुरीसहित भारी वर्षाको सम्भावना पक्राउ परेका पूर्वमन्त्री दीपक खड्का अस्पताल भर्ना रवि लामिछानेको राहदानी मुद्दामा सुनुवाइ हुँदै देउवा पक्षले बोलायो केन्द्रीय समिति बैठक मेची राजमार्गमा पुनः पहिरो, सडक अवरुद्ध ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमा आज सुनुवाइ हुँदै सुनचाँदी को मूल्य घट्यो आवेदन दिएको दिनमै श्रम स्वीकृति ओली र लेखकलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति ओली पक्राउको विरोधमा आज पनि काठमाडौँमा एमालेको प्रदर्शन नेप्से परिसूचकमा ठूलो गिरावट नेकपा संसदीय दलको नेतामा प्रचण्ड कारबाही उत्तेजना र आवेगमा आएर होइन, कानूनी प्रक्रिया बमोजिम हुनुपर्छ: कांग्रेस