2026-08-31 10:24 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

चितवन - CTW

भरतपुर अस्पतालमा न्यूरोको उपचार सुरु

चितवन, १३ भदौ । यातायात सञ्जालका दृष्टिले केन्द्रविन्दुका रुपमा रहेको भरतपुरको सरकारी अस्पतालमा सबै खाले दुर्घटनाका घाइतेहरुले उपचार पाउने भएका छन् । 

भरतपुर अस्पतालमा सिटिस्क्यान जस्ता उपकरण नहुँदा र न्यूरो सर्जनको अभावमा यसअघि अस्पतालमा आउने दुर्घटनाका घाइतेलाई स्थानीय मेडिकल कलेजमा पठाउने गरिन्थ्यो । 

भरतपुर अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा रुद्र मरासेनिकाअनुसार हालै मात्र अस्पतालमा सिटिस्क्यानसहित आवश्यक उपकरण जडान गरिएको छ । विगत ६ वर्षदेखि न्यूरोमा अनुभव हासिल गर्नुभएका न्यूरो सर्जन डा गुणराज पौडेलले काम थाल्नुभएको छ । अस्पतालमा १० जना अर्थोपेडिक सर्जन कार्यरत छन् । 

अस्पतालमा ६ वटा शल्यक्रिया गर्ने टेबलसहितको सेट छ । ट्रमा र चोटपटक सम्बन्धिका नेपालमा हुने उपचार अब भरतपुर अस्पतालमा गर्न सकिने मेडिकल सुपरिटेण्डेन्ट डा मरासेनिले बताउनुभयो । अस्पतालमा नियमित रुपमा न्यूरोका सातामा तीन दिन शल्यक्रिया समेत सुरु गरिएको उहाँले बताउनुभयो । 

आइतबार, मंगलबार र बिहीबार नियमित शल्यक्रिया हुन्छ भने २४ औं घण्टा दुर्घटनाका घाइतेलाई आवश्यक शल्यक्रियासहितको उपचार गर्न सकिने उहाँले बताउनुभयो । 

भरतपुर अस्पताललाई मदनभण्डारी ट्रमा सेन्टरको नामाकरण दिइएको भए पनि न्यून बजेट निकासा भएका कारण काम सुरु हुनसकेको थिएन । अस्पताल विकास समितिका अध्यक्ष राजकुमारराज भण्डारीले अस्पतालको आफ्नै प्रयासमा न्यूरो सर्जन नियुक्त गरी सिटिस्क्यानसहितका उपकरण जडान गर्न सफल भएपछि ट्रमा सेन्टरको रुपमा अस्पताल अघि बढेको बताउनुभयो । 

उहाँले जिल्ला र छिमेकी जिल्लामा हुने सबैखाले दुर्घटनाका घाइतेले अब सरकारी अस्पतालमा न्यून शुल्कमा उपचार पाउने छ भन्नुभयो । स्थानीय प्रशासनसँग समन्वय गरी जिल्लामा आउने घाइतेलाई उपचार गर्ने पहिलो थलोको रुपमा भरतपुर अस्पताललाई विकास गर्ने योजना रहेको पनि अध्यक्ष भण्डारीले बताउनुभयो । दुर्घटनाका घाइतेको उपचार निकै खर्चिलो हुने भए पनि सकेसम्म कम रकममा उपचार गर्ने प्रबन्ध अस्पतालले मिलाउने दाबी उहाँको छ । 

सवारी दुर्घटनामा परेका घाइतेको बढी टाउकोमा चोट लाग्ने गर्दछ । अस्पतालमा सरदर दैनिक दुई जना गम्भीर घाइते आउने गर्दछन् । जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी निरीक्षक सन्तोष पन्तकाअनुसार गत वर्षमा जिल्लामा गम्भीर घाइतेको संख्या ५७५ रहेको थियो । सामान्य घाइते निकै बढी हुनेगरेको भन्दै उहाँले छिमेकी जिल्लाबाट पनि जिल्लामा हुने भन्दा बढी घाइते उपचारका लागि यहाँ आउने गरेको बताउनुभयो । 

कैयौ घाइतेको लामो समयको उपचारपछि मृत्यु समेत हुनेगर्दछ भने कतिपयलाई उपचार नै लामो समय गर्नुपर्ने हुन्छ । 

सरकारी अस्पताल परिसरमानै स्पाइनल इञ्जुरी केन्द्र रहेकाले पनि सबै खाले दुर्घटनाका घाइतेलाई उपचारका लागि भरतपुर अस्पताल उपयुक्त हुने भरतपुर अस्पतालका वरिष्ठ अर्थोपेडिक सर्जन डा कृष्ण पौडेलले बताउनुभयो । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
शिक्षकलाई कुटपिट गरी हत्या गरेको आरोपमा ११ जना पक्राउ भोटेकोशी बाढीपछि उद्धारमा खटिएका हेलिकप्टरका लागि निगमले पठायो ४० हजार ८४० लिटर हवाई इन्धन रसुवा बाढी–पहिरोमा मृत्यु हुनेको संख्या ६६९ पुग्यो, चितवनमा मात्रै २४८ शव फेला त्रिशूली जलविद्युत् आयोजनाको सुरुङबाट २०८ जनाको उद्धार टनेलमा फसेकाको उद्धार गर्न नेपालले भारत र चीनसँग माग्यो सहयोग बाढी–पहिरोले मुख्य सडक अवरुद्ध भएपछि धादिङबेसी जोड्ने वैकल्पिक मार्ग सञ्चालनमा भोटेकोशी बाढी प्रभावितको उद्धार–राहत तीव्र बनाउन प्रधानमन्त्रीलाई आङ्देम्बेको ९ बुँदे माग त्रिशूली बाढीले नुवाकोटमा ठूलो क्षति, ५१ शव फेला, ४०५ अझै बेपत्ता दुर्गन्ध र संक्रमणको जोखिमपछि चितवनमा २२९ शव जमिनमा व्यवस्थापन गरिँदै रसुवाको बाढीले नारायणीमा बढ्यो बहाव, पश्चिम चितवनका बस्ती उच्च जोखिममा भोटेकोशी बाढीले अवरुद्ध काठमाडौँ–मुग्लिन सडक खुल्यो भोटेकोशीमा फेरि बाढीको जोखिम, नदी थुनिएर बनेको ताल फुट्ने सम्भावना धादिङमा बाढीले बगाएर ल्याएको सेफ फोडेर रकम निकाल्ने २९ जना पक्राउ रसुवाको भोटेकोसी बाढीमा मृत्यु हुनेको संख्या ६२६ पुग्यो, २ हजार ४२६ अझै बेपत्ता बाढीपहिरोमा मृत्यु हुनेको संख्या ५५३ पुग्यो न्युजिल्याण्डका खेलाडीलाई हराउँदै रवीन्द्र ढाँट ‘रोड टू यूएफसी’को फाइनलमा त्रिशूली–नारायणीमा भेटिएका शवमध्ये दुईको पहिचान भोटेकोशी बाढीको कहर : २८ प्रहरी सम्पर्कविहीन, ४८९ शव बरामद विपद्को सामना गर्न सबै पक्ष एकजुट हुनुपर्छ : कुलमान घिसिङ बाढीपहिरो प्रभावितका लागि प्रधानमन्त्रीसहित मन्त्रीहरूले एक महिनाको तलब दिने