2026-10-07 09:17 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

चितवन - CTW

फूलैफूलले सजिएको माडीको अयोध्यामार्ग

काठमाडौँ । चारैतिरबाट वनजङ्गलले घेरिएको सुन्दर चितवनको माडी उपत्यका । कृषि र धार्मिक पर्यटनको प्रचुर सम्भावना रहेको माडीभित्र एउटा सुन्दर गाउँ निर्माणमा जुटेका छन् अयोध्यामार्गका महिलाहरू । माडी नगरपालिका–८ स्थित अयोध्यामार्ग प्रवेश गर्नासाथ जोकोहीको मन प्रफुल्लित हुन्छ । यहाँका महिलाहरूले सृजनात्मकता र संस्कार झल्किने गाउँको परिवेश निर्माण गरिरहेका छन् ।

पक्की सडकको दायाँबाँया रहेका मौलिक प्रकारका घर । सबै घरको आँगनमा फूलबारी । सडकको दायाँबायाँ राखिएका ढुङ्गामा लगाइएका रङले झन् यहाँको सौन्दर्य बढाएको छ । यसका पछाडि स्थानीय समुदाय, विशेषतः महिलाहरूको अगुवाइमा भएको कामले अयोध्यामार्ग माडीको एक नमूना बस्तीका रूपमा परिचित बन्दै गइरहेको छ ।

अयोध्यामार्गस्थित फूलबारी महिला समूहकी अध्यक्ष सुजिता पाण्डे गाउँमा दैनिक आउने पर्यटक र उनीहरूले गर्ने गरेको प्रशंसाले दङ्ग हुनुहुन्छ । “गाउँकै स्वप्नम आलेमगर दिदीले घरमा ढकमक्क फूल रोपेको देखेर लाग्यो, हामीले पनि किन नरोप्ने ? उहाँबाटै प्रेरित भएर घरघरमा गमला राख्न थाल्यौँ । सडक किनारामा ढुङ्गा राख्ने, त्यसमा रङ लगाउने अनि गाग्री ल्याएर सजाउने क्रम अघि बढ्यो । अहिले २५ घरमा यस्तै आकर्षक सजावट र ढकमक्क फूल देख्न सकिन्छ । अहिले गाउँ नै फूलबारीजस्तै देखिन थालेको उहाँले बताउनुभयो ।

समूहले नियमित बैठक, वार्षिक कार्ययोजना, कार्यविभाजन, पारदर्शी बजेट सञ्चालनजस्ता अभ्यासलाई प्राथमिकता दिँदै आएको पाण्डेले बताउनुभयो । देउसीभैलो, सामूहिक खेती, धार्मिक कार्यक्रम, सहयोग कोष सञ्चालनलगायत गतिविधिले सामाजिक र आर्थिक सशक्तीकरणमा समेत टेवा पुगेको उहाँको भनाइ छ । गाउँलाई आकर्षक बनाउन सहयोग गर्ने दाताहरूको नाम सार्वजनिक सूचना बोर्डमा उल्लेख गर्ने अभ्यासले पारदर्शिता र आपसी विश्वास निर्माण गरेको उहाँले बताउनुभयो । “पर्यटकको आवागमन देखेर गाउँलाई होमस्टेसमेत सञ्चालन गर्ने तयारीमा छौँ, उहाँले भन्नुभयो, “माडीको धार्मिक सांस्कृतिक र मौलिक ग्रामीण जीवनशैलीको अनुभव गराउने योजना छ ।”

यहाँ रङ्गिएका ढुङ्गा र गमलामात्र होइन, हरेक घरको अगाडि राखिएको फूलसहितको कलशले यहाँको सांस्कृतिक चेतना पनि झल्काउँछ । “कलस राख्नाले शुभसङ्केत दिन्छ, स्वागत र शुभयात्राका लागि पनि राम्रो मानिन्छ”, सुजिताले भन्नुभयो । गाग्रीमा पानी हाल्ने चलनले घर सजिएको मात्रै होइन, समुदायमा स्वच्छता र सौन्दर्यप्रतिको चेतना पनि बढेको उहाँ बताउनुहुन्छ ।

यो अभियान कुनै सरकारी निकाय वा सङ्घसंस्थाले सञ्चालन गरेको कार्यक्रम होइन, स्थानीय महिलाहरू आफैँ पैसा उठाएर, समय र श्रम दिएर गाउँलाई सिङ्गारिरहेका छन् । सँगसँगै उनीहरूले गाग्री नराख्ने घरलाई सचेत गराउने र सरसफाइमा लापरवाही गर्नेलाई कारबाही गर्ने अभ्यासले गाउँमा अनुशासन पनि कायम राखेका छन् । गाउँको यो परिवर्तनले सामाजिक सम्बन्धमा पनि मिठास थपेको छ । आमा समूहकी सचिव सीमा पन्त नजिकैको विद्यालयमा पढाउनुहुन्छ । उहाँले बचेको समय गाउँघरको सन्दौयकरणका लागि खर्च गर्नुभएको छ । “समुदायसँग जोडिएपछि समाजमा आत्मीयता बढेको छ । पहिले समाजसँग खासै वास्ता नगर्नेहरू पनि अहिले सरसफाइ, बगैँचा बनाउने काममा लागेका छन्”, उहाँले भन्नुभयो । उहाँले थप्नुभयो, “अब त एउटा घरमा बनेको परिकार छिमेकीसँग साटासाट गर्न थालिएको छ । ढोका खोल्नुपर्दैन, सिधै पस्न सकिन्छ, खान सकिन्छ । कसैको बाख्रा फुक्यो भने अरूले गएर बाँधिदिन्छ । चराउन लैजानुपर्यो भने सहयोग पाइन्छ ।”

अहिले यहाँ टाढाटाढाबाट पर्यटक यहाँको परिवेश हेर्न र फोटो खिच्न आउने गरेका छन् । “घुम्न आउनेका कारण शनिबारको दिन त फुर्सद नै हुँदैन, पन्तले भन्नुभयो, धेरै काम गर्न बाँकी छ, गाउँलाई धपक्कै बल्ने बनाउन मन छ ।” यहाँ भएको परिवर्तन केवल बाह्य सौन्दर्य नभई समुदायको सामूहिक भावना र सामाजिक पुनर्जागरणको प्रतिबिम्ब पनि बनेको उहाँको अनुभव छ ।

यहाँका सडकका दायाँबायाँ नेपाली राष्ट्रिय झन्डा र सडक किनाराका ढुङ्गामा चेतनामूलक सन्देश कुँदिएका छन् । बाँसको डोकाबाट फोहर सङ्कलन गर्ने प्रविधि, प्लास्टिकजन्य वस्तुको छुट्टाछुट्टै व्यवस्थापनजस्ता अभ्यासले यहाँका बासिन्दामा वातावरणीय जागरूकता बलियो बनाएको माडी नगरपालिका–८ का पूर्ववडाध्यक्ष कृष्णप्रसाद अधिकारी बताउनुहुन्छ । “बाटो सफा छ, हरियाली र सौन्दर्यपूर्ण देखिन्छ । न कतै फोहर छ, न त अराजकता”, उहाँले भन्नुभयो । फूलबारी महिला समूहको अगुवाइमा सञ्चालनमा आएको सरसफाइ अभियान अहिले माडी नगरभित्रकै उदाहरण बनेको उहाँले बताउनुभयो ।

वैदिक सनातन सांस्कृतिक सम्पदा सङ्घ माडीका सल्लाहकार रेशम सापकोटाले अयोध्यामार्गका दृश्यहरू केवल बाहिरी सौन्दर्यमात्र नभई यहाँका महिलाहरूको सौन्दर्यप्रेम, मेहनत र सामुदायिक चेतनाको सङ्केत पनि भएको बताउनुभयो । अयोध्यामार्ग माडीको नयाँ पर्यटकीय गन्तव्य बन्ने भन्दै उहाँले ग्रामीण सौन्दर्यको अलौकिक सङ्गम बनिरहेको धारणा राख्नुभयो ।
–––

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेस सभापतिमा श्यामकृष्ण खड्गीको उम्मेदवारी दर्ता रमेश धमलाले दिए कांग्रेस सहमहामन्त्रीमा उम्मेदवारी कांग्रेस महाधिवेशन : गगन थापाले सभापतिमा उम्मेदवारी दर्ता गराए तातोपानी र रसुवागढी नाका खुलाउन चीनसँग संवाद भइरहेको छ : मन्त्री लम्साल जलवायु सङ्कटलाई संसद्को नियमित एजेन्डा बनाउन सभामुख अर्यालको आग्रह दुर्गा प्रसाईंलाई धरौटीमा रिहा गर्न अदालतको आदेश दशैं नजिकिँदै गर्दा मौसममा बदली, आज–भोलि वर्षासँगै चट्याङ र असिनाको सम्भावना कांग्रेस महाधिवेशन : विश्वप्रकाश शर्माले वरिष्ठ उपसभापतिमा उम्मेदवारी दिए विपद्मा बेपत्ता भएकाको मृत्यु घोषणा र दर्तासम्बन्धी कानुन छिट्टै संशोधन गर्छौं : मन्त्री गौतम कांग्रेस महामन्त्रीमा प्रदीप पाैडेलले गरे उम्मेदवारी दर्ता कांग्रेसमा उम्मेदवारी दर्ताको समय थपियो, अब साँझ ६ बजेसम्म गृहमन्त्री गुरुङ असोज २६ गते भारत जाँदै ग्यासको खुद्रा बिक्री रोक्न आयल निगमलाई बिक्रेता महासंघको आग्रह कुलमान घिसिङको दाबी : आगामी प्रदेशसभा निर्वाचनपछि बागमतीमा उज्यालो नेपालको सरकार बन्छ विश्वप्रकाश शर्माले भने– ‘ढुक्क हुनुहोस्, यसपालि प्यानल बन्दैन’ दशैं–तिहारका लागि असोज २३ गतेदेखि अग्रिम टिकट बुकिङ खुल्ने कांग्रेस महाधिवेशनको तेस्रो दिन बन्द सत्र जारी, चार प्रतिवेदन पारित हुन बाँकी राज्यको संवेदनशील सूचना कसैको निजी सम्पत्ति होइन, सार्वजनिक जिम्मेवारी हो : गृहमन्त्री गुरुङ कांग्रेसमा नयाँ नेतृत्व चयन प्रक्रिया सुरु, आजदेखि उम्मेदवारी दर्ता सुनको मूल्य स्थिर, चाँदीको मूल्य १५ रुपैयाँले घट्यो