भास्कर के.सी./भदौ १३, कञ्चनपुर । भाद्र सुदुरपश्चिमेली जनताको सदभाव, एकता र आस्थाको महान चाड गौरा पर्व धुमधामका साथ मनाइदै छ । कञ्चनपुर जिल्लाको गौरा मन्दिर"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

भास्कर के.सी./भदौ १३, कञ्चनपुर । भाद्र सुदुरपश्चिमेली जनताको सदभाव, एकता र आस्थाको महान चाड गौरा पर्व धुमधामका साथ मनाइदै छ । कञ्चनपुर जिल्लाको गौरा मन्दिर"/>

२०८२, २४ चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कन्चनपुर - KNC

सुदूरपश्चिमेलीहरूको महान् पर्व गौरा धुमधामका साथ मनाइदै

२०७४, १३ भाद्र मंगलवार १२:२८


भास्कर के.सी./भदौ १३, कञ्चनपुर । भाद्र सुदुरपश्चिमेली जनताको सदभाव, एकता र आस्थाको महान चाड गौरा पर्व धुमधामका साथ मनाइदै छ । कञ्चनपुर जिल्लाको गौरा मन्दिर, हल्दुखाल, बनगाउ, झलारी, पिपलाडी, दोधारा, चादनी, बेलौरी लगायत सुदुरपश्चिमका नौ वटै जिल्लाहरुमा धुमधामका साथ गौरा पर्व मनाइदै छ । 

गौराको पहिलो दिन ब्रतालु महिलाहरुले निराहार रही आ आफ्नो घरमा तामा वा पित्तलको भाँडोमा पाँचथरीका गेडागुडी भिजाउने गर्दछन् जसलाई बिरुडा भन्ने गरिन्छ ।

विरुडाको रूपमा गहुँ, गहत, मास, केराउ र गुराउँस अन्नहरु भिजाउने चलन रहिआएको छ । त्यसै भोलि पल्ट नजिकको धारा, तलाउ तथा कुवामा गएर फाग गाउदै बिरुडा धुने चलन रहिआएको छ । 

बिरुडा धोइ सकेपछि ५ अथवा ७ कन्याहरू द्धारा सामूहिक रूपमा धान, साउँ, तिल, अपामार्ग आदि बिरुवाका बोटहरु नजिकै रहेको खेतवारि वाट ल्याइ गौरा देवीको प्रतिमा बनाई पानिको धारा नजिक पुजा गरिन्छ । 

उक्त पुजा पश्चात गौरादेवीको प्रतिमा लाइ गौरा घरमा भित्र्याउँछन् । धार्मिक अनुष्ठान एवं पूजाआजाका साथै गौरालाई गौराघरमा भित्र्याइसकेपछि गोःरियाहरुले नयाँ वस्त्र,गर गहना धारण गरि शिव र गौरीको पूजाआजा गर्ने गरिएको छ । गौराको मुख्य दिन आज दुर्वाष्टमी अर्थात गौराष्टमीका दिन व्रत बसेर महिलाहरू गौरालाइ गोलवद्ध भइ फाग गाएर पूजा आजागर्नुका साथै गौरालाइ पालै पालो सबै महिलाहरुले टाउको माथी राखेर लोरी गाउदै खेलाउने समेत गर्दछन । 

यसरी अन्त्यमा पुर्व, पश्चिम, उत्तर,दक्षिण तथा आकाशमा पर्ने गरी अर्चना गरिएका बिरुडा फल, द्रव्य आदि प्रसादका रुपमा कपडामा राखेर सबैको हातमा परोस भनि फल फ्टकाउने गरिन्छ । उपासना गर्ने महिलाहरुले प्रसाद स्वरुप घाटिमा दुब्धाको लगाउने गर्दछन ।

सोही दिन महिलाहरुले प्रसादका रूपमा बिरुडा ग्रहण गरी आफ्ना परिवारका सम्पूर्ण सदस्यहरुको टाउको पुजी आर्शीवाद समेत दिने गर्दछन् । यस पर्वमा महिलाहरुले आफनो श्रीमानको दिर्घायुको कामना गर्दै ब्रत बस्ने गर्दछन भने युवतीहरुले राम्रो वर प्राप्तीको कामना गर्ने गर्दछन् । 

गोःरादेविलाइ विर्सजन नगरुन्जेल प्रतिदिन पुजा गरिन्छ भने उचित साइत हेरि द्धादशी या पूर्णीमाका दिन गौरादेवीलाइ विर्सजन गरि माइँत पठाउने चलन छ । यसरी गौरा विर्सजनका बेला खेलिने डेउडा, ढुस्को, धुमारि खेलमा माँइत गएकी गौरा लाइ फेरि अर्को वर्ष वोलाउने बाँचा गर्दै गौरा पर्व सम्पन्न गरिन्छ ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु पाँच वर्षभित्र हरेक क्षेत्रमा सुधार हुन्छ : मन्त्री पोखरेल राष्ट्रिय सभाका नवनियुक्त उपाध्यक्ष भण्डारीद्वारा पदभार ग्रहण नक्कली परीक्षार्थी पक्राउ प्रतिनिधि सभामा तीन विधेयकसम्बन्धी सन्देश टेबुल मन्त्रिपरिषद् बैठकका महत्वपूर्ण निर्णयहरू सडक सुरक्षा ऐन अघि बढाउन माग दुईवटा मोटरसाइकल एकापसमा ठोक्किएर आगलागी हुँदा तीन विद्यार्थीको जलेर मृत्यु मन्त्रिपरिषद बैठक सुरु वैदेशिक रोजगारीमा पठाइदिने भन्दै ठगी गर्ने दुईजना पक्राउ कर्णाली प्रदेशमा थप ६ दिन सार्वजिनक बिदा दिने निर्णय मन्त्रिपरिषद्को आकस्मिक बैठक बस्दै सुनचाँदीको मूल्य सामान्य बढ्यो बारी जोत्ने क्रममा ट्याक्टर पल्टिँदा चालकको मृत्यु कुनै पनि सदस्यलाई दलगत सहभागिताका आधारमा भेदभाव हुने छैन: डिपी अर्याल ओली र लेखकको बन्दीप्रत्यक्षीकरणको रिटमाथिको सुनुवाइ सकियो नेप्से परिसूचक सोमबार ८३.३३ अङ्कले बढ्यो सामाजिक सुरक्षा पालना गर्न श्रम मन्त्रालयको आग्रह प्रतिनिधिसभाबाट तीनवटा अध्यादेश स्वीकृत राष्ट्रियसभामा आदिवासी जनजाति आयोगको प्रतिवेदन पेस