2026-09-15 02:39 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

नेपाल नागरिकता ऐन, २०६३ संशोधन विधेयक समितिबाट पारित

काठमाडौँ । प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिले नेपाल नागरिकता ऐन, २०६३ मा संशोधन गर्न प्रस्तावित विधेयक पारित गरेको छ।

मंगलबार सिंहदरबारमा बसेको समितिको बैठकमा सबै सदस्यहरूले सर्वसम्मत रूपमा विधेयक पारित गरेका हुन्। समितिका सभापति रामहरि खतिवडाले सरकारको तर्फबाट नागरिकता विहीनताको समस्या समाधान गर्न ल्याइएको विधेयकलाई समितिले पारित गरेको जानकारी दिए।

सरकारले नागरिकता ऐनलाई दोस्रोपटक संशोधन गर्न विधेयक अघि सारेको हो। बैठकमा गृहमन्त्री रमेश लेखकले वर्तमान सरकारले गठन भएको ११ महिनामा नीतिगत, कानुनी र संरचनात्मक सुधारका कामलाई अघि बढाइरहेको जनाउँदै नागरिकता सम्बन्धी विषय त्यसमा महत्वपूर्ण रहेको बताएका छन्।

उनका अनुसार गैरआवासीय नेपालीलाई नागरिकता दिने विषय संविधानमै उल्लेख भएकाले यसबारे थप छलफल आवश्यक छैन। उनले गैरआवासीय नेपालीका लागि छुट्टै विधेयक ल्याउने तयारी भइरहेको जनाएका छन्।

गृहमन्त्री लेखकले आमाको नामबाट नागरिकता दिन सक्ने संवैधानिक व्यवस्थालाई कार्यान्वयनमा ल्याउन यो विधेयकले थप स्पष्टता र सहजता दिने बताए। बाबुको पहिचान नखुलेको अवस्थामा आमाले स्वघोषणा गरेमा नागरिकता दिन सकिने व्यवस्था विधेयकमा प्रमुख रूपमा समावेश गरिएको छ।

त्यस्तै, नेपाली आमा र विदेशी बाबुबाट जन्मिएका सन्तानले अन्य देशको नागरिकता नलिएको खण्डमा अङ्गीकृत नागरिकता पाउने प्रावधान पनि विधेयकमा छ।

सरकारले नागरिकता वितरणमा देखिएको कानुनी जटिलता हटाउने उद्देश्यले प्रतिनिधिसभामा माघ १५ गते विधेयक दर्ता गराएको थियो।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रसुवा बाढीमा १,३९९ शव फेला, ४,०८९ जना अझै बेपत्ता जलवायु संकट न्यूनीकरणमा विश्वसमुदायसँग सहकार्यको आह्वान गरिनेछ : प्रधानमन्त्री शाह मिनी ट्रकको ठक्करबाट पाँच वर्षीय बालकको मृत्यु प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १४ अर्बभन्दा बढी जम्मा सुनचाँदीको मूल्य घट्यो चाडपर्वले विविधताबीचको एकता, आपसी सम्मान र सामाजिक सद्भावलाई बलियो बनाउँदै आएको छ : गगन थापा बाढी प्रभावित १५ स्थानीय तहका जनप्रतिनिधिसँग प्रधानमन्त्री शाहको छलफल भोटेकोशी बाढीमा १,३९२ जनाको मृत्यु, ४,०८९ अझै बेपत्ता देशभर हरितालिका तीज मनाइँदै सोमबार सुनचाँदीको मूल्य घट्यो मलेसियाको FWCMS भित्र छिरेका २५० म्यानपावरको पूर्वस्वीकृति रोक्का, छानबिन सुरु ब्रिक्स समूह कसैको विरुद्धमा छैन : मोदी विपद्को पूर्वतयारी र प्रभावकारी व्यवस्थापन नहुँदा ठूलो मानवीय क्षति भयो : कुलमान घिसिङ महाधिवेशनको तयारीका लागि देउवा समूहले खटायो ७७ जिल्लामा प्रतिनिधि संविधान रक्षाका लागि सबै परिवर्तनकारी शक्ति एक हुनैपर्छ: माधव नेपाल भोटेकोशी बाढीले बगाएको गरगहनासहित एक जना पक्राउ नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्दै यूएईलाई हराउँदै नेपाल एसिया कपमा कम्युनिस्ट पार्टीहरू एकीकरण र सुदृढीकरण गर्दै नयाँ कार्यदिशामा अघि बढ्नुपर्छ : झलनाथ खनाल भोटेकोशी बाढीले १२ बैंकका १७ शाखामा क्षति