८ असार २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

प्रधानको नेतृत्वमा ग्रामीण विकास प्रतिष्ठानको नयाँ कार्य समिति

२८ जेष्ठ २०८२, मंगलवार १७:४०

काठमाडौं । नेपाल कानुन समाजका कार्यकारी निर्देशक कृष्णमान प्रधानको नेतृत्वमा ग्रामीण विकास प्रतिष्ठानको नयाँ कार्य समिति गठन भएको छ ।

उक्त कार्य समितिका उपाध्यक्षमा वरिष्ठ अधिवक्ता सुनीता रेग्मी, महासचिवमा वरिष्ठ अधिवक्ता तथा मधेश प्रदेशका मुख्य न्यायाधीवक्ता सुरेन्द्र महतो, कोषाध्यक्षमा अधिवक्ता सरस्वती डंगोल चयन हुनुभएको छ ।

सदस्यहरूमा वरिष्ठ अधिवक्ता उषा मल्ल पाठक, वरिष्ठ अधिवक्ता पुष्पा भुसाल, वरिष्ठ मानव अधिकारकर्मी डा. इन्दीरा श्रेष्ठ, सुदूरपश्चिम विश्व विद्यालयका पूर्व डिन कर्ण थापा र नेपाल सरकार वन विभागका पूर्व महानिर्देशक मनबहादुर खड्का सर्वसहमतीले चयन हुनुभएको छ ।

ग्रामीण विकास प्रतिष्ठानले विगत ३० वर्षदेखि सङ्घीय सरकार, प्रदेश सरकार र स्थानीय सरकारसँग सहकार्य गरी कानुन निर्माण, कानुन निर्माणमा सरोकारवालाहरूको सहभागिता, क्षमता अभिबृद्धि कार्यक्रम, न्यायमा पहुँचलगायत विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको छ ।

प्रतिष्ठानले आगामी दिनमा सङ्घीय सरकार, प्रदेश सरकार र स्थानीय सरकारसँग समन्वय गरी कानुन निर्माण, मानव अधिकार, समावेशी, कानुनी शासन, जनवायु परिवर्तनका क्षेत्रहरूमा सक्रिय कार्यक्रम सञ्चालन गर्ने प्रतिष्ठानका सभापति कृष्णमान प्रधानले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बजेट विनियोजनमा सांसदको असन्तुष्टि सामाजिक सञ्जालमार्फत महिलाको चरित्र हत्या गर्ने भारतीय नागरिक पक्राउ नेसपाको पार्टी पुनर्गठन : सचिवालय र केन्द्रीय समिति पुनर्संरचना प्रदेश प्रमुख समक्ष मुस्लिम आयोगको प्रतिवेदन पेस प्रधानमन्त्रीसँग अभियानकर्मी बोहराको भेट टोखाबाट चोरी गरिएको मोटरसाइकलसहित एक युवक पक्राउ प्रधानमन्त्रीसँग अभियानकर्मी बोहराको भेट इरानमाथि अमेरिकी आक्रमण ‘गलत’ : आइक्यान फ्रान्समा बन्दुकधारीको आक्रमणमा बेहुलीसहित दुईजनाको मृत्यु जनमत पार्टीकी सांसद रायमाझीविरुद्ध पर्सा जिल्ला अदालतद्वारा पक्राउ पुर्जी जारी ‘कांग्रेसको महाधिवेशन २०८३ मङ्सिरभित्र हुनुपर्छ’ खैरो हिरोइनसहित दुई जना पक्राउ नेप्से परिसूचक ३२ दशमलव ९३ अङ्कले घट्यो टोकियोमा आज मतदान, सत्तारुढ दलको प्रमुख परीक्षा इरानमा अमेरिकी आक्रमण : आइएइएले बोर्ड अफ गभर्नरले बोलायो आपत्कालीन बैठक संसद् भवन क्यान्टिनको छतबाट खसे कामदार मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यु ‘निर्वाचन प्रणाली बदल्नुपर्छ’ इरानमा प्रयोग गरिएको बङ्कर–बस्टर बम के हो ? भिजिट भिसा प्रकरणमा छानबिन समिति गठनको माग : माओवादी केन्द्र