३ माघ २०८१, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अछाम - ACM

९ औँ जिल्ला स्तरिय क्रिकेट प्रतियोगिताको सम्पुर्ण तयारी पुरा

१६ बैशाख २०७३, बिहीबार ११:३९

कमल रावल, बैशाख १६, अछाम । भोलि बाट जिल्लाको ओलिगाउमा सुरु हुन लागेको जिल्लाकै ठुलो धनराशिको क्रिकेट प्रतियोगिताको सम्पुर्ण तयारी पुरा भएको छ । खेल हुने मैदान जिल्लाको तोल्यानमा बिहान ११ बजे एक भब्य कार्यक्रमका उदघाटन गरिने भएको छ ।

cricket1

 

तियोगिताका लागि मञ्च ब्यावस्थापन, मैदानको निर्माण कार्य सबै सम्पन्न भईसकेको आयोजकले जनाएको छ । ओलिगाउमा हुने बर्षेनि जिल्ला स्तरिय क्रिकेट प्रतियोगिताको ९ औँ संस्करणको प्रतियोगिताको पुर्व सभासद शेर बहादुर कुवरले उदघाटन गर्ने कार्यक्रम तय भएको आयोजक मंगला विकास ओलिगाउका अध्यक्ष गणेश बहादुर रावलले बताउनु भयो । विगतका वर्ष भन्दा यस वर्ष जिल्लाकै ठुलो धनराशिको भएकाले यो प्रतियोगितालाई यसपालि निकै चर्चाका रुपमा हेरिएको छ ।

यसपालिको प्रतियोगितामा प्रथम हुने टिमले नगद ३५ हजार सहित प्रमाणपत्र हात पार्ने भएको छ । टेनिस बलद्धारा खेलाईने प्रतियोगितामा यसपालि पनि विगतका बर्षहरु झै जिल्लाका १६ भन्दा बढी टिमले प्रतिस्पर्धा गर्ने भएका छन । प्रतियोगितामा प्रत्येक खेलमा राम्रो खेल्ने खेलाडीलाई म्यान अफ द म्याच र पुरै प्रतियोगिता भरि उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीलाई म्यान अफ द सिरिज उपाधि बाट सम्मानित गरिने भएको छ । यसपालि प्रतियोगितालाई सभ्य अनि भब्य बनाउनका लागि ओलिगाउका विदेशमा रहेका ५ जना युवाले पनि आर्थिक सहयोग गरेका छन ।

cricket2

दक्षिण कोरियामा रहेका रतन रावल, राम रावल, साउदीमा रहेका रमेश रावल, टँक रावल र भरत रावलले १७ हजार आर्थिक सहयोग गरेका छन । यता अछाममा रहेको भुवन स्टेशनरि स्टोर लगाएत थुप्रै स्टेशनरि, पसल, विद्यालय लगाएतले प्रायोजक गरिरहेका छन भने जिल्लाका छापा तथा ईलेक्ट्रोनिक सञ्चार माध्यामले मिडीया पार्टनरको भुमिका निर्वाह गरिरहेका प्रतियोगिताका प्रचार प्रसार संयोजक तथा जिल्ला युवा सञ्जाल अछामका सचिव कमल रावलले बताउनु भयो । यसपालिको प्रतियोगिता मंगला बिकास क्लब ओलिगाउ र जिल्ला युवा संञ्जाल अछामको सयुक्त आयोजनामा हुन लागेको हो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पक्षघातको औषधि निःशुल्क उपलब्ध हुँदै बिमानस्थल ओर्लिने वित्तिकै बेहोस भएका चिनियाँ नागरिकको मृत्यु आफूमाथि कुटपिट गर्ने व्यक्तिविरुद्ध वरिष्ठ अधिवक्ता त्रिपाठीले दिए उजुरी दयाहाङको ‘कार्साङ’ ले ६ दिनमा कति कमायो? सैफ अली खानको अपार्टमेन्टमा कसरी प्रवेश गरे आरोपित ? भुटानी शरणार्थी प्रकरण: बेचन झालाई छाड्न सर्वोच्चद्धारा अस्वीकार गाजामा युद्धविरामले खुशीयाली, तीन चरणमा सम्झौता कार्यान्वयन हुने वरिष्ठ अधिवक्ता त्रिपाठीमाथि भएको आक्रमणको डीएलएद्वारा निन्दा जय ट्रफी : साहब आलम बने प्लेयर अफ द टुर्नामेन्ट, अरु को-को पुरस्कृत ? कांग्रेस र एमालेबीच कुनै समस्या छैन् : सभापति देउवा शेफअलीमाथि छुरा प्रहार : कस्तो छ घाइते अभिनेता खानको अवस्था? अधिवक्ता दिनेश त्रिपाठीमाथि हातपात गर्नेलाई कारबाही हुन्छ: गृहमन्त्री लेखक रविविरुद्ध रुपन्देहीमा पनि मुद्दा दर्ता हुँदै गायिका मेलिनाले गरिन् इन्गेजमेन्ट नेपाल पुलिस क्लबले जित्यो जय ट्रफीको उपाधि, सागरले लिए छ विकेट कसैले नछुटाएको भए आफू मारिने नै खतरा थियो :अधिवक्ता त्रिपाठी शेफअलीमाथि छुरा प्रहार : घटनाबारे बोल्यो परिवार, घरमा काम गर्ने तीन कामदार पक्राउ २८ लाखको बीमा हत्याउन प्रेमीसँग मिलेर श्रीमतिद्वारा श्रीमानको हत्या आशिका तामाङ थप पाँच दिन हिरासतमा रहने रविलक्षित बास्कोटाको कटाक्ष: बाघ र निलो रंगे स्यालको फरक कहिले छुट्टेला?