११ माघ २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

चितवन - CTW

क्यान्सरका कारण कैद भुक्तान गरिरहेका विदेशी नागरिकको मृत्यु

१४ भाद्र २०७४, बुधबार ०७:५२

भदौ १४, चितवन । चितवनको भरतपुर कारागारमा कैद भुक्तान गरिरहेका विदेशी नागरिकको क्यान्सर रोगका कारण आज बिहान मृत्यु भएको छ । 

खोटा चलन ९नक्कली पैसासम्बन्धी० मुद्दामा काठमाडौँ जिल्ला अदालतले २०७० वैशाख २ गते दोषी ठहर गरी कारागार चलान भएकी पाकिस्तानी नागरिक जुलेखा बानोको आज बिहान ७ बजे मृत्यु भएको भरतपुर कारागारका जेलर कमल काफ्लेले जानकारी दिए । 

उहाँका अनुसार स्तन क्यान्सरबाट पीडित बानोको उपचारकै क्रममा मृत्यु भएको हो । उनको शव परीक्षणका लागि भरतपुर अस्पतालमा राखिएको छ । पासपोर्ट नम्बर ए ३३७९५१८१ रहेकी उनको २०७६ वैशाख १ गतेसम्मका लागि कैद तोकिएको थियो । 

क्यान्सर भएपछि उपचारका लागि भन्दै उनलाई गएको फागुन ७ गते केन्द्रीय कारागार काठमाडौँबाट चितवन ल्याइएको थियो । यसअघि विराटनगर घर भएका ४२ वर्षीया अम्बिका कामतको स्तन क्यान्सरकै कारण गत साउन १९ गते मृत्यु भएको जिल्ला कारागार चितवनले जनाएको छ । 

यस्तै साउन १३ गते मकवानपुर हाँडीखोला घर भएका ४७ वर्षीय कैदी सीताराम विकको पनि कलेजोको क्यान्सरका कारण मृत्यु भएको काफ्लेले जानकारी दिए । गत चैत दोस्रो साता सिन्धुलीका ३५ वर्षीय अर्जुन गिरी र रुपन्देहीका ठगराज पौडेलको क्यान्सर रोगका कारण मृत्यु भएको थियो । 

भरतपुर कारागारमा अब एकजना क्यान्सर रोग लागेका कैदी छन् । कारागारमा अहिले पनि क्षमताभन्दा तेब्बर बढी कैदी र थुनुवा छन् । -रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह