काठमाडौँ | नेपालबाट भारततर्फ जाँदै गरेको ट्रकमा लाखौंको कृत्रिम यौन खेलौना (सेक्स टोय) फेला परेको छ । भारतीय नम्बर प्लेट युके १८ सीए २५७५ मा करिब २५ लाख रुपैयाँको यौन खेलौना नेपालबाट भारत लैजाँदै गरेको अवस्थामा फेला परेको बताइन्छ ।
सुनौलीबाट भारततर्फ जाँदै गरेको ट्रकमा एक हजार ३६९ थान त्यस्तो खेलौना भेटिएको प्रहरीले जनाएको छ ।
यौन खेलौना र गाडीसहित प्रहरीले भारतीय चालकलाई नियन्त्रणमा लिएर राजश्व अनुसन्धान कार्यालय बुटवल पठाइएको छ ।