धनबहादुर भण्डारी। भदौ १४, डडेल्धुरा। डडेल्धुरा र डोटी राजमार्ग छेउमा कलिला हातले कुटेको गिट्टी र जम्मा गरेको बालुवाले जिल्ला सदरमुकामका ठूलठूला निर्माण कार्य भइरहेका"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... धनबहादुर भण्डारी। भदौ १४, डडेल्धुरा। डडेल्धुरा र डोटी राजमार्ग छेउमा कलिला हातले कुटेको गिट्टी र जम्मा गरेको बालुवाले जिल्ला सदरमुकामका ठूलठूला निर्माण कार्य भइरहेका"/>
२०८२, १७ फाल्गुन आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

डडेलधुरा - DDL

कलिला हातले कुटेको गिट्टीले ठूलठूला भवन र सडक कालोपत्रे बन्दै

२०७४, १४ भाद्र बुधबार १२:०६

धनबहादुर भण्डारी। भदौ १४, डडेल्धुरा। डडेल्धुरा र डोटी राजमार्ग छेउमा कलिला हातले कुटेको गिट्टी र जम्मा गरेको बालुवाले जिल्ला सदरमुकामका ठूलठूला निर्माण कार्य भइरहेका छन् । 

सडक छेउका विपन्न र गरिब परिवारका बालबालिका विद्यालय समय अघिपछि प्रायः गरी हातमा हम्मर, कुटो र बालुवा जमा गर्ने बोरा समातेको अवस्थामा सडक छेउमा भेटिने गर्र्दछन् । 

गिट्टी कुट्ने रहर नभएर बाध्यता रहेको आयआर्जन कम भएका दलित र गरिब परिवारका मानिसको भनाइ रहेको छ । राजमार्ग आसपासका गाउँका पुरुष प्रायः रोजगारका लागि भारततिर जाने भएकाले र सो पैसाले घरखर्च चलाउन पनि मुस्किल पर्ने भएकाले महिला तथा बालबालिका दैनिक कामकाज चलाउनका लागि भए पनि सडक किनारामा गिट्टी कुट्ने कार्य गर्दै आएका छन् । 

गिट्टी कुटेर नै उनीहरुले आफूलाई आवश्यक पर्ने कापी कलमका साथै लुगाफाटोका लागिसमेत पैसा जमा गर्ने गरेको उनीहरुका आफन्तको भनाइ रहेको छ । आफ्ना आवश्यकता परिपूर्ति गर्नका लागि आफन्तसँग बालबालिकाले कुटेको गिट्टी र बालुवाले जिल्ला सदरमुकामका ठूलठूला भवन र सडक कालोपत्रेदेखि लिएर अन्य ठूलाठूला निर्माणका कार्य भइरहेका छन् । आफ्ना आवश्यकता पूरा गर्न बालबालिका आफ्ना आफन्तसँगैै राजमार्गको किनारामा पुग्ने गरेको गणेशपुरका रतना कामीले बताउनुभयो । 

राजमार्ग छेउछाउमा गिट्टी कुट्नका लागि नै बालबालिका बिहान बेलुका राजमार्ग छेउमा धाउँदै आएका छन् । जनज्योति प्रावि कक्षा ३ मा अध्ययनरत सविता विक विद्यालय समयपछि आफ्नी हजुर आमासँगै गिट्टी कुट्न सडक छेउ जाने गर्दछिन् । आफूले कुटेको गिट्टीबाट आफ्नो कापी किताबको खर्च जटाउने गरेको उनकी हजुरआमा कलावती विकले बताउनुभयो । 

कापी किताब मात्र नभएर घरको आवश्यक खर्च पनि त्यसबाट नै जुटाउँदै आएको हजुरआमाको भनाइ रहेको छ । बालबालिकाले समय मिलाएर कुटेको गिट्टीबाट दैनिक चार÷पाँच शय रुपैयाँसम्म पनि कमाई गर्ने गरेको कलावतीको भनाइ रहेको छ । 

कापी किताब मात्र नभएर घरको आवश्यक खर्च पनि त्यसबाट नै जुटाउँदै आएको हजुरआमाको भनाइ छ । बालबालिकाले समय मिलाएर कुटेको गिट्टीबाट दैनिक चार पाँचं सयसम्म पनि कमाइ गर्ने गरेको कलावतीको भनाइ छ । 

डडेल्धुराका राजमार्ग सडक छेउछाउका बालबालिकाले गिट्टी कुटेर पढाइखर्च जुटाउने गरेका छन् । विद्यालय समय बाहेक उनीहरु राजमार्ग छेउछाउमा ढुंगा जम्मा गरेर गिट्टी कुटिरहेको अवस्थामा भेटिने गर्दछन् । 

सडकको सुविधा र बजारको मागअनुसार विशेषगरी डडेल्धुरादेखि डोटी राजमार्गमा आफ्ना अविभावकसँगैं विद्यालय पोसाकमा बालबालिका पनि गिट्टी र बालुवा जम्मा गर्ने कार्य गरेका भेटिने गर्दछन् । केआइसिंह राजमार्गको रडुवा खोला, गजरउला, सकायल, बाण्डुरीशैन, सल्लाघारी, कोरालखोला, गोपीघाट, तिलताली जस्तै विभिन्न ठाउँमा बालबालिका आफ्ना आफन्तसँग गिट्टा बालुवा जम्मा गरी बेच्ने गर्दछन् । 

बालबालिकाले जम्मा गरेको गिट्टी बालुवा डडेल्धुरा सदरमुकाम र डोटी जिल्लाका विभिन्न स्थानमा भवन निर्माणका साथै सडक कालोपत्रे र अन्य निर्माणको प्रयोजनका लागि लैजाने गरेको निर्माण कम्पनी बताउँछन् । 

भिमदत्तराज मार्ग र केआइसिंह राजमार्ग छेउका गाउँका बालबालिका विद्यायलमा पढाइ सकिनेवित्तिकै ४ बजेपछि र बिदाका दिनमा प्रायः गिट्टी कुट्ने र बालुवा झिक्ने र जम्मा गर्ने काममा व्यस्त रहेका देखिन्छन् । आफ्ना आवश्यकता आफैँ जुटाउन र खाली समयको सदुपयोग गर्ने गरेको बालबालिका बताउँछन् । 

गणेशपुरका कक्षा ७ मा अध्ययनरत दीपक कार्की भन्छन्, “बुबा भारततिर हुनुहुन्छ आमा घरको काममा व्यस्त हुनुहुन्छ त्यसैले मैले पनि केही काम गरेर आफ्नो खर्च जुटाउन पर्छ” सोचेर खाली समय गिट्टी कुटेर बिक्री गर्ने गर्दछु ।” साँझ ४ बजेदेखि ७ बजेसम्म कम्तीमा पनि चारदेखि पाँच कट्टा गिट्टी फोडेर बेच्ने गर्दछु । दिनमा रु २०० देखि २५० कमाउने गर्दछु । यस्ले मेरो कापी कलम मात्र नभएर घरको आश्यकता समेत परिपूर्ति हुने गरेको कार्की बताउँछन् । 

घरमा आवश्यक साबुन, तेल, चिनी, चियापत्तीको समेत छोराको कमाइबाट जोहो गर्ने दीपककी आमा जानकी कार्कीले बताउनुभयो । 

जानकीका अनुसार आफ्नो छोरा अरु जस्तो नभएको बताउँछिन् । दीपकका साथीहरु बिहान र बेलुकाको समय खेलेर बिताउँछन् तर उनी हातमा हताँैडा र कट्टा लिएर सडक छेउमा गिट्टी कुट्न जाने गर्दछन् । 

गणेशपुर मावि विद्यालय कक्षा ७ मा नै अध्ययरत बालिका अमृता कार्की पनि दीपक जस्तै दिनहँु फुर्सदको समयमा गिट्टी कुटेर पढाइ खर्च जुटाउने गर्दछिन् । अमृता आफ्नो साथीसँग खेल्न जानुभन्दा पनि गिट्टी कुटेर समयको सदपयोग गरी आमाबाबुलाई सहयोग गर्ने गरेको बताउँछिन् । 

बालबालिका आफैँ भए पनि आम्दानीका पाटा खोजी गरेर आफूलाई सघाउँदै आइरहेको उनीहरुका अविभावकको भनाइ छ । उनीहरुले आफूले सक्दो काम गर्ने गरेको अभिभावक बताउँछन् । 

बालबालिकाले हामीलाई पनि आर्थिक रुपमा घरखर्चमा सहयोग गरिरहेका र सामाजिक हिसाबले देश निर्माणका ठूलठूला कार्यमा सहयोग गरिरहेका उनीहरुका आफन्त बताउँछन् । कानूनी रुपमा उनीहरुलाई काम गर्न नमिल्ने भए पनि पारिवारिक आर्थिक अवस्थाका कारणले उनीहरु बाध्य भएर सो कार्य गर्न विवश छन् । रासस (फाइल फोटो)


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
परिस्थितिलाई सम्हाल्ने तागत अहिले कांग्रेसका सभापति गगनकुमार थापासँग मात्रै छ: विश्वप्रकाश शर्मा ओलीद्वारा मध्यपूर्वमा पछिल्लो समय देखिएको तनावप्रति चिन्ता व्यक्त इजरायल–इरान यात्रा नगर्न सरकारको अनुरोध कांग्रेस सबै जातजातिको साझा पार्टी हो : गगनकुमार थापा इजरायलमा रहेका नेपालीलाई सतर्क रहन दूतावासको आग्रह निर्वाचन आचारसंहिता उल्लङ्घन गरेका आठ जनालाई कारबाही यूएई, बहरइन, कतार र कुवेतमा आक्रमण बीचमा थुप्रै उतारचढाव भए पनि अन्ततः सिंगै देश अहिले निर्वाचनमय भएको छ: प्रचण्ड चुनाव र होलीमा समेत बन्दी प्रत्यक्षीकरणका लागि सर्वोच्च खुला रहने अरुण नदीको बेलीब्रिज भाँचियो प्रविधिमैत्री बन्दै काठमाडौँ महानगरपालिकाका सामुदायिक विद्यालय निर्वाचन छल्न सिंगापुर उडे शेरबहादुर देउवा नेपाल राष्ट्र बैंकको स्वायत्तता कि राजनीतिक छाया ? जापानले ताइवान नजिकैको टापुमा सन् २०३१ सम्ममा मिसाइल तैनाथ गर्ने धादिङ बस दुर्घटनाको छानबिन गर्न सरकारले बनायो कार्यदल सावित्रा भण्डारीलाई गम्भीर चोट, एन्फाले बेवास्ता गर्दा समर्थकसँग मागिन सहयोग कसैले बुथ कक्जा गर्छु भन्छ भने कल्पना नगरे हुन्छ: ओली सामान्य अंकले घट्यो नेप्से बसभित्र च्यापिएका घाइतेको ५ घण्टापछि जीवितै उद्धार झुन्डिएको अवस्थामा एक किशोरी मृत फेला