२०८२, २८ फाल्गुन बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अछाम - ACM

जिल्लामै ठुलो धनराशिको क्रिकेट प्रतियेगिताको उपाधि आयोजक मंगला बिकास क्लबको पोल्टोमा

२०७३, २३ बैशाख बिहीबार १३:३२

achhamकमल रावल/ बैशाख २३, अछाम । जिल्लाको ओलिगाँउमा यहि बैसाख १७ गतेवाट सञ्चालित जिल्लाकै सर्वाधिक धनरासीको क्रिकेट प्रतियोगीताको उपाधी आयोजक मंगला विकास क्लव ओलिगाँउले हात पारेको छ ।

मंगला विकास क्लव ओलिगाँउ र जिल्ला युवा संजाल अछामको आयोजनामा भएको क्रिकेट प्रतियोगीताको बुधवार भएको फाईनल खेलमा बेताल क्रिकेट क्लव पायललाई ६ विकेटले पराजित गर्दै मंगलाले उपाधी उचालेको हो । पायलले पहिलो टस जितेर निर्धारित १५ ओभरमा ८ विकेट गुमाउदै ६४ रन बनाएको थियो । जवाफमा लक्ष पछ्यायको मंगला विकास क्लव ओलिगाँउले मात्र ११ ओभरमा ४ विकेट गुमाएर लक्ष भेट्टायको हो ।

उपधी बिजेता मंगला विकास क्लवले नगद रु ३५ हजार सहित प्रमाणपत्र हात पारेको छ भने उपबिजेता पायलले ८ हजारमा चित्त बुझाएको छ । प्रतियोगीतामा उत्कृष्ट प्रर्दशन गर्ने मंगला विकास क्लव ओलिगाँउका खेलाडी छत्रबिक्रम रावल म्यान अफ द सिरिज घोषित भए भने फाईनल खेलमा उत्कृष्ट प्रर्दशन गरेका मंगला विकास क्लवकै खेलाडी शिवराज स्वार म्यान अफ द म्याच घोषित भएका छन । प्रतियोगीतामा उत्कृष्ट ईम्पाएर दिपक युवा क्लव कालिकाका दिपक रावल र टंक स्मृति युवा क्लव जूपुका शैलेन्द्र रावललाई पनि सम्मानित गरिएको छ । प्रतियोगीतामा जिल्लाभरीका १६ वटा क्रिकेट क्लवले सहभागिता जनाएका थिए । मंगला विकास क्लव ओलिगाँउ र जिल्ला युवा संजाल अछामको आयोजनामा भएको प्रतियोगीतालाई भुवन स्टेशनरी स्टोर मंगलसेन, श्रृष्टी पुस्तक पसल मंगलसेन, ज्ञानकुञ्ज कम्प्यूटर सेन्टर मंगलसेन, पुष्प किराना पसल ओलिगाँउ, अनुष्का किराना पसल ओलिगाँउ र जनज्योती बोर्डिङ स्कुल ओलिगाँउले प्रायोजन गरी सहयोग गरेका थिए ।

यस्तै ओलिगाँउ निवासी बिदेशमा रहेका ५ जना युवाहरु रतन रावल, राम रावल, रमेश रावल, टंक रावल र भरत रावलले नगद रु १७ हजार आर्थिक सहयोग गरेका थिए । यसैविच ः प्रतियोगीताको आज एक समारोहका बिच समापन पनि गरिएको छ । क्लवका अध्यक्ष गणेश बहादुर रावलको अध्यक्षतामा भएको समापन समारोहका प्रमुख अतिथी पूर्व सभासद एवम नेकपा एमाले अछामका अध्यक्ष शेर बहादुर कुवर प्रमुख अतिथी रहनुभएको थियो । समापन समारोहमा निमित्त प्रमुख जिल्ला अधिकारी आनन्द शर्मा भुषाल र अनेरास्ववियूका पूर्व केन्द्रिय सचिवालय सदस्य एवम युवा नेता भिम बहादुर रावल बिशिष्ट अतिथी रहनुभएको थियो ।

कार्यक्रमका अन्य अतिथीमा जिल्ला शिक्षा कार्यालय अछामका प्रतिनिधी बिद्यासागर महतो, नेपाल राष्टिय शिक्षक संगठन अछामका अध्यक्ष नर बहादुर रावल, ट्रेड यूनियन कााग्रेसका क्षेत्रीय उपाध्यक्ष निर्मला रावल, अन्नपूर्ण उच्च मावि कालागाँउका पुर्व प्रधानाध्यापक कृष्ण रावल, मंगला नेरा उच्च माविका बि ब्य स अध्यक्ष मिनबहादुर रावल, मास्टर धर्म रावल, रेडक्रस उपशाखाका सभापति बलबहादुर रावल लगायतका अतिथीहरुले मन्तब्य राख्नुभएको थियो ।

मंगला विकास क्लवका उपाध्यक्ष हिक्मत रावलले बिदाई मन्तब्य राख्नुभएको समापन समारोहको चालु जिल्ला युवा संजाल अछामका सचिव कमल कुमार रावलले गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेपाललाई हिन्दूराष्ट्र बनाउने हो भने रास्वपालाई दुईतिहाइ पुर्‍याउन सहयोग गर्छौं: कमल थापा इनिसा विकको न्याय माग गर्दै माइतीघरमा प्रदर्शन मध्यपूर्व तनावका बीच कच्चा तेलको मूल्य प्रतिब्यारेल १०० डलर नाघ्यो इनिसा विक हत्या प्रकरणको थप अनुसन्धान अब सीआईबीले गर्ने खैरो हेरोइनसहित दुई युवक पक्राउ नाबालिकालाई बलात्कार गरेको आरोपमा दुई जना पक्राउ सोविता गौतमको चुनाव खर्च विवरण सार्वजनिक काठमाडौँमा खाना पकाउने ग्यास अभाव निर्वाचनमा हारपछि परिणाम स्वीकार्दै जनताको सेवामा निरन्तर रहने ओलीको प्रतिबद्धता सुन चाँदीको मूल्य घट्यो यूएईमा इरानको आक्रमणमा परेर हालसम्म १५ नेपाली घाइते वैदेशिक रोजगारीका लागि ग्रिस पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ सुर्खेतमा १६ वर्षीया बालिकाको मृत्यु प्रकरण : छानबिनको माग गर्दै पीडित परिवार आन्दोलित घाइते भएको हल्लाबीच इरानका सर्वोच्च नेता खामेनी सुरक्षित रहेको दाबी समानुपातिकतर्फको मतगणना सम्पन्न वायु प्रदूषणबाट सावधानी अपनाउन नेपाल प्रहरीको आग्रह रवि लामिछानेविरुद्धका मुद्दा फिर्ता विवादलाई पूर्ण इजलासमा पठाउन आदेश समानुपातिकतर्फको मतगणना अन्तिम चरणमा, रास्वपाको ५१ लाख ३९ हजार २३५ मत प्राप्त सुनको मूल्य बढ्यो, चाँदीको मूल्य स्थिर अबको प्रधानमन्त्री बालेन शाह हो, दायाँबायाँ कुरा गर्ने कसैलाई छुट छैन: राजुनाथ पाण्डे