२७ पुष २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अछाम - ACM

जिल्लामै ठुलो धनराशिको क्रिकेट प्रतियेगिताको उपाधि आयोजक मंगला बिकास क्लबको पोल्टोमा

२३ बैशाख २०७३, बिहीबार १३:३२

achhamकमल रावल/ बैशाख २३, अछाम । जिल्लाको ओलिगाँउमा यहि बैसाख १७ गतेवाट सञ्चालित जिल्लाकै सर्वाधिक धनरासीको क्रिकेट प्रतियोगीताको उपाधी आयोजक मंगला विकास क्लव ओलिगाँउले हात पारेको छ ।

मंगला विकास क्लव ओलिगाँउ र जिल्ला युवा संजाल अछामको आयोजनामा भएको क्रिकेट प्रतियोगीताको बुधवार भएको फाईनल खेलमा बेताल क्रिकेट क्लव पायललाई ६ विकेटले पराजित गर्दै मंगलाले उपाधी उचालेको हो । पायलले पहिलो टस जितेर निर्धारित १५ ओभरमा ८ विकेट गुमाउदै ६४ रन बनाएको थियो । जवाफमा लक्ष पछ्यायको मंगला विकास क्लव ओलिगाँउले मात्र ११ ओभरमा ४ विकेट गुमाएर लक्ष भेट्टायको हो ।

उपधी बिजेता मंगला विकास क्लवले नगद रु ३५ हजार सहित प्रमाणपत्र हात पारेको छ भने उपबिजेता पायलले ८ हजारमा चित्त बुझाएको छ । प्रतियोगीतामा उत्कृष्ट प्रर्दशन गर्ने मंगला विकास क्लव ओलिगाँउका खेलाडी छत्रबिक्रम रावल म्यान अफ द सिरिज घोषित भए भने फाईनल खेलमा उत्कृष्ट प्रर्दशन गरेका मंगला विकास क्लवकै खेलाडी शिवराज स्वार म्यान अफ द म्याच घोषित भएका छन । प्रतियोगीतामा उत्कृष्ट ईम्पाएर दिपक युवा क्लव कालिकाका दिपक रावल र टंक स्मृति युवा क्लव जूपुका शैलेन्द्र रावललाई पनि सम्मानित गरिएको छ । प्रतियोगीतामा जिल्लाभरीका १६ वटा क्रिकेट क्लवले सहभागिता जनाएका थिए । मंगला विकास क्लव ओलिगाँउ र जिल्ला युवा संजाल अछामको आयोजनामा भएको प्रतियोगीतालाई भुवन स्टेशनरी स्टोर मंगलसेन, श्रृष्टी पुस्तक पसल मंगलसेन, ज्ञानकुञ्ज कम्प्यूटर सेन्टर मंगलसेन, पुष्प किराना पसल ओलिगाँउ, अनुष्का किराना पसल ओलिगाँउ र जनज्योती बोर्डिङ स्कुल ओलिगाँउले प्रायोजन गरी सहयोग गरेका थिए ।

यस्तै ओलिगाँउ निवासी बिदेशमा रहेका ५ जना युवाहरु रतन रावल, राम रावल, रमेश रावल, टंक रावल र भरत रावलले नगद रु १७ हजार आर्थिक सहयोग गरेका थिए । यसैविच ः प्रतियोगीताको आज एक समारोहका बिच समापन पनि गरिएको छ । क्लवका अध्यक्ष गणेश बहादुर रावलको अध्यक्षतामा भएको समापन समारोहका प्रमुख अतिथी पूर्व सभासद एवम नेकपा एमाले अछामका अध्यक्ष शेर बहादुर कुवर प्रमुख अतिथी रहनुभएको थियो । समापन समारोहमा निमित्त प्रमुख जिल्ला अधिकारी आनन्द शर्मा भुषाल र अनेरास्ववियूका पूर्व केन्द्रिय सचिवालय सदस्य एवम युवा नेता भिम बहादुर रावल बिशिष्ट अतिथी रहनुभएको थियो ।

कार्यक्रमका अन्य अतिथीमा जिल्ला शिक्षा कार्यालय अछामका प्रतिनिधी बिद्यासागर महतो, नेपाल राष्टिय शिक्षक संगठन अछामका अध्यक्ष नर बहादुर रावल, ट्रेड यूनियन कााग्रेसका क्षेत्रीय उपाध्यक्ष निर्मला रावल, अन्नपूर्ण उच्च मावि कालागाँउका पुर्व प्रधानाध्यापक कृष्ण रावल, मंगला नेरा उच्च माविका बि ब्य स अध्यक्ष मिनबहादुर रावल, मास्टर धर्म रावल, रेडक्रस उपशाखाका सभापति बलबहादुर रावल लगायतका अतिथीहरुले मन्तब्य राख्नुभएको थियो ।

मंगला विकास क्लवका उपाध्यक्ष हिक्मत रावलले बिदाई मन्तब्य राख्नुभएको समापन समारोहको चालु जिल्ला युवा संजाल अछामका सचिव कमल कुमार रावलले गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
निर्वाचनका लागि कर्णालीमा नौ हजार सात सयभन्दा बढी ‘म्यादी’ प्रहरीको माग आयल निगम प्रतिस्पर्धी बन्नुपर्नेमा मन्त्री सिन्हाको जोड निर्वाचनमैत्री वातावरण बनाउनमा अध्यक्ष ओलीको जोड ‘बालेन-रवि सहयात्राले निर्वाचन सुनिश्चित भएको छ’ ग्रिनल्याण्डसँग अमेरिकाले ‘सजिलो’ वा ‘कडा’ तरिका प्रयोग गर्नेछ : राष्ट्रपति ट्रम्प कठिन परिस्थितिमा पनि प्रहरी सुरक्षामा प्रतिबद्ध छः प्रहरी महानिरीक्षक कार्की चार खानी मजदुरको निस्सासिएर मृत्यु एमालेको दोस्रो केन्द्रीय कमिटी बैठक सुरु निर्वाचन सुरक्षामा कुनै ‘कम्प्रोमाइज’ हुँदैन, ढुक्क भएर निर्वाचनमा भाग लिनुहोस्ः सशस्त्र प्रहरी प्रवक्ता थापा इयू र भारत व्यापार सम्झौताको नजिक विशेष महाधिवेशन पक्षधरको आजको कार्यक्रम स्थगन नेपाल पत्रकार महासङ्घका पूर्वसभापति दाहालको निधन कम्पनीको कागजात दुरूपयोग गर्ने उप्रेती पक्राउ यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर निर्वाचनमा सामाजिक सञ्जालबाट प्रवाह हुनसक्ने नकारात्मक सन्देशलाई रोकिने बारुदी सुरुङ तथा विस्फोटक पदार्थका विषयमा सरोकारवालासँग छलफल प्रधानमन्त्रीसँग निर्वाचन आयुक्तहरूको भेट : निर्वाचन आचारसंहिता माघ ३ गतेदेखि लागू हुने भेनेजुएलाका विपक्षी नेता मचाडोसँग आगामी हप्ता भेट्ने ट्रम्पको घोषणा कांग्रेसका झण्डाले सिँगारिए उपत्यकाका सडक दुबई उडेका युवक चार महिनापछि दिल्लीमा फेला