भास्कर के.सी/भदौ १४, कञ्चनपुर । यातायात व्यवस्था कार्यालय महाकाली अञ्चल कार्यालयमा कर्मचारी नहुदाँ सेवाग्रही मारमा परेका छन् । 

जाँच पास, लाईसेन्"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

भास्कर के.सी/भदौ १४, कञ्चनपुर । यातायात व्यवस्था कार्यालय महाकाली अञ्चल कार्यालयमा कर्मचारी नहुदाँ सेवाग्रही मारमा परेका छन् । 

जाँच पास, लाईसेन्"/>

११ माघ २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कन्चनपुर - KNC

यातायात कार्यालयमा कर्मचारी नहुदाँ सेवाग्राही मारमा

१४ भाद्र २०७४, बुधबार १६:४७


भास्कर के.सी/भदौ १४, कञ्चनपुर । यातायात व्यवस्था कार्यालय महाकाली अञ्चल कार्यालयमा कर्मचारी नहुदाँ सेवाग्रही मारमा परेका छन् । 

जाँच पास, लाईसेन्स नविकरण, सवारी दर्ता प्रमाण पत्र कर तिर्ने जस्ता कार्यहरु कर्मचारी नहुदाँ म्याद सकिन् लागेको र म्याद सकिसकेको नविकरण हुन नसक्दा बस, कार, जिप मोटरसाईकल, सवारी धनी र सवारी चालक मारमा परेका छन् ।  

१५–१६ दिन अगि देखि कर्मचारी नहुँदा यातायात सम्बन्धी कार्य टप्प भएकोले, बाटोमा चेक जाँच गर्ने वसेको ट्राफिकले जाँच पास, कर तिरेको र लाईसेन्स हेर्ने गर्दछ, यता कार्यालयमा कर्मचारी नहुनाले समयमै नविकरण र गाडीको जाँच पास हुन सकेको छैन, जसका कारण ट्राफिक प्रहरीलाई जरिवाना तिर्नु परेको छ । यता म्याद बढ्दै जाँदा डबल दस्तुर तिनु पर्ने, साथै पहाड बाट आउने चालक, गाडी साहु काम नभै खाली बसेर फिर्ता जानु परेको छ, कर बढ्दै गएकोले दोहोरो मारमा परेको महाकाली जिप तथा टेम्पुका अध्यक्ष ललित बहादुर सिंहले बताउनु भयो ।

कार्यालय प्रमुख वासुदेव रेग्मीको कोठामा ताला लागेको छ भने १७ जना कर्मचारी रहेको कार्यालयमा ३ जना मात्र कर्मचारी रहेका छन् । त्यसमा पनि केही कर्मचारी फेसबुकमा मस्त रहेका छन् ।

 हाजिर हुनेमा ना.सु.नन्द राज भट्ट, मिरा पौडेल, त्रिलोक सिंह रावल, र कार्यालय सहयोगी शिव प्रसाद जोशी छन् त्यसैगरी विभिन्न काम देखाई विदामा बसेका अनिल चन्द, गंगा अर्याल र विमल सिंह विष्ट, छन् विभिन्न काज र तालिममा रहेका योगेश पौडेल, लोक बहादुर खड्का छन् ।


जिपकार नक्कली कृते गरी पास गरेको आरोपमा निम्न कर्मचारी निलम्बीत छन् नरेन्द्र राज जोशी, दिपक थापा ईजिनियर, हेमन्त बहादुर सिंह, महादेव भट्ट ना.सु, तारा दत्त भट्ट ना.सु, श्याम कृष्ण ओझा, केशब दत्त बडु  रहेका छन् । भने प्रविधिक सूर्य प्रसाद ओझा १३ गते मंगलबार १ दिन हाजिर भइ पुनः काठमाडौ हिडेका छन् । 

यसरी कार्यालयमा कोही नहुदा सेवाग्रही त मारमा नै परेका छन्, भने अहिले कार्यालयको जिम्मेवारी सम्मालेका नासु नन्द राज भट्ट यसरी कार्यालय खोलनु भन्दा बन्द गरेको भए राम्रो हुने बताउछन् । पटक पटक हामीले केन्द्रमा खबर गर्दा पनि केही हनु सकेको छैन् उक्ता सेवाग्राहीले सेवा नपाउदा रिसको आवेगमा आउने बताउनु हुन्छ ।

माधव राज पन्तले १२ दिन अगाडी देखि लाइसेन्स नविकरण गर्न आएको तर कर्मचारी नहुनाले समयमै लाइसेन्स नविकरण हुन नसक्दा अब आफु डबल दस्तुरमा परेका बताउनु भयो । 

यसरी कर्मचारीको र यातायात कार्यालयको लापरवाहीले हुने नोक्सानीको पनि हामिले नै तिर्नु पर्ने भन्दै आक्रोश पोखे । लाइसेन्स नविकरणको हकमा युजर आई डि भएको मान्छे हुन्छ, वहाँ (सूर्य प्रसाद ओझा) हिजो एक दिन आएर पुनः काठमाण्डौ गएकोले नविकरण हुन नसकेको नासु भट्टले बताउनु भयो । कार्यालयको ढिला सुस्तीले गर्दा समयमै नविकरण हुन नसके पनि सेवाग्राहीले जरिवाना अनिविार्य तिर्नु पर्ने बताए । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह