Skip to content
Saturday, July 18, 2026 समाचार, वैदेशिक रोजगार र समसामयिक जानकारी
२०८२ जेठ ३० गते, साँझ ८:१७ बजे मुख्य समाचार, समाज

ललितपुरमा जुवातास खेलिरहेका १३ जना घरबाटै पक्राउ

By साझासवाल 1 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

काठमाडौँ । ललितपुरको महालक्ष्मी नगरपालिका–९ लुभुबाट जुवातास खेलिरहेको अवस्थामा १३ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ।

उनीहरूलाई बुधबार साँझ लामाटार ज्याकटा टोल निवासी ४० वर्षीय जोसिराज राईको घरमा जुवा खेलिरहेका बेला पक्राउ गरिएको हो।

काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय, शाखा कार्यालय ललितपुरबाट खटिएको प्रहरी टोलीले उनीहरूको साथबाट नगद ३ लाख ४७ हजार ६ सय ३५ रुपैयाँ, १३ थान मोबाइल फोन र ८ बुक तास बरामद गरेको जनाएको छ।