२०८२, १९ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अछाम - ACM

तेस्रो नगर स्तरिय क्रिकेट प्रतियोगिताको उपाधि मंगला बिकास क्बल ओलिगाउ लाई

२०७३, २६ बैशाख आईतवार १३:४३

cricket achhamकमल रावल, बैशाख २६, अछाम । मंगलसेनमा सम्पन्न तेस्रो नगर स्तरिय क्रिकेट प्रतियोगिताको उपाधि मंगला बिकास क्बल ओलिगाउले हात पारेको छ । आईतबार भएको फाईनल खेलमा आयोजक द सनराईज क्रिकेट क्लब मंगलसेन ५ लाई १ विकटले पराजित गर्दै ओलिगाउले उपाधि हात पारेको हो ।

टस जितेर ओलिगाउले पहिले फिल्डीग गर्ने निर्णय गरेपछि ब्याटिग गरेको आयोजक मंगलसेन ५ ले निर्धारित १५ ओभरमा ४ विकेटको क्षतिमा ९३ रन बनाएको थियो । ९४ रनको लक्ष्य पछयाएको ओलिगाउले खेलको अन्तिम ओभरमा जित हासिल गरेको थियो । अन्तिम ६ बलमा ५ रन चाहीएको बेला खेलको अन्तिम नतिजा अन्तिम बलमा निस्केको थियो । अन्तिम बलमा २ रन चाहीएको अबस्थामा २ रन बनाएर ९ विकेटको क्षतिमा ओलिगाउले रोमाञ्चक जित हात पारेको हो ।

मंगलसेनका लागि सुनिल विष्टले ४९ रनको उत्कृष्ट पारि खेले पनि आफनो टिम लाई हार बाट टार्न सकेनन । उपाधि जिते संगै ओलिगाउले शिल्ड, प्रमाणपत्र सहित नगद २५ सय हात पारेको छ । प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गरेका आयोजक द सनराईज क्रिकेट क्लब मंगलसेन ५ का ब्याडसम्यान सुनिल बिष्ट म्यान अफद सिरिज, उत्कृष्ट वलिग र अनुशासित खेलाडीको पुरुस्कार मंगला बिकास क्लब ओलिगाउका कप्तान कमल रावल र उत्कृष्ट फिल्डरको पुरुस्कार आयोजकका ज्ञानेन्द्र विकले हात पारेका छन । फाईनल खेलको अम्पायर गरेका मंगलसेनका हिमाल ढुगानालाई समेत पुरुस्कार दिईएको थियो ।

क्लबका अध्यक्ष केशर विकको अध्यक्षतामा भएको समापन कार्यक्रममा थापा कम्प्युटर ईन्टरप्राईजेजका प्रोपराईटर हर्क थापा प्रमुख अथिती र समाजसेवि दिनेश विश्वकर्मा विशिष्ट अथिती रहनु भएको थियो । पुरुस्कार हात पार्न सफल सबै खेलाडीलाई प्रमुख अथिती, विशिष्ट अथिती, अध्यक्षले प्रमाणपत्र सहित पुरुस्कार वितरण गरेका थिए ।

द सनराईज क्रिकेट क्लब मंगलसेन ५ को आयोजना थापा कम्प्युटर ईन्टरप्राईजेज र प्रभात अटो पार्टस मगलसेनको प्रायोजनामा प्रतियोगिता भएको थियो । यहि बैशाख २३ गते बाट सुरु भएको प्रतियोगितामा नगरपालिका भित्रका ८ वटा टिमले सहभागिता जनाएका थिए ।

achham 1

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रियसभा उपाध्यक्ष पदको निर्वाचन २३ चैतमा हुने रास्वपाबाट सभामुखको लागि डीपी अर्याललाई प्रस्ताव गर्ने निर्णय सदनमा मेरो भूमिका पक्ष विपक्ष भन्दा पनि निष्पक्ष हुनेछ: महावीर पुन प्रतिनिधि सभामा तीन अध्यादेश पेश संसदकाे दाेस्राे बैठक २२ चैत्रमा बस्ने जनताको मतबाट आएको यो सरकार जनताको हितमा समर्पित होस्: ज्ञानेन्द्र शाही एमसीसी खारेज गर्नुपर्छ: हर्क साम्पाङ देश जलाउने खलपात्रलाई नायक बनाइयो : सांसद थापा सिंहदरबार चलाउन होइन, बदल्न आएका हौं: रवि लामिछाने पूर्वयुवराज पारस शाह अस्पताल भर्ना प्रतिनिधि सभा बैठक सुरु हुने बित्तिकै एमाले माग्यो समय,ओली र लेखकलाई तुरुन्त रिहा गर्न माग सरकारले राजस्व चुहावट नियन्त्रणलाई अभियानको रुपमा सञ्चालन गर्ने २७ दिनपछि इनिसाको शव बुझ्दै आफन्त काठमाडौँ महानगरपालिकाले वैशाख १ गतेदेखि रात्रिकालीन बस सेवा सञ्चालन गर्ने यात्रुलाई तानातान गरेको आरोपमा ४८ जना पक्राउ रवि लामिछानेले प्रतिनिधि सभा बैठकमा सम्बोधन गर्ने सुनचाँदीको मूल्य घट्यो यस वर्ष एसईईमा ५ लाख १२ हजार बढी विद्यार्थी सहभागी हुँदै दीपक खड्का र रेखा शर्मालाई रिहा गर्न अस्वीकार वीर अस्पतालमा कडाइ, ढिलो आउनेको आधा दिनमात्र हाजिरी