चिसाङ शेर्पा | भदौ १५, खोटाङ | फर्जी विधार्थी भर्नागरी विद्धालय सञ्चालन भइरहेको रहस्य खुलेपछि खोटाङमा एक विद्धालय ५ महिनायता पुर्णरुपमा वन्द छ । लामीडाडाँ "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

चिसाङ शेर्पा | भदौ १५, खोटाङ | फर्जी विधार्थी भर्नागरी विद्धालय सञ्चालन भइरहेको रहस्य खुलेपछि खोटाङमा एक विद्धालय ५ महिनायता पुर्णरुपमा वन्द छ । लामीडाडाँ "/>

2026-08-27 01:59 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खोटाङ्ग - KTG

खोटाङमा फर्जी विद्यार्थी भर्ना गर्ने बिद्यालय ५ महिनादेखी वन्द, वच्चा कहाँ पढाउनु ?


चिसाङ शेर्पा | भदौ १५, खोटाङ | फर्जी विधार्थी भर्नागरी विद्धालय सञ्चालन भइरहेको रहस्य खुलेपछि खोटाङमा एक विद्धालय ५ महिनायता पुर्णरुपमा वन्द छ । लामीडाडाँ (रावावेशी) गाउँपालिकाको ६ नम्बर वडा हौंचुरस्थित पञ्चकन्या आधारभुत विद्धालय वन्द भएको रहस्य खुलेको हो ।

गतवर्ष भदौ २९ गते विजुली सर्ट भएर जलेको विद्धालय ७ महिना न्युन विधार्थी संख्यामा चलिरहेको भए पनी जिल्ला शिक्षा कार्यलयको छड्के चेकजाँचमा पर्दा जिल्ला शिक्षा कार्यलय खोटाङमा देखाएको रेकर्ड अनुरुप विद्धालयमा विधार्थी नभएपछि विद्धालयमा कर्मचारी समायोजन गर्न शिक्षा कार्यलयको निर्देशन अनुसार विद्धालय व्यवस्थापन समितिले शिक्षक भागवण्डा गर्न खोज्दा संगठितरुपमा ‘हामी वस्न पाउँदा चारै जना वस्ने र नपाउंदा चारै जना काजमा सरुवा जाने’ भनि विद्धालयप्रती गैर जिम्मेवारी, अनुत्तरदायी र प्रक्रियागत त्रुटि गर्दै चारैजना शिक्षक काजमा सरुवा जाँदा गत शैक्षिक सत्र बैशाखदेखी विद्धालय पुर्णरुपमा वन्द छ ।

खोटाङकै ईतिहासमा विद्धालयका प्रधानाध्यापक मणिराज गुरुङले हौंचुरका जालपा, दिक्तेल पढ्न गएका विधार्थीहरुको फर्जी भर्नागरी चार शिक्षकको दरवन्दी थमौती गरेर एकाधिकार तवरमा सञ्चालन गरिरहेको विद्धालयमा भएको १० जना वरावरको विधार्थीहरु समेत अभिभावकले विद्धालयवाट निकालेर अन्यत्र पढाउँन लगेपछि विद्धालय शुन्यमा झरेको हो । अहिले विद्धालयमा जाने वाटोनै मेटिएको तथा कक्षाकोठाभित्र झारपात पलाउन थालको छ, विद्धालय वरीपरी घाँसेमैदान भएको छ । 

‘प्रधानाध्यापक आफै स्थाई शिक्षक भएकाले तपाईहरु काज सरुवा जानुस विधार्थीसंख्या पर्याप्त भएमा काज फिर्ता गराउने भनि सहमती गरेर विद्धालय सञ्चालन गर्नुपर्नेमा विना सहमती अनुसार संगठित भई चारैजना शिक्षक काज सरुवा जादा गाउँभरीका लालावाला पढ्ने विद्धालय ५ महिनायता वन्द रहेको विद्धालय व्यवस्थापन समितीका अध्यक्ष मोहन कुमार गुरुङले बताउनुभयो । स्थानीय तहको निर्वाचनले लाभान्वित उपभोक्ताहरुलाई एक गराएर विव्यासको वैठक गराउन नसकिएको स्वीकार्दै शुक्रवार स्थानीय तहको निर्वाचनवाट चुनिएका लामीडाडाँ रावावेशी गाउँपालिका अध्यक्ष, हौचुरका अध्यक्ष, जनप्रतिनिधीलाई सम्मान, भुकम्प प्रतिरोधी विद्धालय वालमैत्री कक्षा निर्माणका लागि स्थानीय जनसहभागिता वाहेक अनुमानित १३ लाख वरावरको प्रस्तावपत्र पेश तथा अभिभावक भेलाको आयोजनामा विद्धालयको आर्थिक दुरुपयोग आँकलन प्रतिवेदनसमेत प्रस्तुत गर्नुभएको थियो ।

विभिन्न शिर्षकमा विद्धालयका प्रअले १३ लाख ३४ हजार ९ सय ४९ रुपैयाँ दुरुपयोग गरेको प्रतिवेदनमा प्रस्तुत गर्दै अहिलेसम्म विद्धालयका लागि आवाश्यक विभिन्न सामग्री खरिद गरेका विल भर्पाई आफुलाई नदेखाईएको तथा अध्यक्षको नाममा वैंक खाता नभएका र हस्ताक्षर नभएको विलहरु अबैधानिक हुने तथा त्यो कही पनी पास नहुने अध्यक्ष गुरुङले बताए । हिनामिना भएको रकम तुरुन्त सार्वजनिक गराई विद्धालय सुचारु गर्नसमेत कडा चेतावनी दिए ’  

यद्यपी, विव्यास अध्यक्ष गुरुङसहित २०७२ साउनदेखी ०७३ असारसम्म सार्वजनिक सुनुवाई भएको रेर्कड विधालयमा रहेको प्रधानाध्यापक मणिराज गुरुङले बताए । ०७३ साउनदेखी ०७४ असारसम्मको आयव्यायको सुनुवाई आगामी भदौ ३० मा गरिने उहाँको भनाई छ । आर्थिक दुरुपयोग प्रतिवेदन सत्य नभएको जिकीर गर्दै व्यक्तिगत खललका निम्ति आरोप लगाईएको बताउनुभयो । विद्धालयमा भएको हरेक गतिविधीका रेर्कड सबै जलेपछि झुठो लाल्छना लगाईएको बताउँदैे प्रतिवेदनमा रहेको आर्थिक तथा भौतिक विषयको आरोप निराधार भएको बताए ।

प्रअ गुरुङले विव्यास अध्यक्षसंग कुनै सहकार्य गरी काम नगरेका, लामो समय सार्वजनिक सुनवाई नगर्ने, शिक्षक विदा रेकर्ड नपेस्ने लगायत विव्यास अध्यक्ष तथा अभिभावकको भेलावाट आर्थिक दुरुपयोग भएको व्यापक गुनासो आएपछि ७ सदस्यीय छानविन समिति गठन गरिएको छ । केशर बहादुर गुरुङ, राम कुमार राई, राम बहादुर गुरुङ, पृथ्वी गुरुङ, डम्बर गुरुङ, मिना राई र कृष्णकुमारी गुरुङ रहेका छन् । छानविन समितिले भदौ ३० गतेसम्म सत्यतथ्य छानविन गर्नेछ ।

‘आफ्नो वडामा वन्द भएको विद्धालय खुलाउन र आर्थिक पारदर्शिता गराउन कुनै कसुर वाँकी नराखी न्यायनिसाप दिलाउने वडाध्यक्ष यज्ञनारायण श्रेष्ठले बताउनुभयो । विद्धालय सुचारुका लागि २ पटक वैठक वसिसकेका छौ, फयाक्ट नतिजा आएको छैन अब भदौ ३० पछि ठोस निर्णयमा पुगिने श्रेष्ठले बताए ।’

‘वालवालिकाको भविष्यमाथी खेलवाड गर्ने अधिकार कसैलाई नभएको यदि खेल्न खोजिएमा त्यस्तालाई निमिट्यान्न पारिने लामीडाडाँ गाउँपालिका प्रमुख लिलानाथ निरौलाले बताए । शिक्षाजस्तो संवेदनशिल क्षेत्रमा चरम लापारवाही हुंदा आफु हेरेर नवसिने र तुरुन्त समस्या सल्टाउन रातादिन लागि पर्ने र ५ वर्षसम्म उतm विधालयको ठेक्का आफुले लिने बताए । लाभान्वित उपभोतmाको सहयोग भए चाँडै विद्धालय सुचारु गर्ने वातावरण सिर्जनागरी अंग्रेजी पाठयक्रमबाट पठनपाठन सुरु गर्नुपर्ने उहाँको भनाई रहेको छ । 

आमावुवापछिको अभिभावक शिक्षकवाटै फर्जी विधार्थी भर्नागरी प्रशासनिक खर्च, छात्रबृत्ति, लगायतका विभिन्न शिर्षकमा छुटिएको राज्यको सम्पत्ती कुम्लाउने, गाउँलेहरुलाई मुर्ख बनाउँने शिक्षकहरुवाट समाज र समुदायले के अपेक्षा राख्ने भन्दै आभिभावक आक्रोस बनेका छन् । विद्धालय खुल्ने कुनै संकेत नहुंदा स्थानीयहरु आफ्ना छोराछोरी कहाँ पढाउने र कसो गर्ने भनेर चिन्तित बनेका छन् ।

विद्धालय वन्द भएको ५ महिना भयो, वच्चा कहाँ पढाउनु ?


लामीडाडाँ रावावेशी गाउँपालिका हौँचुर ६ का रुपा राईको काखको वच्चासहित अहिले ३ जना छोराछोरी छन् । विद्धालय सामुन्ने नै घर भएका राईका १ साना नानी साँढे २ घण्टाको वाटो हिडेर जालपाको विद्धालयमा पढ्न जान्छन् । ‘अर्को एउटा बच्चा स्कुल लगाउने वेला हुन लागेको छ अव कहाँ पढाउने ? नानीहरु पढाउँनकै लागि वसाईसराई गर्ने कुरा आएन घरवारी खेतीपाती यतै छ । घर अगाडी स्कुल त छ कहिले खुल्ने थाहा छैन नानी दिनदिनै ठूलो हुदैछ । रुपाले लजाउँदै निरासा मुद्रामा आफ्नो पिडा सुनाए’

‘हाम्रो घर छिमेकमा काका, दाईको ४ जना छोराछोरीहरु स्कुल पढाउने वेला भईसकेको छ । कहाँ कुन स्कुलमा पढाउँन लैजाने होला घरैमुनी भएको विद्धालय स्वार्थका कारण वन्द भईगयो । हेर्नुस त शुक्रवार यति सानासाना नानीहरु अहिले ३ वजे यहाँ आईपुग्दै छन् । जालपावाट हौँचुरमा आउँने विधार्थीहरु देखाउँदै स्थानीय युवा अमिर गुरुङले सुनाए । उनले थपे ‘अव त नानीहरु पढाउँन दिक्तेल र जालपा वाहेक विकल्प छैन । पैसा हुनेले कोठाभाडा लिएर पढाउँछन् नहुने त यतिकै हो ।’ लामीडाडाँ (रावावेशी) गाउँपालिका हौंचुर ५ पोखरी चामखर्कस्थित पञ्चकन्या आधारभुत विधालय वन्द भएको ५ महिनापछिको अभिभावक भेलामा भेटिएका यि पात्रहरुजस्ता व्यक्ति हौचुरमा धेरै छन् ।

१ सय ५० घरधुरीका विधार्थीहरु जम्मा हुने पञ्चकन्या आधारभुत विधालयमा २०६५ पछाडी पहिलेको अनुपातमा ५० प्रतिशत विधार्थीहरु घट्न थालेको ०५६ सालवाट सोही विद्धालयमा सहयोगी भई ०६२ भदौ १ सम्म शिक्षण गरेका पुर्व शिक्षक राम कुमार राईले बताए । ०२१ सालमा स्थापना भएको विद्धालयमा आफुले अध्यापन गराउँदा २ सय माथी विधार्थीहरु हुनेको गरेको थियो । पछिल्लो अवस्थामा शिक्षा प्रणाली, शिक्षण विधि नयाँनयाँ आए पनी ‘सर्टिफिकेटमात्र देखाउने, क्षमता नहुने’ शिक्षकहरुवाट पढाई तथा विधार्थीमुखी क्रियाकलाप नहुनुले विधार्थीसंख्या घट्न थालेको उहाँको भनाई रहेको छ ।

अभिभावक भगत भुजेलका अनुसार ‘विधालयका प्रधानाध्यापकको एकलौटी शासनले गर्दा विधार्थीमुखी भन्दा नि विधालय भौतिक संरचनामुखी भएकोले अहिले विद्धालय वन्द हुन पुगेको बताएका छन् । भौतिक संरचनाहरु भइरहेको ठाउँमा पनि फेरी बनाउने काम भएको हो । विद्धालयमा अझैपनी खानेपानी छैन । घेरावार, प्लाष्टर, विज्ञान प्रयोगशाला कक्षाकोठा व्यवस्थापन पहिलो काम गर्नुपर्नेमा चर्पीमाथी चर्पी बनाएर प्रअ ठेक्कापट्टाको काममा चासो राखेको उनले बताए ।’

गतवर्ष भदौ २९ मा जलेको अफिस पछाडी २ कोठे पुर्वपट्टि फर्किएको टिनको छानोलाई सुधारगरी पक्की बनाईएको एकवटा चर्पी छ । सामुन्ने त्यही चर्पीको अगाडी अर्को २ कोठे पक्की चर्पी पनि रहेको छ । फर्जी विधार्थी भर्नागरी विधालय सञ्चालन गरेको थाहा पाएपछि जिल्ला शिक्षा कार्यलयको छड्के चेकजाँचपछि जिल्ला शिक्षा कार्यलयमा देखाए अनुसारको विधार्थी नहुंदा विधालयमा थप विधार्थीसंख्या अध्ययन गर्दा कम्तीमा १० जना भएको पाईएपछि आरपि राज कुमार राईसहित विधालय व्यवस्थापन समितिका अध्यक्ष मोहन कुमार गुरुङले विधार्थी संख्या अनुसार शिक्षक समायोजन गर्न खोज्दा प्रधानाध्यापक मणिराज गुरुङसहित शिक्षकहरु संगठित भई नियम विपरीत चारैजना काज सरुवा हुंदा विधालयमा भएका केही विधार्थीहरु समेत अभिभावकले दिक्तेल, जालपा, काठमाडौ, तराई लगेपछि विधालय पुर्णरुपमा वन्द रहेको पुर्व शिक्षक प्रेम वहादुर गुरुङले बताए । 

 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सर्वदलीय बैठकले गर्‍यो १० बुँदे साझा संकल्प प्रधानमन्त्री शाह नुवाकोट पुगे नारायणी नदीबाट बाढीमा बगेका ६७ शव संकलन, खोजी तथा पहिचान कार्य जारी विपत्तिमा सबै शक्ति परिचालन गर्नुपर्छ : गगन थापा उद्धार र राहतपछि पुनरुत्थान हुँदै पुनर्निर्माणमा अघि बढ्नुपर्छ : अर्थमन्त्री वाग्ले राष्ट्रिय संकटमा एकजुट हुन प्रचण्डको आग्रह, खोजी–उद्धार र राहतमा साझा कार्ययोजना बनाउन जोड  सुनचाँदीको मुल्य घट्यो रसुवा बाढी : मृत्यु संख्या १७५ पुग्यो, २८ देशका ४७६ जना अझै बेपत्ता रास्वपा संसदीय दलको आकस्मिक बैठक बस्दै नेप्से परिसूचक ३५.९२ अंकले घट्यो जुनसुकै चुनौती सामाना गर्न सक्ने राष्ट्रिय सामर्थ्य हामीसँग छ: रवि लामिछाने भोटेकोशी–त्रिशूली बाढीको ठूलो क्षतिः १९ पुलमा क्षति, ४० किलोमिटर सडक भत्कियो भोटेकोशी बाढीबाट ३८४ पर्यटक सम्पर्कविहीन कोशी नदी खतरा तहमा, सुनसरी–सप्तरीमा सतर्कता अपनाउन आग्रह मन्त्रिपरिषद् बैठकका १० निर्णय सार्वजनिक रसुवा, नुवाकोट र धादिङ तीन महिना संकटग्रस्त क्षेत्र घोषणा प्रतिनिधि सभाको बैठक शुरू भोटेकोशी बाढीको त्रासः नुवाकोट र धादिङमा ७ शव फेला, खोजी तथा उद्धार जारी रसुवा हुँदै आएको बाढीले धादिङको सदरमुकाम जाने फुर्केखोलाको पुल बगायो प्रधानमन्त्री शाहले बोलाए मन्त्रिपरिषद्को बैठक