४ माघ २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अछाम - ACM

अछाम जिल्ला अदालतले कानून दिवस मनायो

२७ बैशाख २०७३, सोमबार ०४:०२

होम साउद/बैशाख २७, अछाम । कानून दिवस २०७३ को अवसरमा अछाम जिल्ला अदालतले न्यायमा पहुंचका लागि समुदायमा अदालत बिषयक कार्यक्रम सम्पन्न गरेको छ ।

दिवसको अवसरमा आयोजित उक्त कार्यक्रममा कानूनका बिबिध बिषयबस्तुवारे बिचार बिर्मश गरिएको छ । अछाम जिल्ला अदालतका न्यायधिस हरिप्रसाद शर्मा उपाध्याय पंज्ञनीको अध्यक्षता एवम अछामका प्रमुख जिल्ला अधिकारी यामप्रसाद सुवेदीको बिशेष आथित्यतामा कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रममा बोल्दै जिल्ला न्यायधिस पंज्ञनीले लोकतन्त्र, प्रजातन्त्र र न्यायको शासन भएमा मात्रै समाज सफल र सुन्दर हुने बताँउनुभयो । लोकतन्त्र र बिधिको शासननै धमिलिएको अवस्थामा न्याय क्षेत्रलाई पनि अप्ठेरो पर्ने उल्लेख गर्नुभयो ।

यस्तै नागरिकले पनि सहि समयमा सकारात्मक कुराको जाँनकारी गराएमा न्याय सम्पादनमा थप सहयोग हुने उहाँको भनाई छ । यस्तै कार्यक्रमका बिशेष अतिथी प्रमुख जिल्ला अधिकारी यामप्रसाद सुवेदीले स्वतन्त्र, निष्पक्ष र सक्षम न्यायपालिका नै लोकतन्त्रको प्रमुख विषय भएकाले कानून दिवसले पनि न्यायपालिकालाई त्यसतर्फ उन्मुख हुन थप प्रेरणा दिने बिश्वास ब्याक्त गर्नुभयो ।

उक्त कार्यक्रममा अछामका प्रहरी नायव उपरिक्षक डिएसपी निरञ्जनदत्त भट्ट, अछामका स्थानिय विकास अधिकारी शिवप्रसाद हुमेगाई, जिल्ला सरकारी वकिल ईश्वरदत्त जोशी, जिल्ला वार ईकाई अछामका अध्यक्ष कृष्णप्रसाद ढुंगाना, नेपाल पत्रकार महासंघ तथा रामारोशन दैनीकका प्रकाशक नरेशकुमार शाही, अपाँग उत्थान समूहका अध्यक्ष जंग बिक, महिला अधिकार मञ्च अछामकी अध्यक्ष अप्सरा कुवर लगायतले मन्तब्य राख्नुभएको थियो ।

कार्यक्रममा अदालतका श्रेस्तेदार दिपेन्द्रनाथ योगीले कार्यक्रमको उद्देश्य र नेपालमा कानूनको अवस्थावारे प्रकाश पार्नुभएको थियो । अदालतका नायव सुब्बा दिलनाथ राय यादवको स्वागत मन्तब्यवाट सुरु भएको उक्त कार्यक्रमको सञ्चालन भुमिनन्द उपाध्यायले गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता निर्वाचन तोकिएकै समयमा हुन्छः संयोजक दाहाल लागूऔषध खैरो हेरोइन सहित एक जना पक्राउ गाजा शान्ति परिषद् गठन गर्ने ट्रम्पको घोषणा सुशासनको सुरुआत आफूबाटै हुनुपर्छः मन्त्री इङ्नाम युनलाई पाँच वर्ष कैद प्रधानमन्त्री कार्कीसँग घेदुङको प्रतिनिधिमण्डल भेट भूकम्पीय क्षति घटाउन पूर्वतयारी आवश्यक छः गृहमन्त्री अर्याल विगतका निर्णय र नजिरका आधारमा कांग्रेसको विवाद समाधान गर्न कार्यवाहक सभापति खड्काको आग्रह अन्तर्राष्ट्रिय लगानी र कूटनीतिक संवादतर्फ भेनेजुएलाको नयाँ दृष्टिकोण प्रतिनिधिसभा निर्वाचनः आज निर्वाचन अधिकृतको कार्यालय स्थापना हुँदै यस्तो रहने छ आजको मौसम सुनचाँदीको मूल्य वृद्धि धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’