२७ पुष २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अछाम - ACM

जाप्नीज इन्सेफलाइटिस रोगविरुद्धको खोप अभियान आईतबार देखि शुरु

२७ बैशाख २०७३, सोमबार ०४:०३

कमल रावल/बैशाख २७, अछाम । जाप्नीज इन्सेफलाइटिस रोगविरुद्धको खोप अभियान आईतबार देखि शुरु भएको छ ।

तराईमा मात्र देखापर्ने र तराईमा मात्र लगाइने गरेको जापनिज इन्सेफलाइटिस रोगविरुद्धको खोप पहाडी तथा हिमाली जिल्लामा पनि लगाइन लागेको हो । लामखुट्टेले टोकेपछि लाग्ने यो रोग पछिल्लो समय पहाडी तथा हिमाली जिल्लामा पनि देखापर्न थालेपछि देशभरका ४७ जिल्लामा जापनिज इन्सेफलाइटिस विरुद्धको खोप अभियान सञ्चालन गरिएको बाल स्वास्थ्य महाशाखाले जनाएको छ । एक वर्षदेखि १५ वर्ष उमेरसम्मका सबै बालबालिकालाई लगाइने खोप अभियान एक महिनासम्म सञ्चालन गरिनेछ ।

सबै बालबालिकाको घरमा जानुअघि नै स्वयंसेवकमार्फत घरघरमा खोप लिन खोप केन्द्रमा आउनका लागि निमन्त्रणा समेत गरिएको थियो । अछाममा पहिलो चरणको खोप अभियान बैसाख २६ गते आईतबार देखी जेठ ३ सम्म सञ्चालन गरिने जिल्ला स्वास्थ्य कार्यलय अछामले जनाएको छ ।

पहिलो चरणको खोप अभियानको आईतबार बिहानदेखी औपचारीक रुपमा सुरुवात गरिएको छ । अछामका प्रमुख जिल्ला अधिकारी याम प्रसाद सुवेदीले बच्चाको औंलामा रंग लगाँउदै र जिल्ला स्वास्थ्य कार्यालय अछामका प्रमुख डा. शरदचन्द्र बरालले खोप दिएर अभियान सुरु गरेका हुन । सदरमुकाम स्थित षोडशादेवी उचच माविमा राखिएको खोप केन्द्रमा भएको खोपको औपचारीक सुरुवात कार्यक्रममा जिल्ला स्वास्थ्य प्रमुख डा. शरदचन्द्र बरालले अध्यक्षता गर्नुभएको थियो भने प्रमुख अतिथीको रुपमा प्रजिअ सुवेदी रहनुभएको थियो ।

प्रजिअ सुवेदीले यसअगि तराँईका जिल्लामा मात्रै देखापर्ने यो रोग पछिल्लो समय पहाडि जिल्लामा पनि देखापरेकाले यो रोगका बिरुद्धमा सबैलाई खोप लगाँउन आग्रह गर्नुभयो । कार्यक्रममा पत्रकार महाँसंघका सदस्य नरेशकुमार शाही, षोडशा उच्च माविका प्रअ शिवराज जोशी लगायतले मन्तब्य राख्नुभएको थियो ।

जिल्ला स्वास्थ्य कार्यालय अछामका जनस्वास्थ्य अधिकृत मुकेश अधिकारीले खोप अभियानको औचित्यमाथि प्रकाश पार्नुभएको थियो भने कार्यक्रमको सञ्चालन जनस्वास्थ्य निरिक्षक झपटराज ढुंगानाले गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
निर्वाचनका लागि कर्णालीमा नौ हजार सात सयभन्दा बढी ‘म्यादी’ प्रहरीको माग आयल निगम प्रतिस्पर्धी बन्नुपर्नेमा मन्त्री सिन्हाको जोड निर्वाचनमैत्री वातावरण बनाउनमा अध्यक्ष ओलीको जोड ‘बालेन-रवि सहयात्राले निर्वाचन सुनिश्चित भएको छ’ ग्रिनल्याण्डसँग अमेरिकाले ‘सजिलो’ वा ‘कडा’ तरिका प्रयोग गर्नेछ : राष्ट्रपति ट्रम्प कठिन परिस्थितिमा पनि प्रहरी सुरक्षामा प्रतिबद्ध छः प्रहरी महानिरीक्षक कार्की चार खानी मजदुरको निस्सासिएर मृत्यु एमालेको दोस्रो केन्द्रीय कमिटी बैठक सुरु निर्वाचन सुरक्षामा कुनै ‘कम्प्रोमाइज’ हुँदैन, ढुक्क भएर निर्वाचनमा भाग लिनुहोस्ः सशस्त्र प्रहरी प्रवक्ता थापा इयू र भारत व्यापार सम्झौताको नजिक विशेष महाधिवेशन पक्षधरको आजको कार्यक्रम स्थगन नेपाल पत्रकार महासङ्घका पूर्वसभापति दाहालको निधन कम्पनीको कागजात दुरूपयोग गर्ने उप्रेती पक्राउ यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर निर्वाचनमा सामाजिक सञ्जालबाट प्रवाह हुनसक्ने नकारात्मक सन्देशलाई रोकिने बारुदी सुरुङ तथा विस्फोटक पदार्थका विषयमा सरोकारवालासँग छलफल प्रधानमन्त्रीसँग निर्वाचन आयुक्तहरूको भेट : निर्वाचन आचारसंहिता माघ ३ गतेदेखि लागू हुने भेनेजुएलाका विपक्षी नेता मचाडोसँग आगामी हप्ता भेट्ने ट्रम्पको घोषणा कांग्रेसका झण्डाले सिँगारिए उपत्यकाका सडक दुबई उडेका युवक चार महिनापछि दिल्लीमा फेला