४ पुष २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अछाम - ACM

अछाममा द्वन्द्वकालीन घटनासम्बन्धी ८९ उजुरी परे

२७ बैशाख २०७३, सोमबार ०४:०४

कमल रावल/बैशाख २७, अछाम । स्थानीय शान्ति समिति अछाममा हालसम्म द्वन्द्वकालका घटनासँग सम्बन्धित ८९ वटा उजुरी परेका छन् ।

समितिमा वैशाख २ गतेदेखि २५ गतेसम्मको तथ्यांक हेर्दा ७९ वटा सत्य निरुपण र १० वटा बेपत्ता छानबिन सम्बन्धी उजुरी परेको स्थानीय शान्ति समिति अछामका सचिव अनिल बिष्टले जानकारी दिए । उनका अनुसार वैशाख २ गतेदेखि बेपत्ता पारिएका व्यक्तिको छानबिनका लागि बेपत्ता छानबिन आयोग अन्तर्गतको उजुरी लिन सुरु गरिएको थियो भने वैशाख ५ देखि सत्य निरुपण सम्बन्धी उजुरी लिन सुरु गरिएको थियो ।

विगत द्वन्द्वकालमा भएको क्षती र स्थानिय शान्ति समितिमा राहतका लागि यसअगि परेका निवेदनलाई आधार मान्ने हो भने अछाममा १० हजार बढी उजुरी पर्न सक्ने बिष्टको भनाई छ । सत्य निरुपण अन्तर्गत व्यक्तिगत तथा सार्वजनिक सम्पति क्षति, विस्थापित, अंगभंग, बलात्कार तथा यौनजन्य हिंसा, अपहरण, कुटपिट, यातनालगायतका विषयसँग सम्वन्धित उजुरीहरु लिईने उनको भनाई छ ।

यस्तै विगतमा राहत पाएका तर त्यसमाथि पनि चित्त नबुझेकाहरुले पनि उजुरी गर्न पाउने निर्दे्शिका रहेको उनले बताए । द्वन्द्वकालसँग सम्बन्धित उजुरी आगामी असार २ गतेसम्म लिन सकिने स्थानिय शान्ति समिति अछामले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वास्थ्यमन्त्रीसँग डब्लुएचओका महानिर्देशकको शिष्टाचार भेट निर्वाचन सुनश्चित भइसकेकोछ, अब शङ्का नगर्नुस् : मन्त्री खरेल राष्ट्रपतिद्वारा प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) अध्यादेश २०८२ जारी सभापति लामिछाने पार्टी जिम्मेवारीमा फर्कँदै : रास्वपा चौध दिनदेखि बेपत्ता राईको खोजीका लागि परिवारको आग्रह युक्रेनमा लक्ष्य हासिल हुने पुटिनको दाबी ट्रम्प प्रशासनद्वारा अमेरिकाको ग्रिन कार्ड लटरी स्थगित स्वास्थ्य परीक्षण शुल्कमा पुनरावलोकन गर्दै मन्त्रालय एमालेको काँधमा असाधारण जिम्मेवारी छ ः अध्यक्ष ओली मानसिक स्वास्थ्यबारे खुलेर कुरा गर्न सञ्चारमन्त्री खरेलको आग्रह कटुवा पेस्तोलसहित युवा पक्राउ भैरहवाको मौसम नखुलेपछि भरतपुरतर्फ उडे रवि लामिछाने टिकटक–अमेरिका संयुक्त उद्यम सम्झौता गायनबाट अभिनयतर्फ समीर स्वदेशमै दुःख गर्नसके विदेशिनु पर्दैन देशभर स्थानीय उत्पादनको प्रयोगलाई बढावा दिऔँः मन्त्री घिसिङ योजना र नतिजा विश्लेषणबिनाको खर्चले राज्यप्रतिको विश्वास घट्दै गयो: उद्योगमन्त्री सिन्हा एमाले नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक बस्दै सुनको मूल्य तोलामा २ हजारले घट्यो विदेश पठाइदिने भन्दै ४९ लाख १४ हजार ठगी गर्ने पक्राउ