२०८२, १९ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अछाम - ACM

अछाममा द्वन्द्वकालीन घटनासम्बन्धी ८९ उजुरी परे

२०७३, २७ बैशाख सोमबार ०४:०४

कमल रावल/बैशाख २७, अछाम । स्थानीय शान्ति समिति अछाममा हालसम्म द्वन्द्वकालका घटनासँग सम्बन्धित ८९ वटा उजुरी परेका छन् ।

समितिमा वैशाख २ गतेदेखि २५ गतेसम्मको तथ्यांक हेर्दा ७९ वटा सत्य निरुपण र १० वटा बेपत्ता छानबिन सम्बन्धी उजुरी परेको स्थानीय शान्ति समिति अछामका सचिव अनिल बिष्टले जानकारी दिए । उनका अनुसार वैशाख २ गतेदेखि बेपत्ता पारिएका व्यक्तिको छानबिनका लागि बेपत्ता छानबिन आयोग अन्तर्गतको उजुरी लिन सुरु गरिएको थियो भने वैशाख ५ देखि सत्य निरुपण सम्बन्धी उजुरी लिन सुरु गरिएको थियो ।

विगत द्वन्द्वकालमा भएको क्षती र स्थानिय शान्ति समितिमा राहतका लागि यसअगि परेका निवेदनलाई आधार मान्ने हो भने अछाममा १० हजार बढी उजुरी पर्न सक्ने बिष्टको भनाई छ । सत्य निरुपण अन्तर्गत व्यक्तिगत तथा सार्वजनिक सम्पति क्षति, विस्थापित, अंगभंग, बलात्कार तथा यौनजन्य हिंसा, अपहरण, कुटपिट, यातनालगायतका विषयसँग सम्वन्धित उजुरीहरु लिईने उनको भनाई छ ।

यस्तै विगतमा राहत पाएका तर त्यसमाथि पनि चित्त नबुझेकाहरुले पनि उजुरी गर्न पाउने निर्दे्शिका रहेको उनले बताए । द्वन्द्वकालसँग सम्बन्धित उजुरी आगामी असार २ गतेसम्म लिन सकिने स्थानिय शान्ति समिति अछामले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रियसभा उपाध्यक्ष पदको निर्वाचन २३ चैतमा हुने रास्वपाबाट सभामुखको लागि डीपी अर्याललाई प्रस्ताव गर्ने निर्णय सदनमा मेरो भूमिका पक्ष विपक्ष भन्दा पनि निष्पक्ष हुनेछ: महावीर पुन प्रतिनिधि सभामा तीन अध्यादेश पेश संसदकाे दाेस्राे बैठक २२ चैत्रमा बस्ने जनताको मतबाट आएको यो सरकार जनताको हितमा समर्पित होस्: ज्ञानेन्द्र शाही एमसीसी खारेज गर्नुपर्छ: हर्क साम्पाङ देश जलाउने खलपात्रलाई नायक बनाइयो : सांसद थापा सिंहदरबार चलाउन होइन, बदल्न आएका हौं: रवि लामिछाने पूर्वयुवराज पारस शाह अस्पताल भर्ना प्रतिनिधि सभा बैठक सुरु हुने बित्तिकै एमाले माग्यो समय,ओली र लेखकलाई तुरुन्त रिहा गर्न माग सरकारले राजस्व चुहावट नियन्त्रणलाई अभियानको रुपमा सञ्चालन गर्ने २७ दिनपछि इनिसाको शव बुझ्दै आफन्त काठमाडौँ महानगरपालिकाले वैशाख १ गतेदेखि रात्रिकालीन बस सेवा सञ्चालन गर्ने यात्रुलाई तानातान गरेको आरोपमा ४८ जना पक्राउ रवि लामिछानेले प्रतिनिधि सभा बैठकमा सम्बोधन गर्ने सुनचाँदीको मूल्य घट्यो यस वर्ष एसईईमा ५ लाख १२ हजार बढी विद्यार्थी सहभागी हुँदै दीपक खड्का र रेखा शर्मालाई रिहा गर्न अस्वीकार वीर अस्पतालमा कडाइ, ढिलो आउनेको आधा दिनमात्र हाजिरी