2026-11-01 08:25 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बाँके - BNK

किसानद्वारा एक लाख २८ हजार केजी रैथाने बीउ उत्पादन

काठमाडौँ | बाँकेका किसानले एक लाख २८ हजार बढी स्थानीय रैथाने जातको धान र गहुँको बीउ उत्पादन गरेका छन् ।

बाँकेमा स्थानीय जातको खाद्यबालीको बीउ संरक्षण गर्दै आएको साकार कृषि सहकारी संस्था लिमिटेडका ६६ बीउ उत्पादक शेयर सदस्य किसानले धान र गहुँको एक लाख २८ हजार ८०२ केजी स्थानीय रैथाने जातको बीउ उत्पादन गरेका हुन् ।

किसानले ८३ हजार ४३० केजी धान र ४५ हजार ३७२ केजी गहुँ गरी जम्मा एक लाख २८ हजार ८०२ केजी स्थानीय रैथाने जातको बीउ उत्पादन गरेको साकार कृषि सहकारी संस्था लिका अध्यक्ष हुमाशङ्कर वलीले बताउनुभयो ।

साकार कृषि सहकारी संस्थाले लुम्बिनी प्रदेश सरकारसँगको साझेदारीमा ६६ बीउ उत्पादक शेयर सदस्यलाई रु ८३ हजार ७२१ प्रोत्साहन रकम वितरण गरेको अध्यक्ष वलीले जानकारी दिनुभयो । उहाँले सहकारीको माध्यमबाट आफूहरूले कृषि उत्पादन र बजारीकरणमा जोड दिँदै कृषिबाट शेयर सदस्यको आर्थिकस्तर बढाउन लागिपरेको बताउनुभयो ।

उहाँका अनुसार, गत आर्थिक वर्षमा शेयर सदस्यमध्ये राप्ती सोनारीका चक्रबहादुर थारुले सबैभन्दा धेरै १४ हजार ८३७ केजी बीउ उत्पादन गरी रु नौ हजार ६४४ प्रोत्साहन रकम प्राप्त गर्न सफल हुनुभएको छ ।

यसैगरी खोजलाल थारुले १० हजार ७९० बेजी बीउ उत्पादन गरी रु सात हजार १३ र गाउँपालिका अध्यक्ष पौडेलले गत आर्थिक वर्षमा नौ हजार ५०८ केजी बीउ उत्पादन गरी रु छ हजार १८० प्रोत्साहन रकम प्राप्त गर्नुभएको अध्यक्ष वलीले बताउनुभयो ।

बाँकेको राप्ती सोनारी गाउँपालिका–६ स्थित साकार कृषि सहकारी संस्थाले स्थानीय रैथाने जातको खाद्य बालीको बीउ संरक्षण गर्दै आएको छ । एक दशकदेखि किसानलाई आवश्यक पर्ने स्थानीय रैथाने जातको धान, मकै, गहुँ, मसुरो र तोरीको बीउ उत्पादन गरी किसानलाई सहज र सुलभ मूल्यमा उपलब्ध गराउँदै आएको साकार कृषि सहकारी संस्थाका मुख्य व्यवस्थापक जमानसिंह वलीले जानकारी दिनुभयो ।

“हामीले दश वर्षदेखि जिल्लामा उत्पादन हुने खाद्यबालीको बीउ उत्पादन गरी वितरण गर्दै आएपछि किसानलाई बीउ जोगाएर राख्नु पर्ने बाध्यता हटेको छ”, उहाँले भन्नुभयो, “हामीले कृषि अनुसन्धान केन्द्र खजुराबाट सिफारिस स्थानीय रैथाने जातको गुणस्तरीय बीउ उत्पादन गरी वितरण गर्न थालेपछि किसानलाई ठूलो राहत भएको छ ।”

सहकारीले यो वर्ष साकार कृषि सहकारीले एक हजार १०० क्विन्टल धानको बीउ बिक्री वितरण गरेको छ । गत वर्ष एक हजार ५०० क्विन्टल धानको बीउ बिक्री वितरण गरेको थियो । गत वर्षको तुलनामा यो वर्ष धानको बीउ केही कम उत्पादन भएको छ ।

कृषि ज्ञान केन्द्र बाँकेका प्रमुख विनोद घिमिरेले सहकारी संस्थाले किसानलाई बीउ उत्पादन कार्यमा प्रोत्साहन गर्ने कार्य स्राहनीय भएको बताउनुभयो । उहाँले सहकारीसँग समन्वय गरेर बाँके जिल्लामा बीउ उत्पादन कार्य आवश्यक सहयोग गर्ने बताउनुभयो ।

राप्ती सोनारी गाउँपालिकाका अध्यक्ष तप्तबहादुर पौडेलले गाउँपालिकाका किसानलाई स्थानीय रैथाने जातको बीउ संरक्षणमा प्रोत्साहन गर्न आफूले समेत धान र गहुँबालीको बीउ उत्पादन गर्दै आएको बताउनुभयो । उहाँले राप्ती सोनारी गाउँपालिकालाई कृषि कर्मबाटै आर्थिक समृद्धितर्फ लैजान आफू लागि परेको बताउनुभयो ।

लुम्बिनी प्रदेशसभा सदस्य कृष्णा केसी नमूनाले बाँकेको राप्ती सोनारी र नरैनापुर गाउँपालिका क्षेत्र अहिले पनि कृषि उत्पादनको लागि उपयुक्त रहेकाले आफूले प्रदेश सरकारसँग आवश्यक समन्वय गर्दै आएको बताउनुभयो ।

साकार कृषि सहकारी संस्थाको राप्ती सोनारी–५ बिनौनामा रहेको गोदाम घरमा बीउ उत्पादन र भण्डारण हुँदै आएको छ । गोदाम घर साँघुरो भएकाले आधुनिक गोदामघर निर्माणको लागि गाउँपालिका, लुम्बिनी प्रदेश सरकार र सङ्घीय सरकारसँग आवश्यक सहयोगको लागि आग्रह गरिएको सहकारीका व्यवस्थापक भरत केसीले बताउनुभयो ।

“स्थानीय जातका धानका बीउको विशेषताबारे स्थानीय कृषकलाई जानकारी दिई खेतमा लगाउनका लागि उत्प्रेरण दिँदै आएका छौँ”, सहकारीका व्यवस्थापक केसीले भन्नुभयो, “कृषकले स्थानीय जातका धानको महत्व बुझेर हाल पुनः छाड्दै गएका धानको खेती गर्न थालेका छन् ।”

उहाँका अनुसार, स्थानीय जातको धान रोग कीरा प्रतिरोधी, सुक्खा सहन सक्ने र डुबान भएमा समेत थोरै मात्रै नोक्सानी हुने भएकाले धेरै टाढाबाट पनि यही जातका धानको बीउको खोजी गर्न किसान यहाँ आउने गरेका छन् । सहकारीले लागत खर्च कटाएर सहुलियतमा धानको बीउ उपलब्ध गराउँदै आएको छ ।
—

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भोलिदेखि सरकारी कार्यालयको समय बिहान ९ देखि ४ बजेसम्म बाँकेको स्टिल उद्योगमा विद्युत् सर्ट भएर आगलागी, ८ जना घाइते सुनको मूल्यमा ठूलो गिरावट, एकैदिन तोलामा ८ हजार ३०० रुपैयाँ घट्यो पत्रकारमाथिको धरपकड छानबिन गरी दोषीलाई कारबाही गर्न रास्वपाको माग संविधान र लोकतन्त्रभन्दा माथि कोही छैन : रवि लामिछाने वर्षाका कारण एनपीएलमा सुदूरपश्चिम–विराटनगर खेलमा ढिलाइ वर्षा रोकिएसँगै देशभर मौसममा सुधार, काठमाडौँमा घाम लाग्यो कुलेखानी ड्यामका ढोका खोल्नुपर्ने जोखिम, भीमफेदी–कुलेखानी सडक १२ घण्टा बन्द बारामा अस्पताल उद्घाटन विवाद चर्कियो, प्रहरीको गोली लागेर १४ वर्षीय बालक घाइते बाढीपहिरोले पृथ्वीराजमार्गसहित १२ भन्दा बढी सडकखण्ड अवरुद्ध वर्षाका कारण एनपीएलमा लुम्बिनी–चितवनको खेल रद्द, दुवैलाई १ अंक कुलेखानी जलाशयको सतह बढ्दै, सतर्क रहन आग्रह डोल्पा कारागारबाट सुरुङ खनेर आठ कैदीबन्दी फरार नेपाली गेमिङ उद्योगलाई विश्व बजारमा पुर्‍याउने प्रधानमन्त्री बालेनको योजना रास्वपा सभापति रवि लामिछानेले बोलाए सचिवालय बैठक लगातार वर्षाले एनपीएल प्रभावित हुने सम्भावना विपद् जोखिम न्यूनीकरणमा सञ्चारमाध्यमको भूमिका महत्त्वपूर्ण : आईजीपी कार्की अर्नब चक्रवातको प्रभाव कमजोर हुँदै, अपराह्नपछि मौसममा सुधार आउने सार्वजनिक खरिदमा लापरबाही गर्ने १२० फर्म तथा कम्पनी कालोसूचीमा कान्ति राजमार्गमा दुई दिन राति सवारी आवागमन बन्द