२०८२, २७ माघ सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

रक्तदाता बढाउन रक्तदान महोत्सव

२०८२, ३२ जेष्ठ शनिबार १२:५५
काठमाडौँ | उपचारका लागि रगतको अभाव भएपछि ब्लड डोनर्स सोसाइटी चितवनले आज यहाँ रक्तदान महोत्सव गरेको छ । विश्व रक्तदाता दिवस २०२५ का अवसरमा उद्योग सङ्घको प्रदशनी केन्द्रमा रक्तदान  महोत्सव आयोजना गरिएको हो ।
महोत्सवको भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले एक समारोहबीच उद्घाटन गर्नुभयो । उहाँले अस्पतालको केन्द्र बन्दै गरेको चितवनमा आयोजित महोत्सवले रगतको अभाव हुने समस्या समाधान गर्नेमा विश्वास व्यक्त गर्नुभयो ।
प्रमुख दाहालले भन्नुभयो, “मानव जीवनको महत्वपूर्ण काम रक्तदान पनि हो, जसले कसेको ज्यान बच्न सक्छ, रक्तदातालाई प्रोत्साहन गर्न आवश्यक छ ।”
जिल्ला समन्वय समिति प्रमुख नारायणप्रसाद अधिकारीले नयाँ रक्तदाता खोजेर रक्तदानमा उत्प्रेरित गर्नुपर्ने बताउनुभयो । समाजमा युवालाई रक्तदान गर्दा शरीरमा हानी हुँदैन भन्ने ज्ञान दिन जरुरी रहेको उहाँको भनाइ छ ।  सोसाइटी चितवनका अध्यक्ष एकराज पाठक, सोसाइटीका रत्ननगर नगरपालिका अध्यक्ष रमेश नेपाललगायतले रक्तदानबारे चर्चा गर्नुभएको थियो ।
महोत्सवमार्फत ७५ प्रतिशत नयाँ रक्तदाता ल्याउने अपेक्षा लिइएको सोसाइटीका अध्यक्ष अर्जुन अधिकारीले बताउनुभयो । उहाँले ‘एक घर, एक रक्तदाता’ अभियान सञ्चालन गरी रक्तदाता बढाउने काम भइरहेको समेत उल्लेख गर्नुभयो ।
एक दिनमा एक हजार ५०० युनिटभन्दा बढी रगत सङ्कलन गर्ने उद्देश्यका साथ महोत्सव आयोजना गरिएको जनाइएको छ । त्यस अवसरमा  १०० भन्दाबढी पटक रक्तदान गर्ने रक्तदातालाई सम्मान गरिएको थियो । सोसाइटीका अनुसार हाल चितवनका अस्पतालमा दैनिक १५० युनिट रगतको माग छ । अहिले प्रादेशिक रक्तसञ्चार केन्द्रमा औसतमा ३० देखि ४० युनिट मात्र रगत उपलब्ध हुँदै आएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
फागुन ३ गतेदेखि मतदाता शिक्षा कार्यक्रम सुरु हुने केपी शर्मा ओलीले गरे हुलाकी राजमार्गको अवलोकन नेप्से परिसूचक २६ दशमलव ०५ अंकले घट्यो विभिन्न देश पठाउने भन्दै लाखौँ ठगी गरेको आरोपमा पाँचजना पक्राउ हामी सबै एकताबद्ध भएर आफ्नो आफ्नो ठाउँ, गाउँ, जिल्ला बनाउने हो: केपी शर्मा ओली राजस्व छलीको आशङ्कामा छापा मार्न पुगेको संयुक्त टोली र व्यापारीबीच झडप सिगासमा एक पुरुष मृत फेला यसपटकको फागुन २१ मिति होइन, इतिहास हो: रवि लामिछाने सुनचाँदीको मूल्य बढ्यो मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु दुर्गा प्रसाईंलाई तत्काल रिहा गर्न राप्रपाको माग निर्वाचनका लागि सुरक्षा सुदृढ बनाउन सरकार प्रतिवद्ध छ: गृहमन्त्री अर्याल चुनाव पछाडि फेरि कहीँ कतै आगो लाग्नु हुँदैन: गगन थापा यसपटक चितवन मात्र जितेर हुँदैन, देशैभरि जित्नुपर्ने अवस्था छ: रवि लामिछाने प्रधानमन्त्री कार्कीबाट अभिनेता सुनिल थापाको निधनप्रति दुख व्यक्त एघार हतियार बुझाइयो मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु वरिष्ठ कलाकार सुनिल थापाको निधन काठमाडौँमा चर्को आवाज निकाल्ने मोटरसाइकलमाथि कडा निगरानी मोटरसाइकल पार्किङको विषयमा झगडा हुँदा एक जनाको मृत्यु